वाबा गोरखनाथ सँगको साक्षात्कार

इनेप्लिज २०८१ पुष ५ गते ११:५६ मा प्रकाशित

युग परिवर्तनको खातिर वाबा गोरखनाथ पुनः मानव रुपमा नै प्रकट हुनु भएको रहेछ । अहो भाग्य ! वहाँको दर्शन मिल्यो । ज्ञानको खोजिमा भौतारिरहेको यो मनुवाको जिज्ञासाहरु सहजै मेटाइदिनु भयो । ढाका टोपी, दौरा–सुरुवाल र पटुकीमा सपक्क खुकुरीका साथ ठाँटिनु भएको थियो उहाँ । टुसुक्क बसेर मुसुक्क हाँस्दै मेरा हर प्रश्नको जवाफ यसरी दिनुभएको थियो ।

श्रेष्ठमुनि (१) – मानिसहरु किन दुःखी छन् प्रभु ?

वाबा गोरक्षनाथ : आशीर्बाद, स्वास्थ्य र ज्ञान जीवनका ३ अपरिहार्य कुराहरु हुन् । “मुकं करोति बाचाले पङ्घुं लङ्घयते गिरीम, यत कृपा तमहम बन्देपरमानन्दमाधवम्” अर्थात कृपा प¥यो भने लाटाले बोल्न सक्छ, लङ्गडो पनि पहाड चढ्न सक्छ तर कृपा परेन भने रुखका पातहरु पनि हल्लिदैनन् । त्यसैले सुखी जीवनको लागि स्वास्य शरिर, शान्त मन र वाबाको आशीर्बाद अपरिहार्य हुन्छ । यो कुट सत्यलाई मानिसहरुले बुझेका छैनन् । यो रहस्यमयी शरीर नचिन्नु अप्राकृतिक जीवन शैलीमा बाच्नु ६ वटा ऋणहरु नतिर्नु र नव ग्रहहरुको भाषा नबुझ्नु नै दुःखको कारण हुन् । खान र पिउन नजान्दा नै ९० रोगहरु लागेका हुन् । जस्तो आहार उस्तै बिचार हुन्छ । कुखुराको मासुसँग उसको आसु र डर पनि खाएका हुन्छन् । कर्मको फल त भोगै्र पर्छ । झन् शैतानले पिउने रक्सि धोके पछि त झन् सत्यनास हुन्छ । अहिंसा, प्रेम, क्षमा, करुणाभाव नै मानवताको गुण हो । यदि मान्छेमा यी गुणहरु भएन भने ऊ दुई खुट्टा उभिएको नरपिशाच, नरपशु ठहर्छ । मनमन्दिरलाई कब्रस्थान बनाएपछि शरीरको तन्त्र उर्जा बिग्रिने नै भयो नि, होइन र । नाभिस्थानको उर्जा र घुच्चुक छेउको शिवलिङ्ग बाट नै मस्तिश्किय द्रव्य सोमरस बहन्छ जसले हर्ष र प्रशन्नता दिलाउछ । तर यहि उर्जा केन्द्रमा बाधा पुगेपछि मान्छेहरु सोमरसको खोजीमा रक्सि धोक्ने, उद्दण्ड हुने तथा निराश भई आत्माहत्या गर्ने पनि हुन्छन् । तामसी भोजनले अनि त्यो दाम्लो जस्तो टाई लगाएर नै यो उर्जा केन्द्र प्रभावित भएको हो । यो त भयो शरीर भित्रको तन्त्र बाधा नेपाल राष्ट्रको कुरा गर्नु हुन्छ भने झण्डा उल्टो छ, राष्ट्रकै तन्त्र बिग्रियो । सूर्य माथि हुनुपर्ने कुरा लठेब्राहरुलाई के थाहा त्यसैले, सबैकुरा डामाडोल भयो र दुःखको स्थिति सृजना भयो ।

