शिशिर योगी र शान्तिश्रीको स्वरमा ‘मनै फरर’ सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०८१ मंसिर १३ गते २३:०९ मा प्रकाशित

काठमाडौँ – चर्चित गायक शिशिर योगी तथा गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘मनै फरर’ सार्वजनिक भएको छ।

१० दिन अघि गायक योगीको आफ्नै अफिसियल यूट्युब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायक योगीकै शब्द-संगीत र सङ्गीत संयोजन साहस शाक्यको छ भने मिक्सिङ/माष्टरिङ चन्द्र चौधरीले गरेका छन् । गायक योगीले लामो समयपछि सरल शव्द र रोमान्टिक भावको गीत ‘मनै फरर’ सार्वजनिक गरेका हुन् ।

लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो कुलेखानी मार्कु, चित्लाङ सेरोफेरो, भेँडेचौरमा छायांकन गरिएको छ ।

यो लिंकमा गएर यो गीत सुन्न/हेर्न सकिन्छ :

प्रतिक्रिया