जुन देशमा आफनो नगरमा साधारण सवारीसाधनको सहि ढंगाले संन्चालन गर्न सक्दैनन् त्यो देशले अरुदेशलाई ठुलाखाले कुराहरु सुनाएर पत्याँउने वाला छैन । विश्वमा धेरै देशहरु घुमियो, दक्षिण अमेरिका, अफ्रिका, यूरोपमा, बेलायतदेखि टर्कीसम्म, दोवा, देखि आबुधाबि सम्म तिदेशहरुमा यातायात विभागले आफनो जन्ताहरुलाई राम्रोसंग सिकाएका छन, सवारी साधानको प्रयोगमा ल्याउदा प्रथामिकता बटुवाहरुलाई Pedestrians Rightका नियमहरु । यहाँ हाम्रो मातृभूमीको राजधानी, अर्थात संघिय सरकार मुख्यालय काठमाडौंमा मोटर साइकल, र ट्याक्सीहरुका बथान, सलाहले आकाशलाईनै ढाके झैं, सडक ढाकेका छन् तर यि चलाकहरुको मनमा एक चिम्टि पनि दया रहेनछ, बृद्ध विद्यार्थीहरु, पैताला हिंडनेहरुका लागि । के यातायात मन्त्रालयले बटुवाहरुको अधिकारलाई नदेखेको हो वा वास्ता नगरेको हो पत्ता लगाउन पाए हुन्थ्यो ? हो विभिन्न कारणवस गाँउ रित्तितै गएको शहर बाक्लिदै गएको, हाम्रा देशका ब्यबस्थापन पढनेहरु के खाली तलब भत्ता मात्रै खाना बसेका पक्कै होइन होला । ठाँउ ठाँउमा रोक्ने अर्थात Pedestrains हरु राख्न सकिन्थ्यो होला, त्यसो भए,बाटोमा हिंडनेहरुलाई पार गरे पछि, सवारीसाधानहरुले आफना गति बढाए हुन्थ्यो होला नि ? स्कूटर चलाउनेहरुको मनमा दया मायाँ पटक्कै छैन रहेछ, शहरमा हिडेर आफना गन्तव्यमा पुग्नेहरुलाई ।
बालेनजीले नयाँ सडक वरिपरि फराकिलो बनाएका छन, Pedestrains Rights का लागि सजिलो भएको छ, बाटो हिंडन, यो पंक्तिकारलाई धरहरा देखि ईन्द्रचोक, असन, कमालाक्षी हुँदै जमलमा आएर पठाउ समाएर घरमा पुगियो । तर अब एक्लै शहर जाने आँट हराएको छ । काठमाडौ र ललितपुर भक्तापुर गरेर कति मोटर साइकलहरु छन, कति भाडामा चल्ने गाडिहरु छन् त्यस्को तथ्याँक त यातायात मन्त्रालयसंग होला, तर दिनमा कति सवारी चालाकहरुले सडकमा हिंडनेहरुलाई के सम्मानपूर्वक बाटोमा आफनो गाडीलाई रोकेर हिंडन दियो भन्ने ट्राफिक प्रहरी विभागका हाकिमलाई यसको जानकारी छ ? गाडीहरु जतिनै भित्र्याए पनि, हाम्रो भूमिलाई पक्कै तन्क्याँउन मिल्दैन, बाटोको क्षेत्रफलको हिसाबले सवारी साधान ल्याँउने आयात प्रमाणपत्र वितरण गरेर सबैक्षेत्रमा क्यामाराहरु जडान गरेर, जस्ले बटुवाहरु ब्यबस्था गर्दछ त्यो व्यक्तिलाई ठूलो रकमको दण्ड दिलाएर,Pedestrains Rights सवारी साधन चलाउिनेहरुले केहि हदसम्म आफूलाई सूधार ल्याँउथ्यो कि ? उपत्यकाभित्र एक लाख सवारी नियन्त्रण गर्ने प्रहरीहरु थपे पनि केहि काम लाग्दैन, नियमहरु बनाउने निकायले नियममात्रै बनाएर पुगिदैन, दैनिक जाँच निमन गरेर मानिसहरुको बाँच्ने अधिकारलाई सुरक्षित दिन सकिएला ।
अन्तमा हरेक वार्डमा महादेवको मन्दिर बनाएर शंखध्वानी बजाएर बिकाश हुदैन, सवारी साधानलाई नियन्त्रणमा ल्याएर बटुवाहरुलाई स्वतन्त्रपूर्वक हिंड डुल गर्ने बातावरण बनाईदिए, त्यहि मानिसनै महादेव होलान, नत्र भने, दिनमा सयौ वटुवाहरुको ज्यान जाने खतरा देखियो नेपालको राजधानीभित्र ।
डिग बहादुर तामाङ्ग
प्रतिक्रिया