अर्काे कुरो–

मन्दिर बाहिर पनि माग्ने देख्छु, झन् मान्छेहरु मन्दिर भित्र नै गएर मागेको देख्दामा आफै छक्क पर्छु । यहाँ पनि गनगन गर्नेहरु मात्र आउँछन् भन्या । सुन्दर र अमुल्य जीवन पाएकोमा व्रिmतान्जली व्यक्त गर्नुपर्ने थियो । तर अह त्यो बृद्धिको घैटोमा बिर्काे लागेको छ, लोभको भाँडो कहिल्यै भरिदैन के गर्नु र असन्तोषी मान्छे जीवन भर पुर्पुरोमा हात राखेर बस्नु पर्छ क्या । जो मान्छे मनभित्रबाट हास्ने सक्दैन, एक झपक पनि चइनले निदाउन सक्दैन ऊ दरिद्र हो । जो आफुलाई यो अमुल्उ जीवन पाएकोमा कृतज्ञ हुन सक्दैन र गनगन मात्र गर्छ, ऊ झन् महादारिद्र हो । त्यहि बकम्फुसे चिन्ताले नै शरीर, मन, मस्तिष्क ग्रसिक हुन्छ र दुःखको खाडल आफैले खन्दै जान्छ । अज्ञानता, रिस–राग, द्धेष, घमण्ड, भय, लोभ र मोह नै दुःखका मूल कारणहरु हुन् । वेदको ज्ञान छैन, ईश्वरप्रति कृतज्ञ भाव र ध्यान कत्ति पनि छैन । असल जीवन पद्धति सिकाउने वास्तुशास्त्र, योग–ध्यान, ज्योतिष तथा आयुर्वेद बारे बेखबर छन् । वेदको मर्म नबुझ्नु भनेको चन्दनको भारी बोकेको गधाले चन्दनको मूल्य थाहा नपाउनु जस्तै हो, भाइ । प्रकृतिको अथाहा भण्डारलाई नचिन्दा खेरी कुवेरले धनको पोको माथि बसेर भिख मागेको जस्तै स्थिति भएको छ, बत्ति मुनिको अध्यारो भएको छ, होइन त भाइ । यो स्वर्ग भूमि, तपोभूमि, बेदभूमि, गोरक्षराष्ट्र नेपाललाई नेपालीहरुले चिन्न नसक्नु नै दुःखको मूख्य कारण हो । चार धाम यहाँ छ तर अन्तै दगुर्छन । सबै ६४ वटै ज्योतिलिङ्गहरु (शिवलिङ्ग) गोरख अधिराज्य नेपालमा प्रकट भएका हुन तर लठूवाहरु विज्ञापनको भरमा अन्तै दगुर्छन् । दाह्री पालेका लट्टे जोगीहरुलाई ‘गुरु’ भन्दै लम्पसार पर्छन् । हिलो र चन्दन काँस र कुश छुटयाउन नसकेपछि दुःख त अवश्य पाइन्छ नि, होइन त भाइ । अनि फेरी, परायाले लेखिदिएको इतिहास घोकेका छन् । हाम्रो सनातन धर्म–संस्कृति र शिक्षालाई धमिलो पार्ने षडयन्त्रका साथ पश्चिमी देशका मान्छेहरुले छेपारो भेष बदलेको अत्तो पत्तो छैन । दाजुभाइमा फाटो ल्याएर बैरीहरुले राज गरेको हेक्का छैन । अनि पैसा, पद र वादमा नै लुटपुटिएपछि दुःख त पाउने नै भए नि होइन र ?

श्रेष्ठमुनि (२) किन मानिसहरुले हजुरको सहजै दर्शन पाउन सक्दैनन् ?

