अंग्रेजी नयाँ बर्ष २०२५ को अवसरमा भर्जिनियाको फेयरफ्याक्समा डिसेम्बर ३१ का दिन सांगीतिक कार्यक्रम गरिने भएको छ ।
सांगीतिक कार्यक्रम भर्जिनियाको फेयरफ्याक्समा तन्दुरी चमेनागृहमा डिसेम्बर ३१ का दिन हुने आयोजकले ईनेप्लिजलाई बताए । उक्त सांगीतिक कार्यक्रममा स्थानिय अस्त्र एण्ड फ्रेन्ड्स सांगीतिक ब्याण्ड (संगीत मण्डल) को प्रस्तुति रहने छ ।
त्यस्तै कार्यक्रममा बिबिध प्रस्तुति रहने छ । राजेश तथा पुस्करले हास्यव्यंग्य, बिनोद/नुर / रुजनले एकल गीत प्रस्तुत ,कृषिका तथा बिनुको नृत्य ,रत्नाको बासुरी तथा अन्त्यमा डिजे कार्यक्रम रहने छ ।
सांगीतिक कार्यकम साँझ ७ बजे देखि मध्य राती सम्म चल्ने छ । सांगीतिक कार्यक्रममा सहभागी हुन् केवल १५ डलर राखिएको छ ।
कार्यक्रम हुने स्थल ठेगाना : तन्दुरी फेयरफ्याक्स 10312 willard way ,fairfax va
कहिले : डिसेम्बर ३१, २०२४
समय : ७ बजे राती देखि १२ बजे राति सम्म
प्रवेश शुल्क : केवल १५ डलर
प्रतिक्रिया