अमेरिकाको भर्जिनिया राज्यको पेन्टागन शहरमा महिला र बालकलाई छुरा प्रहार गरि घाइते बनाउने व्यक्तिलाई पक्राउ गरिएको छ ।
छुरा प्रहार गरेको आरोपमा उक्त व्यक्तिलाई अभियोग लगाइएको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार पेन्टागन शहरमा छुरा प्रहार गर्नुअघि ती महिलाले बच्चालाई समातेर फुटपाथमा हिंडिरहेको पाइएको थियो। अर्लिङ्गटन, भर्जिनियाका उक्त व्यक्तिले शनिबार राती पेन्टागन शहरमा घरेलु सम्बन्धमा दोहोरो छुरा प्रहार गरेपछि आरोपको सामना गरिरहेको प्रहरीले बताएका छन् ।
२३ बर्षिय लियोनार्डो रेयेसलाई आर्लिंगटन काउन्टी हिरासत सुविधामा धरौटी बिना नै राखिएको छ। प्रहरीले राति ९:४५ मा आर्मी नेवी ड्राइभ नामक मार्गको ९०० घर समूहमा घटना बारेमा जानकारी पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।
घटनास्थलमा प्रहरी अधिकारीहरूले एक महिला र एक बच्चालाई चोटपटक लागेको अवस्थामा फेला पारेका थिए । उनीहरुको घटनास्थलमै उपचार गरिएको थियो ।
प्रहरीका अनुसार दोस्रो बच्चा घटनास्थलमा थिए तर घाइते भएनन् । प्रारम्भिक अनुसन्धानमा ती महिला एउटा व्यवसाय बाहिर फुटपाथमा बच्चालाई समातेर हिँडिरहेको अवस्थामा रेयेस उनीहरुको नजिक पुगे । अनुसन्धानका अनुसार घटनास्थलबाट पैदल भाग्नु अघि रेयसले पीडितहरूलाई छुरीले प्रहार गरेका थिए ।
अनुसन्धानका अनुसार रेयेस पछि सवारी साधन अड्डा भित्र रोकेर राखिएको गाडीमा फेला परेका थिए । रेयेसलाई बढ्दो दुर्भावनापूर्ण चोटपटकको आरोप लगाइएको छ।
प्रतिक्रिया