वाबा गोरक्षनाथ : पहिला कुरा त, अहिलेका मान्छेहरु दाह्री पालेका,े लट्टा फिजाएको, कमण्डलु बोकेको, रुद्राक्षको माला र निधारमा खरानी घसेको त्रिशुल बोकेको शिवजी खोज्छन् । म मा त्यस्तो छैन, बिचराहरु नराम्ररी झुक्किन्छन् क्या (हाँस्दै) अनि गपुचुप बस्दा खेरि दैविक कार्यमा बाधा पनि पर्दैन । अर्काे कुरा, अहिलेका मानिसहरुमा देवत्व छँदैछन् । जप तप र ध्यान छैन, वैदिक शास्त्रको ज्ञान छैन । शरीर शुद्ध नभई मन÷चित्त शुद्ध हँुदैन र चित्त शुद्ध नभई आत्मा शुद्ध हँुदैन । कर्म र आत्मा शुद्ध नभईकन दिव्य महापुरुषहरुको दर्शन पाइँदैन नि त । अन्धाधुन्धा पुजेर बस्छन मान्छेहरु । पुज्ने होइ, पहिला बुझ न भन्छु । यो रहस्यमयी शरीर, हिमालयको उर्जा, नवग्रहहरुको चाल र थोरै भए पनि वेदको कुरा बुझ भन्छु सबैलाई । सत्कर्म गर, स्वधर्म चिन । अनि मात्र तन, मन, धन शुद्ध हुन्छ । त्यसपछि ऐश्वर्य र महिमा ब्रिद्दि हुन्छ नभए त जीवन ब्यर्थ हुन्छ नि । खाली इन्द्रिय सुख भोगमा लागि परेका छन् पश्चिमी देशको नक्कल गरेका छन् । अनि कहाँ हुन्छ त पश्चिमी देश भनेको कुकर्मको भोग भूमि हो । दुई दिनको झिलीमिलीले कहाँ मनमा शान्ति मिल्छ र त्यहि भएर त म्लेप्छेहरु छटपटिदै नेपाल आउँछन् नि । नेपाल भनेको कर्म भूमि हो, जुनीजुनीको तपस्याले मात्र नेपाल जन्म हुन्छ । यो हाम्रो भेट पनि पूर्व जन्मको पुण्यकर्मको फल हो नि भाई घर बनाउनु अघि नै घरको नक्शा बने जस्तो, प्रारब्ध पहिले रचिन्छ अनि मात्र शरीर दिव्य कर्म गर्नको खातिर यो पुण्य भूमिमा जन्म लिएका हौ, यसरी गोरख भक्तहरु भेट भएका हौ क्या । बिस्तारै बुझ्दै जानु हुन्छ नि है भाइ ।

श्रेष्ठ मुनि (३) उसो भए के गर्दा शरीर, मन र आत्मा शुद्ध हुन्छ त प्रभु ?

वाबा गोरखनाथः सबभन्दा पहिला शाकाहारी भोजन गर्नुपर्दछ । सात्विक भोजनले शरीर शुद्ध हुन्छ । योगाभ्यास र प्राणायामले शरीर तथा प्राण तत्व शुद्ध हुन्छ । सत्कर्म र ध्यानले मन शुद्ध हुन्छ । पुण्यदानले धन शुद्ध हुन्छ तर कुपात्रलाई दिएको धन÷दानले भने उल्टै पोल्दछ नि । त्यसैगरी भक्तिले भावना शुद्ध हुन्छ र समर्पणले प्रेम शुद्ध हुन्छ । यी कुराहरु शुद्ध भएपछि मात्र नर–नारीले युक्त मानिस नरनारायण तर्फ उन्मुख हुन्छ । नत्र भने नरपशु समान हुन्छ क्या । योग–ध्यानको कुरा गर्ने हो भने ब्रहामूर्तमा उठेर नियमित प्राणायाम गर्नाले नाडीसोधन हुन्छ, प्राण उर्जा सक्रिय हुन्छ । त्यसपछि नवद्धार र नवचक्रहरु खुल्दछन् । नवचक्रहरु जागृत हुनु भनेकै आत्मा तत्व शुद्ध हुनु हो – आत्मा साक्षात्कार हुनु हो ।

श्रेष्ठमुनि (३) ब्रहा ज्ञान भनेको के हो नि ? हजुर ।

वाबा गोरक्षनाथ ः हेर्नु र देख्नुमा ठूलो फरक छ । दुई आँखाले नजर लाउनु हेर्नु हो भने हेरेको वस्तु मस्तिष्कको पर्दामा परावर्तित हुनु चाहिँ देख्नु हो । त्यसैले कुनै वेला धुइधुइती खोज्छन् तर देखेका हँुदैनन् । त्यस्तै, माया र प्रेममा पनि आकाश जमिनको भिन्नता छ । स्वार्थ र मोह युक्त सम्बन्ध माया हो भने निस्वार्थ अनि समर्पण भाव चाँहि प्रेम हो । ठिक त्यसै गरी, बुद्धि र ज्ञानमा फरक पक्कै छ । भौतिक पाटोको सीपमुलक जानकारीलाई बुद्धि भनिन्छ । यसमा छटटुपन बढी हुन्छ । यसलाई पराविद्या भनिन्छ । हिजो आजको विद्यालयमा पढाइने सबै कुरा बुद्धि तथा पराविद्या हुन् भने पूर्णतया अध्यात्मिक चेतना जागृत गराउने कुरा चाँहि ज्ञान हो । ईश्वर, प्रकृति, जीवन र जगत बुझाउने कुरा चाही ज्ञान हो भने ज्ञान, विज्ञान र प्रज्ञान बुझाउने कुरा चाहिँ वेद हो । वेदलाई जानेको मान्छेलाई बिध्वान भनिन्छ । पानी भित्र आगो छ र त्यसबाट बिजुली निकाल्न सकिन्छ । भन्ने व्यक्ति चाहिँ बैज्ञानिक कहलिन्छ । काँस र कुश छुटयाउन सक्नेलाई ज्ञानी भनिन्छ । दुध भित्र तर छ उक्त तरलाई यसरी निकाल्न सकिन्छ भन्ने व्यक्ति चाहिँ ब्रहम ज्ञानी कहलिन्छ ।

कर्मको नियम तथा प्रकृतिको नियम बुझेको मान्छे ज्ञानी हो र आफुलाई जीवित राख्ने त्यो अलौकिक उर्जा थाहा पाउनु नै आत्मा ज्ञान हो त्रिदोष कफ(पित्त) बाथ दोष सन्तुलन भएमा स्वस्थ भईन्छ, त्रिगुण सत (रज गुण) सन्तुलन भएमा मनमा शान्ति मिल्छ र निलो, रातो, घ्यु रङगको प्रकाश सम भएमा आनन्द प्राप्ति हुन्छ भन्ने कुरा बुझेको मान्छे नै सर्ब ज्ञानी हो । पश्चतापको अर्काे नाउ बुद्ध हो, कृष्ण निर्मल भावको प्रतिक हुन भने शास्वत प्रेमको प्रतिकको नाउ नै राम हो भने कुरा बुझेको मान्छे महाज्ञानी हो । उसले प्रकृति, जीवजीवात्मा, ब्रहमाण्डको सृष्टि र परमेश्वरलाई राम्ररी चिनेको हुन्छ ।

घैँटो देखेपछि पक्कै कतै कुम्हाले छ भने सोच्नु ज्ञान हो । किनभने कुम्हाले र माटो बिना त घैँटो बन्न सक्दैन । ठिक त्यसैगरी यो शरीर, मन र आत्मा मिश्रित रहस्यमयी जीवन दिने सृष्टिकर्ता ईश्वर हुनुहुन्छ र पञ्चप्रकृति, मन, बृद्धि, चित्त, अहंकारद्धारा म निर्मित भएको हुँ भन्ने कुरा महसुस गर्नेलाई ब्रहन ज्ञानी भनिन्छ । बेटरीले घाडि चलाए जस्तै म पनि कुनै अदृश्य ईश्वरीय उर्जाले संचालित छु भन्ने कुरा महसुुस गर्नु नै अध्यात्म अर्थात आत्माज्ञान हो । जीवन र जगतलाई यथार्त रुपमा बुझ्न खोज्ने तथा वेदलाई गहिराइमा मनन गर्ने मान्छे नै पछि गएर ब्रहमा ज्ञानी बन्न सक्दछ । जे होस धर्म–कर्मको नियम, जीवन–आत्मा–परमात्मा, पुर्नजन्म, म को हुँ र जीवनको उद्देश्य, परम कर्तव्य (धर्म) आफैँले थाहा पाउनु नै ब्रहा ज्ञान हो ।

श्रेष्ठमुनि (४) के स्वर्ग भन्ने ठाँउ छ ? छ भने कहाँ छ ?

