काठमाडौं / हालै सम्पन्न भेला र अधिबेशनबाट नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अग्रज कलाकार, चलचित्र अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औँ साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसै गरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बिसुराल र सदस्यहरूमा सुनील कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि वैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
यसै बिच अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट संस्थापक अध्यक्ष रामप्रसाद खनालले एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अग्रज कलाकार, चलचित्र अभिनेता एबम यस अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका सल्लाहकार कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको छ । मल्ल जस्तो पुरानो, लोकप्रिय कलाकार, चलचित्र देखी कला क्षेत्रको मर्मा र धर्म बुझेको एउटा सिनियर कलाकारको नेत्रित्वमा नेपाल फिल्म सोसाइटी अझ सकृय र प्रभाबकारी हुने मा आफु विश्वस्त रहेको अध्यक्ष खनालले बताउनुभएको छ । खनालले मल्ल सँगै नब निर्वाचित सम्पूर्ण कार्य समितिका पदाधिकारी र सदस्य हरुलाई पनि बधाई र कार्यकालको सफलताको कामना गर्नु भएको छ ।
प्रतिक्रिया