मेरिल्याण्डमा प्रहरीसँगको झडपमा हतियारधारी व्यक्तिको मृत्यु

इनेप्लिज २०८१ मंसिर १६ गते २३:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको हावर्ड काउन्टीमा प्रहरीसँगको झडपमा हतियारधारी व्यक्तिको मृत्यु भएको छ ।

मेरील्याण्ड राज्यमा गत शनिबार दिउँसो प्रहरी अधिकारीहरुले घरेलु हिंशा तथा अशान्ति भएको खबर प्राप्त गरे पछि त्यहाँ पुग्दा एक सशस्त्र व्यक्तिको मृत्यु भएको प्रहरीले बताए । हावर्ड काउन्टी प्रहरी विभागले अधिकारीहरूलाई दिउँसो ३:१० १०००० घर समूहमा रहेको घरमा बोलाइएको थियो ।

प्रहरी अधिकारीहरूले घरको बाहिरी माथिल्लो किनारमा एक पीडित महिला र एक वयस्क पुरुष संदिग्ध घर भित्रको झ्यालमा लामो बन्दुक सहित फेला पारे ।

बारम्बार आफ्नो हतियार छोड्न अस्वीकार गरेपछि प्रहरीले दुई अधिकारीहरूले आफ्नो गोली चलाएको प्रहरीले बताएको छ । त्यसपछि प्रहरी अधिकारीहरू निवासमा प्रवेश गरे र ती व्यक्तिलाई मृत फेला पारे।

प्रहरी अधिकारीहरूले घर भित्र अज्ञात हतियारबाट धेरै गोलीका खोल तथा धेरै बन्दुकहरू फेला परेको जनाएका छन् ।

हावर्ड काउन्टी प्रहरीका अनुसार एक समाचार विज्ञप्तिमा प्रहरी अधिकारीले हानेको गोली या संदिग्ध व्यक्तिले आफ्नै हतियार चलाउदा उनको मृत्यु भएको हो भन्ने स्पष्ट नभएको उल्लेख गरेको छ ।

घटनास्थलमा रहेका घरका अन्य व्यक्तिहरूमध्ये कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। यो “संदिग्ध प्रहरी -संलग्न घातक गोलाबारी हो,” मेरील्याण्ड महान्यायाधिवक्ताको स्वतन्त्र अनुसन्धान बिभागले अनुसन्धान सञ्चालन गर्ने हावर्ड काउन्टी प्रहरीले बताए । तर अझै पनि प्रहरीले शरीरमा लगाएको चित्रग्राहिणी (बडी क्यामेरा)को श्रब्यदृश्य (भिडियो )हरु सार्वजनिक नगरेको डब्लुटिपीले जनाएको छ ।

प्रतिक्रिया