वाबा गोरक्षनाथ : मृत्यृ पछिको स्वर्ग र नरकको कुरा चाहिँ पछि गरौँला भाइ, किनकि स्वर्ग देख्नको लागि पहिला मर्नुपर्छ तर कोहि पनि मान्छे मर्नको लागि तयार हुदैनन्–कि कसो ? (हाँस्दै…..!) वास्तवमा, स्वर्ग र नरक यही छ । जुन घरमा शंङकालु, इष्र्यालु, घमण्डी, कुरुप, वाइफाले, चरित्र भ्रष्ट, अज्ञानी नारी हुन्छे–त्यो घर नरक तुल्य हुन्छ । जुन घरमा जुवातास खेल्ने, रण्डीबाजी गर्ने, मासु चिथोर्ने र रक्सी धोक्ने असन्तोषी लोग्ने छ, त्यहि हो नरक । त्यस्तै, जुन घरमा छोराछोरीहरु मतिभ्रष्ट छन, कुलतमा फसेका छन् संस्कार नै थाहा छैन, अति नै अटेरी छन भने पनि नरक तुल्य हुन्छ त्यो घर । मतिभ्रष्ट ब्राहमण, अनुशासनहिन शिक्षक र भ्रष्ट सोच–आचार भएको नेता र नैतिकहीन जनता भएको ठाँउ पनि ठयाक्कै नरक तुल्य हुन्छ ।

जुन घरमा परिवारजनहरुले वेदको मर्म बुझेका छन् । संस्कार सिकेका छन, पञ्चशील÷ब्रहमचको पालना गरेका छन् भने त्यो घरमा सधै हर्ष र उमंग छाउछ । उनीहरुले सफलता पाउँदछन, उनीहरुमा सधै आत्मासन्तृष्टि हुन्छ । उनीहरु ईश्वर प्रति सदैव कृतज्ञ हुन्छन् । त्यस्तो घरमा स्वर्ग आफै तल ओर्लिएर आउछ क्या, कुरो बुझ्नु भयो त भाइ ? उनीहरुले उम्रनु, फुल्नु, फल्नु, ओइलिनु र झर्नुलाई प्रकृति भनिन्छ भन्ने कुरा राम्ररी बुझेका हुन्छन् । जन्मनु–मर्नु, पाउनु–गुमाउनु, आँसु–हाँसो, मिलन–बिछोडको रमाइलो श्रृखला नै जीवन हो भन्ने कुरा थाहा हुन्छ उनीहरुलाई र कतिपनि बिचलित हुदैनन् । “हसी बा खेली बा रङ मस्त होइ बा” भन्दै जीवनका हर क्षणहरुलाई आनन्दित बनाउँन्दछन् । जहाँ बस्यो त्यहि स्वर्ग बनाउँदछन् । अनि, ज्युदो छदाखेरीको स्वर्ग खोज्नु हुन्छ भने चाहिँ गोरख अधिराज्य नेपालको हिमवत खण्ड नै यो धर्तीको स्वर्ग हो । बिडम्बना ! कलि व्याप्त भएकाले नर–नारीहरु नरपशु बनेका छन् । मन्दिरहरुमा पनि देवीदेवताको बास छैन् । पाखण्डी र हुडारहरुको हुल छ नरक जति कै बेहाल छ ।

श्रेष्ठमुनि –(५) के कर्मको फल हामी अर्काे जुनीमा भोग्छौ ? अनि ८४ लाख योनीमा भड्किराख्छौ र ?

