युनाइटेडहेल्थकेयरका प्रमुखको हत्यारा लुइगीलाई  आरोप लगाएपछि बाल्टिमोरका उनका सहपाठी “चकित”

इनेप्लिज २०८१ मंसिर २५ गते १७:५३ मा प्रकाशित

युनाइटेडहेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी (सीईओ )को हत्याको आरोपमा लुइगी म्यान्गीओनलाई  आरोप लगाएपछि बाल्टिमोरको सहपाठी “चकित” भएका छन्।

 युनाइटेडहेल्थकेयरका प्रमुख ब्रायन थम्पसनको हत्यामा अभियोग लगाइका लुइगी बाल्टिमोरको गिलम्यान स्कूलमा सन २०१६ सगै पढेको उनका साथीले बताए ।

सहपाठी जेम्स स्यान्डबर्गले म्यान्गीओनलाई अलि अलि चिनेको र उनी राम्रो युवा भएको स्थानिय सॅचार माध्यमलाई बताए। 

११९ औं गिलम्यान विधालयको संस्थापक दिवस समारोहमा म्यान्गीओनले भाषण गरेको एक श्रव्यदृश्यमा देखिन्छ ।

स्यान्डबर्गले उनीहरूको कक्षामा लगभग ११० जना भएको बताए । 

स्यान्डबर्गले अगाडी भने कसैले चासोको व्यक्तिको रूपमा लुइगीको बारेमा लेख साझा गरेपछि उनी “स्तब्ध” भए ।

उनलाई  सायद फरक लुइगी भएको भन्ने लागेको पत्रकारलाई बताएको सिविएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया