नरेश भट्टलाई बृहत निर्णायक मण्डल(ग्रान्ड जुरी)ले ममता काफ्लेको हत्या गरेको अभियोग लगाएका छन् । सोमबार डिसेम्बर २ का दिन उनलाई प्रथम श्रेणीको हत्याको अभियोग लगाईएको छ ।
भर्जिनिया राज्यको मनासस पार्ककी स्वास्थ्य परिचारिका (नर्स)ममता काफ्ले भट्ट बेपत्ता भएको महिनौ पछि उनका पतिलाई हत्याको औपचारिक आरोप लगाइएको छ।
यस अघि नरेश भट्टमाथि मात्र ममता काफ्लेको शव लुकाएको आरोप लागेको थियो । उनले मृत शरीरलाई शारीरिक रूपमा अपवित्र गरेको अपराधी गणनाको सामना गर्नु परेको न्युज४ (एनबिसीवाशिंगटन)ले जनाएको छ ।
प्रिन्स विलियम काउन्टी कमनवेल्थकी अधिवक्ता एमी एशवर्थले डब्लुयुएसए९ लाई ग्रान्ड जुरी ( निर्णायक मण्डल)ले नरेश भट्टलाई ममता काफ्ले भट्टको प्रथम श्रेणी हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको अर्को आरोपमा अभियोग लगाएको बताइन ।
अन्वेषकहरूले उनीहरूको घरमा रगत फेला पारेको तथा शव कुकुरहरूले शरीर(बडी)को संकेत दिएको बताएका छन् । साथै श्रब्यदृश्य (भिडियो)मा नरेशले विभिन्न फोहोरफ्याक्ने टोकरी (डम्पस्टर)हरूमा फोहोर फालेको देखाएको समेत अभियोजकहरूले बताएका छन् ।
ममता काफ्ले भट्टको घरभित्रै हत्या गरी शव कतै फालिएको प्रहरीले अनुमान गरेको छ । अगस्त २ मा ममताका सहकर्मीहरूको अनुरोधमा भट्ट निवासमा गरिएको कल्याणकारी जाँचको क्रममा नरेशले आफू आफ्नी श्रीमतीसँग छुट्टिने प्रक्रियामा रहेको प्रहरीलाई बताएका थिए । उनले प्रहरी अधिकारीहरूलाई ममता न्यूयोर्क या टेक्ससमा परिवार भेट्न गएको बताएका थिए ।
भट्टलाई शव लुकाएर राखेको आरोपमा अगस्त २२ मा पक्राउ गरिएको थियो । अभियोजकहरूले आफ्नो बयानको क्रममा अगस्त १९ आफ्नो टेस्ला बेचेका थिए र उनको गिरफ्तारी अघि दुई जनालाई आफ्नो घर बेच्ने प्रयास गरेका थिए ।
प्रतिक्षा गर्नु होला अझ थप जानकारी ईनेप्लिजमा आउदै :
प्रतिक्रिया