अमेरिकाको पेन्टागन शहरमा छुरा प्रहार हुँदा महिला र बालक गम्भीर घाइते

इनेप्लिज २०८१ मंसिर ३० गते १३:३० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको पेन्टागन शहरमा छुरा प्रहार हुँदा महिला र बालक गम्भीर घाइते भएका छन् ।

एबिसीसेवेनन्यूजका अनुसार पेन्टागन शहरको टार्गेट पसल नजिकै चिनेका व्यक्तिले छुरा प्रहार गरेपछि शनिबार राति गम्भीर घाइते भएका एक महिला र बालकलाई अस्पताल लगिएको आर्लिंगटन काउन्टी प्रहरीले जनाएको छ।

गत शनिबार राती लगभग ९ :४५ बजे राती प्रहरीले आर्मी नेवी ड्राइभ नामक सडक स्थित ९०० भवन समूहमा छुरा प्रहार गरेको खबर प्राप्त गरेको जनाएको छ

प्रहरीहरु त्यहाँ पुगे पछि उनीहरूले पीडितहरूलाई भेट्टाए। घटनामा संलग्न व्यक्ति पैदलै फरार भएको प्रहरीले जनाएको छ । त्यसको केही समयपछि प्रहरीले शंकास्पद व्यक्तिलाई नजिकैको सवारी साधन अडान यानशाला (पार्किङ गराज)मा फेला पारेपछि पक्राउ गरेको बताए।

अनुसन्धान जारी रहेको र समुदायमा कुनै खतरा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया