खगेन्द्र अधिकारी/वासिंटन,डि.सी.। सकारात्मकता सहितको सन्तुलित सोच अनि सोही बमोजिम स्थापित दृष्टिकोण पनि कायम भएमा मात्र उर्जावान भै कुनै पनि योजनाहरुमा सहकार्य गर्न सम्भव हुनेछ।
विश्वका हरेक प्रत्येक मुलुकहरुमा सन्तुलित विकासको गतिशीलतालाई सफलतामा पुर्याउन र चलायमान गराउनलाई पारदर्शी, सक्षम र सकारात्मक सहकार्यको दृष्टांत र अवधारणालाई सर्वोच्च स्थान प्रदान गर्ने गरिन्छ।
कार्ययोजनाहरुको सफल कार्यसिद्धिलाई उपलब्धिमुलक बनाउँनलाई केवल स्वार्थी, विद्रोही, सहानुभुति र कथन युक्त मात्र नभै यसको ठीक विपरीतार्थक भएर वस्तुतः सत्य परिणाम हाँसिल गर्नलाई सरल जीवन, जनोपयोगी, उत्प्रेरणादायी र समझदारी जस्ता व्यवहारिक पक्षहरुलाई कायम गर्न सर्वप्रथम आँफु नै बिचारको सर्वश्रेष्ठ उदाहरण हुनु पर्दछ भन्ने बिस्वास छ।
मुलुक एवं समाजमा सामाजिक र दिगो आर्थिक विकासको गतिशीलतामा अझ जोडबल गर्नका लागि दूरगामी, दूरदर्शी, परिवर्तित र युगान्तकारी सोचमा आधारित रहन र सन्तुलित सहकार्यको भूमिका निर्वाह गर्न नितान्त जरुरी छ। यद्यपि स्वयंको सहिष्णुता, प्रेरणा र आत्मविश्वास पनि एक अर्का संग पर्यायवाची मात्र होईन धेरै नै निकटतम हुन्छन भन्ने बुझाई पनि छ।
प्रारंभ अर्थात् सुरुवातीका दिनहरुमा कमसेकम थोरै मानिसहरुले मात्र भए पनि सत्यता सहित विना चापलूसी विना पूर्वाग्रह, ईमानदारी र उदाहरणार्थ रुपमा सहयात्री भएर जहिले पनि सर्वाधिक र लोकप्रिय सोचमा रहेर भने अनुसार नै गर्ने पनि हो भने देश, समाज र जनताका लागि सर्वसुलभ रुपमा ज्ञान, सिप, उर्जा, आवश्यकीय वस्तु र अति आवश्यकीय सेवा सुविधाहरु उपलब्ध गराउँन मुश्किल हुँदै हुँदैन।
हलुका, झुटा र अपभ्रंशबाट सीमांकन भएका अनादर युक्त बिषयहरु कदाचित पनि युक्तिसंगत हुँदैनन्।
यानेकी सरल, समझदार, सहज, जनहितकारी, प्रेरणादायी, र कुशल नेतृत्वको बहुआयामीक सिद्धांतबाट अभिप्रेरित भएर विधिवत रुपमा लगनशील हुने हो भने धेरै भन्दा धेरै उदाहरणिय कार्य गर्न सक्षम भयिन्छ नै।
हलुका, झुटा र अपभ्रंशबाट सीमांकन भएका अनादर युक्त बिषयहरु कदाचित पनि युक्तिसंगत हुँदैनन्।धोका-धड़ी युक्त प्रतिस्पर्धा जहिले पनि दूषित हुनेर र यो कदम र धारणा जहिले पनि समुदायको लागि तुषारापात र हानिकारक हुन्छ नै।
सन्तुलित सहकार्यमा स्वयंले आफ्नो मनोबल, आत्मबल, आत्मविश्वास र आत्मनिर्भरतालाई लगनशीलता र ईमानदारीता सहित द्रविलो बनाउँदै उदारता पूर्वक समाज सुधारक बन्न सघाउँ पुर्याउने भएकाले यसमा फासला कम गर्दै द्रुता र एकताबद्धतालाई प्राथमिकता दिन सक्नु धेरै नै आवश्यक हुनेछ।
सामाजीकरण, स्थायित्व, दिगो उन्नति र प्रगतिको पथलाई पारदर्शिता सहित विस्तार गर्न प्रारंभ देखिनै उच्च सोच राख्नुको अलावा साथ साथमा परिवर्तनशील समाजलाई निरंतर रुपमा अगाड़ी बढाउँने कार्यको थालनी पनि सधैं आफूभित्रबाट नै दत्तचित्त भएर सुरु गर्न तत्पर हुँनु पर्दछ भन्ने बिस्वास लागेको छ।
दूरगामी, दूरदर्शी, परिवर्तित र युगान्तकारी सोचमा आधारित रहन र सन्तुलित सहकार्यको भूमिका निर्वाह गर्न नितान्त जरुरी छ।
बितेका कमिकमजोरीहरु प्रति आत्मग्लानि भन्दा पनि तत् तत् गल्तीहरुलाई आँफैले महशुस गरेर अगाडि बढ्न सक्ने पारदर्शी र सामर्थ्यवान व्यक्तित्वहरुले मात्र जीवनमा समाजका सम्पूर्ण समुदायहरुमा यानेकी जनतालाई लोकप्रिय रुपमा प्रजातांत्रिक र लोकतांत्रिक विधि अनुसार र सर्वसम्मत भावनाको सहमति बमोजिम नै सहिष्णुताको अवधारणा मार्फत मार्गदर्शक भएर पटक पटक अनेकौं अनेक सफलताहरु हासिल गर्न र सामाजीकरणका लागि प्रदान अर्थात् हस्तान्तरण गर्न समेत सफल हुन सक्दछन् भन्ने सकारात्मक सोचलाई कदापि भूल्न मिल्दैन भन्ने बिषयलाई अनुकरणीय रुपमा ग्रहण गरेर यसलाई स्वीकार गर्न पर्दछ भन्नेमा दुईमत नहोला भन्ने बिस्वास लागेको छ।
आगे उसकी मर्ज़ी। धन्यवाद!
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा स्थापित, ईमानदार, स्वतंत्र एवं मर्मस्पर्शी सामाजिक सेवाका विभिन्न क्षेत्रहरुमा आबद्ध एक सक्षम व्यक्तित्व हुनुका अतिरिक्त उत्तर अमेरिकी नेपालीहरुको प्रमुख र प्रथम स्वयंसेवकिय राष्ट्रिय सामाजिक संस्था एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) को दोश्रो कार्यकालका लागि अध्यक्ष समेत हुनुहुन्छ।
प्रतिक्रिया