भर्जिनिया वारेन्टनकी एक महिलालाई घरधनी संघ(एचओए)बाट १० लाख डलर चोरी गरेको आरोपमा दोषी ठहर, दुई बर्ष कारागार सजाय

इनेप्लिज २०८१ मंसिर १६ गते २३:२१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वारेन्टनकी एक महिलालाई घरधनी संघ(एचओए)बाट १० लाख डलर चोरी गरेको आरोपमा दोषी ठहर गरिएको छ । साथै उनलाई दुई बर्ष कारागार सजाय सुनाईएको छ ।

डब्लुजेएलए समाचारका अनुसार उक्त महिलाले भर्जिनिया राज्यको रेस्टन ,लोर्टन, फल्स चर्चमा घरधनी संघ(एचओए) बाट १ मिलियन डलर भन्दा बढी चोरी गरेकोमा दोषी पाइयो ।

उक्त महिलालाई गत मङ्गलबार दुई वर्षको जेल सजाय सुनाइएको छ । ६० वर्षीय रोज कासन्दे बेलीले सन् २०१२ मा फेयरफ्याक्समा सम्पत्ति व्यवस्थापन प्रतिष्ठान (कम्पनी) रोजउड म्यानेजमेन्ट एण्ड कन्सल्टिङ सर्भिसेज, एलएल सी खोलेकी थिइन् । मार्च २०२३ सम्म उनको प्रतिष्ठान रोजवुडले रेस्टन ,लोर्टन, फल्स चर्च र लिजबर्गमा सम्पत्ति सहित ७० वटा भर्जिनियाका एचओएहरुलाई व्यवस्थापन गरेको थियो ।

रोजवुडले बासिन्दाहरूको बक्यौता सङ्कलन गर्‍यो, जुन सम्पत्ति र साझा क्षेत्रहरूको मर्मत गर्न प्रयोग गर्नको लागि थियो। बेलीले अदालतका कागजातहरू अनुसार दुईवटा बैंक खाताहरू राखेकी थिइन् । प्रत्येक एचओएले कम्तीमा एउटा बैंक खाता पनि खोलेको थियो जसमा उनीहरूको वार्षिक शुल्क जम्मा गरिएको थियो।

अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार रोजवुडले अवैध धन स्थानान्तरण मे २०१८ मा सुरु गरेको थियो। बेलीले एचओएलाई नक्कली बैंक विवरणहरू एचओएलाई उपलब्ध गराईन। एचओए बैंक खाताहरूबाट ६००,००० लाख डलर स्थान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया