रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

इनेप्लिज २०८१ मंसिर २४ गते ११:१० मा प्रकाशित

काठमाण्डौं ।

नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा विशाल थापाको छायांकन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया