मेरिल्याण्डमा गोलाबारी हुँदा १ जनाको मृत्यु, ९ घाइते र गाडीमा आगलागी

इनेप्लिज २०८१ पुष ३ गते ११:५८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा गोलाबारी हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एबिसीन्यूजका अनुसार गाडीमा समेत आगलागी भएको छ । घटनालाई लक्षित गरी भएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले बताए अनुसार बाल्टिमोर काउन्टी मेरील्याण्डमा गत मंगलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । र एउटा गाडीमा आगो लागेको प्रहरीले जनाएको छ।

बाल्टिमोर काउन्टी प्रहरी विभागका अधिकारीहरूले बेलुका ७:१५ बजे टाउसन शाहरको लोच रेभेन बुलेभार्ड अर्थात् मार्गमा घटनाको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए

बाल्टिमोर काउन्टीका प्रहरी प्रमुख रोबर्ट म्याककुलोले पत्रकार सम्मेलनमा भने जब प्रहरी अधिकारीहरु आइपुगे, उनीहरूले एउटा गाडी आगो लागि रहेको भेट्टाए । साथै धेरै पीडितहरू पत्ता लगाइयो र अग्नि नियन्त्रण विभागलाई सहायता प्रदान गर्न सतर्क गरिएको उनले बताए ।

“यसलाई सामूहिक गोलाबारी मानिन्छ,” बाल्टिमोर काउन्टी प्रहरीले सामाजिक संजालमा प्रकाशन गरेको छ

म्याककुलोले एक जनाको घटनास्थलमा मृत्यु भयो र अन्य नौ जनालाई स्थानीय अस्पतालमा लगिएको बताए । घटनालाई लक्षित गरी भएको प्रहरीले अनुमान गरेको छ । यो जानीजानी गरेको जस्तो देखिन्छ,म्याककुलोले भने। हामी विश्वास गर्छौं कि संलग्न व्यक्तिहरूले एकअर्कालाई चिनेका थिए ।

अनुसन्धान अझै प्रारम्भिक चरणमा रहेको छ भने प्रहरीले दुर्घटना र गोली हान्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । नजिकैको भवनमा गोली चलेको प्रमाण फेला परेको छ । उक्त क्षेत्रबाट गोलाबारुदको आवरण बरामद गरिएको छ ।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेव्स्कीले घटनालाई स्तब्ध पार्ने त्रासदी भने।

प्रतिक्रिया