नोभेम्बर २३, २०२४ शनिवारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरमा नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण एवम् पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा नन्दादेवी स्मृतिग्रन्थको लोकार्पण, स्रष्टासम्मान तथा कवितावाचन पनि गरिएको छ ।
वर्ष २०२४-२६ का लागि गरिएको उक्त निर्वाचन समितिमा साहित्यकार तथा लेखक शिव लामिछाने संयोजक तथा परशु तिमल्सिना र पुष्पा घिमिरे सदस्य रहनु भएको थियो भने सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन समिति संयोजक शिव लामिछानेले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नीलकण्ठ सुवेदी अध्यक्ष रहेको उक्त नवनिर्वाचित समितिमा कवीन्द्र सिटौला वरिष्ठ उपाध्यक्ष, शकुन्तला अधिकारी उपाध्यक्ष, जगन्नाथ पौडेल महासचिव, गोमा न्यौपाने सचिव, मनीष पोख्रेल कोषाध्यक्ष, तनुजा पोख्रेल, श्रेष्ठ समनश्री, दिलिप नेपाल, विमला थापा, रामहरि फुयाल र भुवनप्रसाद सिग्देल सदस्य रहेका छन् ।
मनाससको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. मोहनप्रसाद तिमल्सिनालाई खादा माला दोसल्ला र अभिनन्दनपत्रबाट अभिनन्दन गरियो भने साहित्यकार देवेन्द्रप्रसाद उपाध्याय र मीना सुवेदीलाई नेपाली भाषासाहित्यमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरियो । सोही अवसरमा अनेसासका हरेक गतिविधि र कार्यक्रमहरूलाई प्रचारप्रसार गर्न सहयोग पुर्याएकोमा सबैको प्रिय अनलाइन पत्रिका इनेप्लिज र डीसी अनलाइन पत्रिकाका प्रतिनिधि विश्वराज थापा,बिजय थापा र कवीन्द्र सिटौलाई सम्मान गरियो भने प्राडा विष्णु घिमिरेले लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गरे ।
सोही कार्यक्रममा अनेसासका संस्थापक सदस्य नन्दादेवी सुवेदीको स्मृतिमा आधारित ‘नन्दादेवी स्मृतिग्रन्थ’ को लोकार्पण गरियो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. मोहनप्रसाद तिमल्सिना, अनेसासका अभिभावक होमनाथ सुवेदीले स्मृतिग्रन्थको बारेमा बोलेका थिए भने अनेसासका केन्द्रीय उपाध्यक्ष सुदीपभद्र खनालले कविता वाचन र शुभकामना मन्तव्य राखे ।
अनेसास नन्दादेवी लोकसाहित्य पुरस्कारको स्थापनासमेत गरिएको कार्यक्रममा अनेसास बीओटी सल्लाहकार एवम् पुरस्कार प्रायोजक पुरू सुवेदी, पूर्व केन्द्रीय अध्यक्ष एवम् पुरस्कार प्रायोजक भीम रेग्मी तथा अनेसास पुरस्कार समिति संयोजक तीर्थ पाण्डेले स्थापित पुरस्कारको बारेमा प्रष्ट पारे भने उक्त पुरस्कारको राशि अमेरिकी डलर १५ सय रहेको छ ।
निर्वाचन समिति सदस्य परशु तिमल्सिनाको कुशल सञ्चालनमा अगाडि बढेको पहिलो चरणको कार्यक्रममा डीसी मेट्रोका निवर्तमान अध्यक्ष पुष्करराज पन्तको अध्यक्षता र नवनिर्वाचित अध्यक्ष नीलकण्ठ सुवेदीले अध्यक्षता गर्नुभएको दोस्रो चरणको कार्यक्रमको सञ्चालन नवनिर्वाचित महासचिव जगन्नाथ पौडेलले र स्वागत वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले गरे ।
कार्यक्रममा बीओटी महासचिव प्रकाश नेपालले शुभकामना मन्तव्यसहित कविता वाचन गरे भने आज्ञा नेपाल, कवीन्द्र सिटौला, भीम रेग्मी, जगन्नाथ पौडेल, मीना सुवेदी,सुशिल नेपाल लगायत कविहरूले कविता वाचन गरे ।
बीओटी सचिव नारायण अधिकारी, कवि तथा गीतकार अम्बिका गुरुङ, कवि राम अधिकारी, सल्लाहकार रामशरण हुमागाईं, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, समाजसेवी प्रेम पौडेल, दर्जनौं कवि, साहित्यकार तथा समाजसेवी व्यक्तिगतहरूको उपस्थिति रहेको कार्यक्रलाई अध्यक्ष नीलकण्ठ सुवेदीले धन्यवादसहित समापन गरे ।
प्रतिक्रिया