वाबा गोरक्षनाथ ः मान्छेको एउटै धर्म हुन्छ मानव धर्म । जात पनि मानव र योनी पनि मानव योनी बाटै जन्मन्छ । ४८ लाख पशु जीवात्मामा हाम्रो आत्मा जाँदैन । यो कथित भ्रम मात्र हो । मान्छे फेरी पनि मान्छे कै जुनी लिएर जन्मन्छ बरु उसको कर्म अनुसार सुङ्गुर र बोका, गधाको स्वभाव चाहि हुन्छ । तर मान्छे कदापि पनि सुङगुर–बोका, गधा बन्दैन । के तपाईले च्याउ फुलेर स्याँउ बनेको देख्नु भएको छ र ? त्यसैले मानिसको वंशअणु ९म्ल्ब्० बाट मान्छे नै बन्ने हो ।

अर्काे कुरा, “कर्मण्येवा धिकारस्ते मा फलेषु कदाचन” अर्थात, कर्म गर्नु तर फलको आशा नगर्नु किनभने कर्मको फल हाम्रो अधिनमा हँुदैन । सुन्तला रोपेर १ हप्ता पछि नै सुन्तला खोजेर कहाँ पाईन्छ र ? यसको पनि प्रकृति र कर्मको नियम हुन्छ । जस्तो रोप्यो उस्तै फल्छ, जति कर्म उती नै फल । अनि, फेरी कर्म र भाग्य भिन्न कुरा भने होइनन् । सुन्तला रोप्नु कर्म हो भने फलेको सुन्तला खानु–खान पाउनु चाहिँ भाग्य हो । जन्म जन्मको संचित कर्म भोगी राखेका हुन्छौँ हामी । पूर्व जन्मको जस्तो कमाई छ त्यही नै भोग्ने हो अहिले । बटुकोको कमाइ गर्ने अनि घ्याम्पो भरी खोजेर कहाँ पाइन्छ र ? सिउडि रोप्ने अनि सूर्यमुखी खोजेर कहाँ हुन्छ, कि कसो ?

पञ्चशील पालना तथा ब्रहमाचर्यको पालनाले सत्कर्म गराउँदछ । संञ्चित कर्मले वेद स्वध्याय गराउँदछ र वेद स्वध्यायले कर्म शुद्धीकरण हुदै जान्छ । कर्म शुद्धीकरण गर्ने पहिलो खुडकिलो भनेको शाकाहारी जीवन शैली हो किनभने हामी जे खान्छौँ त्यही बन्दछौँ । जस्तो आहार उस्तै बिचार हुन्छ । तामसी भोजनले यहि शरिर कब्रस्थान बन्छ भने सात्विक भोजनले यहि शरिर मनमन्दिर बन्छ । सात्विक भोजनले सात्विक सोच जन्माउँदछ फस्वरुप सत्कर्म गराउँछ । तामसी भोजनले राक्षसी सोच र कुकर्म गराउँदछ । वास्तबमा, सुख र दुःख भनेकै आफँैले गरेको कर्मको फल हो । झन यो व्याप्त कलिमा त यही जुनीमा कर्मको फल मिल्छ । मृत्यृ पछि सँगै जाने मात्र दुइओटा कुरा, स्वधर्म र सत्कर्मले मात्र सपना पूरा हुन्छ ।

