ल्यायम्ह अमेरिका गुठीले भर्जिनियामा आफ्नो पहिलो योमरी पुन्ही उत्सवको आयोजना गरेर ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ। यस उत्सवमा परिवार, बालबालिका र समुदायका सदस्यहरू एकत्रित भएर नेपालको समृद्ध सांस्कृतिक परंपराको उत्सव मनाए। यो कार्यकममा डिएमभी (डिसी, मेरील्याण्ड, भर्जिनिया) क्षेत्रका १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।
यस उत्सवमा नेपाली सांस्कृतिक धरोहरलाई केन्द्रित गरेर विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो।
उत्सवका विभिन्न गतिविधिहरूमा सबै उमेरका नेपाली समुदायको सहभागिता रहेको थियो । विशेषगरी बालबालिकाहरू जसले नेपाली परंपराबारे सिक्ने र रमाइलो गर्न अवसर पाए।
उत्सवमा युवा सहभागीहरूलाई अन्तरक्रियात्मक तथा शैक्षिक गतिविधिहरूमा संलग्न गरिएको थियो । साथै योमरी मूल बिषयमा रंगाउने सत्रहरू आयोजना गरिएको थियो जसमा बालबालिकाले सांस्कृतिक चित्रकलामा आफ्नो सृजनशीलता प्रस्तुत गरेका थिए ।
त्यस्तै योमरी बनाउनको कार्यशाला पनि गरिएको थियो । सहभागी भएका बालबालिकाले योमरी बनाउने परंपरागत कला सिक्ने अवसर प्राप्त गरे। यस सत्रमा बालबालिकाले व्यक्तिगत एप्रन( बाहिरी वस्त्र) लगाएका थिए । उनीहरुले आफ्नो नाम लेखेका थिए जसले सम्झनलायक क्षणहरू बनायो ।
योमरी पुन्ही उत्सवमा समर नेपाल भाषा अनलाइन कक्षाका छात्र-छात्राहरूको लागि पनि एक ऐतिहासिक अवसर बन्न पुग्यो । यस समारोहमा उतिर्ण भएकाहरूलाई मिसेस टुरिज्म यूएसए युनिभर्स २०२४ राजश्री श्रेष्ठले प्रमाणपत्र प्रदान बितरण गरिन ।
समारोहमा परंपरागत धिमे बाजा प्रदर्शन गरिएको थियो । प्रत्येक स्नातकहरुले अभिभावकबाट खादा उपहारको रूपमा प्राप्त गरेका थिए ।
त्यस्तै राजश्री श्रेष्ठलाई विशेष सम्मान गरियो । अध्यक्ष पुष्कर प्रजापतिले उनलाई मिसेस टुरिज्म यूएसए युनिभर्स २०२४ को प्रतिष्ठित उपाधी जितेकोको लागि प्रशंसा प्रमाणपत्र प्रदान गरे।
उत्सवको एक प्रमुख आकर्षण योमरी बनाउने कार्यशाला रहेको थियो । जसमा ५० भन्दा बढी बालबालिकाले योमरी बनाउन सहभागिता जनाएका थिए । यो कार्यशालामा अभिभावक र ल्याय्म्हा अमेरिका गुठीका कार्यकारी सदस्यहरूको मार्गदर्शनमा बालबालिकाहरूले योमरी बनाउन मात्र नभई योमरीको सांस्कृतिक महत्त्व पनि सिके ।
उत्सवमा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । माचा क्याबा, ल्याय्म्हा अमेरिका गुठीका विद्यार्थीहरूको एक समूहले परंपरागत नेपाल भाषा गीत “इमु चाम लय डु” प्रस्तुत गरेको थियो।
साथै त्यहाँ उपस्थित भएका साना र ठूला सबैले मिलेर परंपरागत योमरी पुन्ही गीत गाएका थिए ।
प्रतिक्रिया