विवेक सुवेदी र सुरज केसीको अन्तिम दाहसंस्कार भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २९ शुक्रबार गरीने , गो फन्ड मी कोष अझै संचालनमा

इनेप्लिज २०८१ मंसिर १३ गते २:४१ मा प्रकाशित

गत नोभेम्बर २२ शुक्रबार बिहान गम्भीर सडक दुर्घटनामा परी निधन भएका होनहार युवा विवेक सुवेदी र सुरज केसीको अन्तिम दाहसंस्कार भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २९ शुक्रबार हुने भएको छ ।

आगामी शुक्रबार, नोभेम्बर २९ का दिन अपरान्ह २ : ०० बजे दाहसंस्कार गरिने भएको छ । परिवारका सदस्यहरू तथा आफन्तजनहरूको समेत सल्लाह र सुझावमा सुवेदी र केसी दुवैजनाको अन्तिम दाहसंस्कार तय गरिएको छ ।

उक्त दिन यस क्षेत्रमा बसोबास गर्नु हुने समुदायका सम्पूर्ण सदस्यलाई उपस्थित भई पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरिएको छ । दाह संस्कार गरिएता पनि गो फन्ड मी कोष अझै संचालनमा जारी राखिने छ । साथै यस बिपत घडीमा र उनीहरुको परिवारलाई परेको आर्थिक भारलाई समेत सहयोग होस् भन्ने हेतुले सबै नेपाली समुदायलाई आफूले सक्ने सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

साथै समुदायको तर्फबाट दुर्घटना पश्चात अन्तिम संस्कारको लागि महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा मेरील्यान्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारी तथा कार्यालयलाई बिशेष कृतज्ञता ज्ञापन गरेको छ ।

मिति :- नोभेम्बर २९ शुक्रबार २०२४
समय:- अपरान्ह २ : ०० बजे
स्थान:- 4425 Brookfield Corporate Drive Suite 100 Chantilly, VA 20151

समुदायको तर्फबाट :

योगेश श्रेष्ठ 5713554258

भरत सुवेदी 5714921202

दिपक पौडेल 703-344-5819

विष्णुहरी कुशहरी 202- 386-2441‬

आशिष शंग्रौला 202-702-1642

सफल बानिया 571-549-0750

निशेष भट्टराई 757-284-4248

बिबेक,सुरेश र मेहुललाई सहयोग गर्न यहाँ थिचु होला :

https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_

प्रतिक्रिया