श्रेष्ठमुनि (६) योग भन्या के हो र ध्यान कसरी गरिन्छ, नि हजुर यसो बुझाई दिनुस् न । वाबा गोरक्षनाथ ः प्रकृति तथा ब्रहमान्दीय उर्जासँग लयबद्ध हुनु योग हो । शरीर(मन र आत्मा बिच सन्तुलन कायम राख्नु नै योग हो । सत्कर्म गर्नु, स्वधर्म बुझ्नु, सत्कर्म गर्नु, स्वधर्म बुझ्नु, वेदको मर्म बुझ्नु र असल जीवन पद्दति बुझ्नु नै योग हो । योगस् चित्त वृत्ति निरोधस् अर्थात् बुझ्ने भाषामा भन्नु पर्दा, बादरको जस्तो चंचल मनलाई योगस् चित्तवृत्ति निरोधस् अर्थात् बुझ्ने भाषामा भन्नु पर्दा, बाँदरको जस्तो चंचल मनलाई शान्त पार्नु योग हो । कुरो बुझ्नु भयो त, भाई पंचशिलको पालन भएन भने, धर्म र कर्म शुद्धिकरण भएन भने योग हुने पाउँदैन त्यहाँ वियोग हुन्छ । शाकाहारी भोजन, कृतज्ञ भाव र सत्कर्म नै योगका तिन खुड्किलाहरु हुन् । हिजोआज योग भन्दै बिरालोले खुट्टा तिनिक्क तन्काए जस्तो गर्छन नि, यो चाहिँ कसरत हो पूर्णयोग होइन । आँखा चिम्लिदैमा ध्यान हुँदैन । त्यसो त झोव्रmाएको मान्छेलाई पनि ध्यानी भने भैहाल्यो त । पूर्ण योग हुनलाई पुरै अष्टअङग यम, नियम। आसन, प्रणायाम, प्रत्यहार, प्रंत्यहार, धारणा, ध्यान र समाधिका चरणहरु पार हुनुपर्छ ।

ध्यान भनेको आफुले आफैलाई पढनु हो, चिन्न खोज्नु हो । मान्छेहरुले हजारौ किताब पढेका छन् तर आयोगस् चित्त वृत्ति निरोधस् अर्थात् बुझ्नु भाषामा भन्नु पर्दा, बादँरको जस्तो चंचल मनलाई शान्त पार्नु योग हो । कुरो बुझ्नु भयो त, भाइ रु पंचशिलको पालन भएन भने, धर्म र कर्म शुद्धिकरण भएन भने योग हुने पाउदैन त्यहाँ वियोग हुन्छ । शाकाहारी भोजन, कृतज्ञ भाव र सत्कर्म नै योगका तिन खुड्किला हुन् । हिजोआज योगा भन्दै बिरालोले खुट्टा तिनिक्क तन्काए जस्तो गर्छन नि, त्यो चाहिँ कसरत हो । पूर्ण योग होइन । आँखा चिम्लिदैमा ध्यान हुँदैन । त्यसो त झोव्रmाएको मान्छेलाई पनि ध्यानी भने भैहाल्यो त । पूर्ण योग हुनलाई पुरै अष्टअङग यम, नियम, आसन, प्रणायाम, प्रत्यहार, धारणा, ध्यान र समाधिका चरणहरु पार हुनै पर्छ ।

ध्यान भनेको आफुले आफैलाई पढनु, चित्र खोज्नु हो । मान्छेहरुले हजारौ किताब पढेको किताब पढेको छन् तर आफ्नै जीवनको किताब पढेका छैनन् । संसार डुल्छन् तर आफु भित्र डुलेकै छैनन् । जब सम्म यो रहस्यमयी शरीर के ले चलेको छ त भने कुरा थाहा हुदैन, तबसम्म अन्य जानेका कुराहरु सबै सबै ब्यर्थ हुन्छन् । आफुले आफुैलाई चिन्दै नचिनी मर्नु चाहिँ धिक्कार कै जुनी हुन्छ, क्या भाइ । मानिसहरु स्वस्थ रहुन, सुखी रहुन भनेर मैले नै त्रेतायुगमा हठयोग सिकाएको थिए, द्वापरयुगमा योगी पातान्जलीले योगशुत्र दिनुभएको थियो । योग ध्यानले मज्जाले हास्ने, नाच्ने र बाच्ने सिकाउछ । मान्छेहरुले ऋषिमुनीहरुको अमुल्उ ज्ञानलाई नबुझेपछि जीवनमा छटपटाहट त हुने नै भयो नि । अब संसारका मान्छेहरु योग ध्यान भन्दै नेपाल भूमिमा आईरो लाग्नेछन् । सबैलाई शान्ति चाहिएको छ र शान्ति भन्ने चिज चाहिँ योग ध्यानबाट मात्र सम्भव हुन्छ नि, त्यो पनि नेपाल भूमिमा मात्र ।

श्रेष्ठमुनि (७) मुक्ति कसरी मिल्छ, मोक्ष भनेको के हो प्रभु ?

