युनाइटेड हेल्थकेयरका प्रमुख ब्रायन थम्पसनलाई गोली हान्ने संदिग्ध बाल्टिमोरका लुइगी माङ्गिओन माध्यमिक बिद्यालयमा “पूर्ण रूपमा प्रतिभाशाली” भएको उनका बाल्टिमोरका एक सहपाठीले सिएनएनलाई बताए ।
उनी त्यस्तो बिधार्थी थिए जसले कक्षामा मात्रै देखाउन चाहन्थे । जसले किताब कहिले खोलेनन् तर परीक्षा शानदार हुन्थे ,” उनका सहपाठी जसले नाम न छाप्ने सर्तमा सिएनएनलाई दूरवार्तामा बताए ।
उनले अगाडी भने गिलम्यान बिद्यालयमा ६ कक्षामा भर्ना भएका उनि “वास्तवमै राम्रो परिवार” बाट आएका थिए । उनि आफ्नो हजुरबुबाको विरासतबाट वास्तवमै प्रभावित थिए ।
संदिग्धका हजुरबुबा, निकोलस माङ्गिओन पूर्व डकर्मी ठेकेदार थिए । जसले बाल्टिमोर सन पत्रिकालाई ११ वर्षको उमेरमा काम गर्न थालेको बताए । एक स्थानीय घर जग्गा खरिद बिक्री साम्राज्य निर्माण गरे । उनको मेरील्याण्ड वरिपरि निजी अस्पताल (नर्सिङ होम) सुविधाहरू र बाल्टिमोर उपनगरहरूमा दुईवटा कन्ट्री क्लबहरू रहेका छन ।
माङ्गिओनको सहपाठीले सिएनएनलाई बताए अनुसार १० औं कक्षामा, विद्यार्थीहरूलाई लामो २० पृष्ठसम्मको शोधपत्र (थेसिस पेपर )लेख्न ३ महिना दिइएको थियो । तर म्याङ्गिओनले अघिल्लो रात नै लेखेका थिए । उनलाई उत्तम शोधग्रन्थ लेखिएको भन्दै उनलाई पुरस्कृत गरिएको थियो ।
उनी असाधारण थिए। उनको साथी समूहमा उनि अलिकति किताबी किरा र अधिक आरक्षित जस्तै थिए ।लुइगी सामाजिक रूपमा धेरै सहज थिए । उनका नजिकका साथीहरूको समूहमा सीमित थिएन, “सहपाठीले भने। उनी भकुण्डो (सकर )खेल्थे। उनि राम्रोसँग हट्टा-कट्टा थिए ।
जब उनको पहिचान सोमबार जारी गरियो तब आफू स्तब्ध भएको सिएनएनलाई बताए । “म सबै कुराबाट दुखी छु,” उनले भने ।
प्रतिक्रिया