विदेशमा बस्ने नेपालीका आफ्नै कथाव्यथा र बाध्यता हुन्छन् । जुन जसले भोगिरहेको छ उसलेमात्र बुझ्छ । कति कुरा नचाहाँदा नचाहाँदै पनि गर्नु पर्ने रहेछ र कति कुरा चाहेर पनि गर्न नसकिने रहेछ ।
विदेश जानु भनेको हारेर , नेपालमा केही गर्न नसकेर हो भन्ने भाष्य भईसक्यो आजकल । तर त्यस्तो हैननी , क्षमता र योग्यता भएर , हजारौंमा छानिएर , अवसर पाएर पनि त विदेशिएका छन् नेपाली । नेपाल छोड्दा विदेश बस्छु भनेर कोही निक्लेको हुन्न तर विदेश पुगेपछि आफ्नो हातमा केही हुन्न । जस्तो अवस्था आउँछ तेसैमा मिलाउँदै जाँदा कैयौं नेपाली नेपाल फर्कन चाहेर पनि विदेशमा नै रोक्किने परिस्थिति आउँछ ।तर तिनीहरूले न नेपाल बिर्सन्छन् न आफ्नो कर्तव्य गर्न नै छोडेका हुन्छन् ।
म आफु पनि दुई दशकदेखि विदेशमा नै बस्छु तर नेपाल बिर्सेको छैन् । बेलाबेलामा नेपाल गई नै रहेको हुन्छु । मलाई नेपाल पुगेर सजिलो चाहीं के छ भने मेरो घर माईती र सबै जसो आफन्त काठमाडौंमा नै बस्ने हुनाले , नेपाल पुगेपछि काठमाडौं बाहिर जानु पर्दैन ।धेरैले जाने भनेको पोखरा घुम्न हो । त्यहा ३-४ बर्ष बसेको हुनाले अहिले नजाँदा पनि केही छुटे जस्तो लाग्दैन् ।
काठमाडौं, स्वर्ग ! आफु जन्मे, हुर्के, पढि बढेको ठाउँ जति घुमेपनि पुग्दैन । अनि नेपाल पुगेपछि जेष्ठ नागरिक भई सकेका आफन्तका घरघर भेट्न जाँदा तीर्थ यात्रा गए जस्तो लाग्छ। कति माया गर्ने सबैले ।त्यस्तै स्कुल कलेज संगै पढेका साथीहरू भेट्दा बाल्यकालमा फर्के जस्तो लाग्छ । कति पवित्र संम्बन्ध हाम्रो, न छल कपट न कुनै रिस राग , माया नै माया जताततै ! नेपाल पुगेर फर्कदा हिम्मत नै बढ्छ र फेरी कहिले जानु सोचिहाल्छु ।
यो बर्षको जुन, जुलाई महिनामा तिन हप्तालाई नेपाल गएको थिंए । हामी कहिलेकाहीं जोक्स गरेर “ Nepal calling यानी नेपालले बोलायो” भन्छौं नी । ठ्याक्कै त्यस्तै भयो मलाई !आईतबार बिहान उठ्दा कस्तो नेपाल जान मन लाग्यो । टिकट खोजेको त सस्तो, सोचेकै मुल्यमा पाईयो । बुधबार बेलुका त नेपाल उडें।
नेपाल पुगेपछि त सदा झैं काठमाडौंमा रहेका मंन्दिरहरू , ईष्टमित्रसँग भेटघाट र किनमेलमा कुदाकुद गर्दै दिन बित्न थाल्यो । एकदिन बिहान मुवासँग कुरा गर्दागर्दै “ हजुरलाई घुमाउन लग्छु, जाने ? सोधेको त “ , मुवाले “ घर भित्र बस्दाबस्दा वाक्क भएको छु , जान त जान्थें नी तर म हिंडन सक्दिन “ भनिस्यो । ९१ बर्षको मुवा स्वस्थ भए पनि लामो हिंडन त गाह्रो नै हुन्छ । सोधी हालें, अब कता लग्नु त ?
अनि झट्ट याद आयो , कमलादीमा नँया बनेको स्काईवाक टावरको , लिफ्ट र ह्विलचेयरको पनि व्यवस्था हुन्छ , हिंडनु पनि पर्दैन । मलाई पनि जान मन लागिरहेको ठाउँ, मौका यही हो जाने । घरमा भित्रै चोकसम्म ट्याक्सी बोलाएर बिस्तारै मुवालाई राखेर लगें ।
स्काईवाक टावर त कमलादी गणेश मंन्दिरको अगाडी पो रहेछ । बिहान आठ बजे खुल्ने , हामी त पहिलो नंबरमा नै पो भएछौं । ट्याक्सी भित्रसम्म लगें । अनि टिकट काउन्टरमा गएर टिकट काटें र ह्विलचेयर पनि ल्याए । टिकट पनि बिभिन्न रेटमा किन्नु पर्ने देखें । गज्जब त ८० बर्षमाथिका जेष्ठ नागरिकहरूलाई त टिकट किन्नै नपर्ने, सित्तैमा हेर्न पाउने व्यवस्था पो रहेछ। कस्तो राम्रो बिचार , हृदयदेखि धन्यवाद छ स्काईवाक टावरका संचालकहरूलाई जेष्ठ नागरिकहरूलाई सम्मान गरेकोमा ! मेरो आफ्नो टिकट चाहीं १ हजार रूपैंयामा किने ।
ओहो, बिहानै पुगेको हामी , भिंडपनि थिएन । साथै म “ आफु भलो त जगत भलो “ भन्ने सिद्धान्त मान्ने , सधैं नेपालका ट्याक्सी ड्राईभरदेखि , जताततै बजारतिर किनमेल गर्न जाँदा पनि पसलको कामदारहरूसँग नम्र भएर कुरा गर्छु । उनीहरू पनि मलाईं सधैं राम्रो व्यवहार गरेर सहयोग नै गर्छन ।
त्यो दिन पनि ट्याक्सी ड्राईभर र गेटको सेक्युरीटी गार्डले निक्कै सहयोग गरे मुवालाई ह्विलचेयरमा राखेर टावरको तल लिफ्टको गेटसम्म लग्न । त्यहा काम गर्ने बहिनीले टिकट चेक गरेर लिफ्टको गेट खोलिन् । दुईजना भाई ह्विलचेयर धकेल्न आए । उनीहरूले नै माथी जाने बटन थिचे । एकैछिनमा पत्तै नै नपाई माथि २२ तल्लामा पुगियो । मलाई यो टावरको लिफ्ट बाहिर नदेखिने बनाएको एकदम मन पर्यो । नेपालीलाई लिफ्ट चढ्ने बानी छैन । बाहिर देखिने सिसाको झ्याल सहितको लिफ्ट भएको भए माथि नपुग्दै डराउन सक्थे । धन्न देखिन्न केही ।
माथि २२ तल्लामा पुगेर लिफ्टबाट बाहिर निक्लेपछि एकछिन अलमलमा परें । माथि ४ तल्ला त भरयाङ्ग हिंडेर नचढी बाहिर छत खुल्लामा नपुगिने रहेछ । मुवा त हिंडन नसक्ने । अर्को माथी जाने बेग्लै लिफ्ट त रहेछ तर बनि सकेको रहेनछ । अहिले त बन्यो की ?
त्यही २२ तल्लामा रहेको कफी सपको सोफामा एकछिन राखेर मुवालाई काठमाडौं शहर देखाएँ । सिसाबाट बाहिर मनोरम दृश्य नै देखियो । तर माथि लग्न नसकिने भो भन्ने त लाग्यो नै । खै मैले रहर गरेर मुवालाई ल्याएको देखेर होला ।त्यहा काम गर्ने अर्को एकजना भाईले म ढाडमा बोकेर माथि लगिदिन्छु भने । मुवा सानो मान्छे, सजिलै बोकेर माथी लगिदिए । ओहो, माथी पुगेपछि वरीपरी काठमाडौंको दृष्य देखेर मुवा त दंग परिस्यो । अझ हँसाएर “ जिँउदै स्वर्ग पुगियो” पो रे । मुवा मात्र होर म आफै तिन छक्कै परें । २५६ फिट अग्लो ठाउँबाट हेर्दा काठमाडौं त पुरै कंक्रिटको जंगल पो बनिसकेको रहेछ । जताततै घरै घर , खुल्ला हरीयाली त कतै बांकी पो रहेनछ, पर देखिनेत्यही टुंडीखेल बाहेक ! हामी सानोमा हुर्केको खेतबारीहरू त कतै बाँकी रहेनछ।
माथी वरीपरी हेरेर र फोटो खिचेर आधा घण्टा बितायौं । टावरको छतमा सिसाको तल छर्लंग दृष्य देखिने, हिंडन मिल्ने साईड वाक रहेछ । त्यहा हिंड्दा चाहीं हामीले लगाएको जुत्तालाई उनीहरूले दिएको कपडाको कभर अनिवार्य लगाउनै पर्थ्यो । त्यसमा म हिंडे पनि अलिकति तर डर लाग्यो पुरै हिंड्दै तल हेर्न त । फोटो र भीडियो चाहीं धेरै नै खिचें ।
तल २२ तल्लासम्म झर्न पनि तिनै भाईले मुवालाई बोकेर ल्याईदिए । त्यसपछि ह्विलचेयरमा राखेर लिफ्टबाट तल्लो तल्ला पुग्यौं ।त्यहा काम गर्ने भाई बहिनीहरूले निक्कै सहयोग गरेको देखेर खुसी लाग्यो र केही रूपैया टिप्स दिँए । हुन त उँहाहरूको निस्वार्थ भावको सेवाको अगाडी पैसा त के ठुलो कुरा होर !
बडामहारानी रत्न अझै त्यही होईसिन्छ है भन्न आई हाल्यो मुखबाट । मैले जोडले भनेछु क्यार , छेउमा रहेकी एक बुढी आमाले सुनेर “ ए हो नानी , कुन घर हो “ भनेर सोध्नु भो । मैले देखाई दिंए ।त्यता फर्केर नमस्कार गर्नु भो । आआफ्नो श्रद्धा त हो ।
घर आएर त्यहाको फोटो र भीडियो फेसबुकमा राखेको त , सबै फेसबुकका साथी छक्कै परे । कोही मुवालाई कसरी पुर्यायौ लेख्छन् , कोही लौ कँहा छ यो स्काईवाक टावर लेख्छन् । म अमेरिकाबाट आएर चढिसके , काठमाडौं बस्नेहरूलाई समेत पत्तो रहेनछ ।
हुन त २०७२ सालको भुकम्पमा भत्किएको धरहरा केही बर्ष अगाडी त हामी सपरिवार बुबामुवा सगैं चढेको पनि हो । तर त्यो त सानो कुचुक्क परेको थियो । दिउँसो हुल धेरै भएको बेला गएकोले त्यति रमाईलो पनि लागेन । झन् , भुकम्पले भत्काएको संम्झँदा त धन्न हामी गएकोबेला भुकम्प आएन छ भनेर झसंग, डर पो लाग्छ संम्झँदा पनि ।
बिहान मुवालाई लगिदिएको र उँहा खुसी भएको देखेर तेही दिन दिउँसो ड्याडीमम्मीलाई पनि लिएर गएँ । मेरो पुरै टिकट १ हजार , मम्मीको ५० प्रतिशत छुट ५ सय र ड्याडीको सित्तैमा टिकट पर्र्यो ।
दिउँसो त टावरमा चहलपहल निक्कै थियो । माथी त एक ग्रुप केटाकेटीहरू टिकटक भीडियो बनाई रहेका थिए । रंगीचंगी सल पनि पाईने रहेछ भीडियो खिच्नलाई त ! केटाकेटीदेखि बुढाबुढीसम्म सबै रमाई रहेका थिए । बिहान त खुल्ला आकाश थियो । दिउँसो त माथि एकछिन पानी पनि छिट्यायो तर छिट्टै रोक्कियो ।
ड्याडी, मम्मी पनि निक्कै रमाईस्यो । ड्याडी त नडराई एकछिन सीसाको साईड वाक पनि हिंडिस्यो । फोटोहरू निक्कै खिचिदिंए । पूर्वमा एयरपोर्ट , पशुपतिनाथ मंन्दिर , बौद्ध , पश्चिममा स्वयम्भुंनाथ मंन्दिर , रानी पोखरी , दक्षिणमा नँया धरहरा , टुंडीखेल र उत्तरमा नारायणहिटी राज दरवार छर्लंग देखियो ।
ओहो, नारायणहिटी राज दरवार देख्दा प्यारा राजा बीरेन्द्रको सपरिवार झलझल्ती याद आयो । स्कुलबाट बेलाबेलामा कार्यक्रमहरूमा मुख्य त राजारानीको जन्मोत्सवमा हिंडेर गएको याद आयो । अनि कुनाको सानो रत्न मंन्दिर देख्दा मुमा बडामहारानी रत्न अझै त्यही होईसिन्छ है भन्न आई हाल्यो मुखबाट । मैले जोडले भनेछु क्यार , छेउमा रहेकी एक बुढी आमाले सुनेर “ ए हो नानी , कुन घर हो “ भनेर सोध्नु भो । मैले देखाई दिंए ।त्यता फर्केर नमस्कार गर्नु भो । आआफ्नो श्रद्धा त हो ।
ड्याडीले टावर चढेर ओर्लेपछि “ नानी तिमीले हामीलाई अमेरिकाको राजधानीमा रहेको टावर पनि देखाईदिएको हो नी” भनिस्यो । हो त , बिर्सेछु, केही बर्ष अगाडी त्यहा पनि म ड्याडी र मम्मी ट्रेन चढेर गएका थियौं । कस्तो संजोग , सोच्दा पनि गज्जबै लाग्यो ।
त्यो दिन बिहान मुवा खुसी भएको र अनि दिउँसो ड्याडीमम्मी खुसी भएको देख्दा मनमनै “ खुसी दिंदा पनि खुसी मिल्ने रहेछ! “ महशुस भयो।
अन्त्यमा, आफ्नो आमाबुबाको लागि हामी सबैले
“ मेलै केही गर्न सकिन सोच्नै हैन की कति गर्न सकिन्छ, अवसर पाउँदा गर्दै जानु पर्ने रहेछ !”
शशी के.सी
लेखिका
प्रतिक्रिया