वाबा गोरक्षनाथ : मुक्ति र मोक्ष पर्यायवाची शब्दहरु हुन् बाबु । डर–भय, रिस राग, क्रोध–घमण्ड, माया–मोहबाट मुक्त हुनुलाई नै मुक्ति अथवा वास्तविक मोक्ष भनिन्छ किनभने यी कुराहरुबाट मुक्त नभए सम्म आनन्दको अनुभूति नै हँुदैन । अर्काे चाहिँ, धर्म र कर्म शुद्धीकरण पछि जन्म–मरणको भवचक्र पार गर्नु आध्यात्मिक पाटोको मुक्ति चाहि मोक्ष हो । मान्छेको स्वधर्म भनेको चाहिँ प्रकृति र वेदको रक्षा गर्नु हो प्रेम र करुणा बाड्नु हो । ऋषि ऋण, देवऋण र पितृ ऋण (पितृहरुको उद्धार गर्नु) तिर्नु हो । पञ्चशील पालना गरेर स्वधर्म मात्र बुझे पनि मुक्ति मिल्छ ।

यही कुरो नबुझेर र कर्म शुद्धीकरण नभएर मानिसहरु अनेक झमेलामा फसेका छन । सबैजना लुट्न र थुपार्नमा मात्र व्यस्त हुन्छन् । मर्दा खेरी रित्तो हात जाने हो । भोटोमा र कात्रोमा गोजी हँुदैन भन्नेकुरा थाहा हँुदा हँुदै पनि किन यति धेरै कुत–अकुत सम्पति जोडेको हुन, गजब छ बा । झन त्यो हवाईजहाजमा जस्तो प्रति व्यक्ति ३० के.जी सामान लान पाइन्छ मर्दाखेरी भन्ने नियम भएको भए मानिसहरुले के के पो थुपार्थे कुन्नी ।

श्रेष्ठमुनि (८) वैदिक सनातन धर्म भनेको चाहि के हो नी, हजुर ?

वाबा गोरक्षनाथ ः वेदको अनुशरण गरेर हुर्किएको समाजलाई वैदिक भनिन्छ । सनातन भनेको आदिमकाल हो जसको इतिहास ठम्याउन नै गाह्रो हुन्छ । मानव सभ्यताकै आरम्भ काल भनेर चाहिँ भन्न सक्छौ हामी । अनि धर्म भनेको “धर्म धारयते इति धर्म” अर्थात कुनै पनि व्यक्ति वा बस्तुको प्राकृतिक गुण÷स्वभाव हो । जस्तो कि आगोको धर्म उज्यालो दिनु÷पोल्नु हो । पानीको धर्म शितलता दिनु प्यास मेटाउनु हो । पानी पिएर पनि शितलता मिल्दैन, प्यास मेटिदैन भने त्यो पानी नै होइन । त्यस्तै खुर्सानीको धर्म (गुण) पिरो हुनु हो भने सेनाको धर्म राष्ट्ररक्षा गर्नु हो । त्यसैगरी, मान्छेको स्वधर्म भनेको चाहिँ प्रकृति र वेदको रक्षा गर्नु हो प्रेम र करुणा बाड्नु हो । ऋषि ऋण, देवऋण र पितृ ऋण (पितृहरुको उद्धार गर्नु) तिर्नु हो ।

दमौलीमा जन्मनु भएका कृष्ण द्धापायन (महर्षि वेद व्यास) ले ४ वेद १८ पुराणको रचना गरिदिनु भयो । ४ वेद र १८ पुराण नै सबै साहित्य, दर्शन, वैज्ञानिक आविष्कार र सबै धार्मिक सम्प्रदायहरुको मुल स्रोत हो । शिव र शक्तिको उपासना गर्ने, बावा गोरखनाथको ध्यान गर्ने, अष्टचिरञ्जीवी र नागराजको अराधाना गर्नेहरु सबै वैदिक हुन् । पञ्चशील तथा ब्रहमाचर्यको पालना गर्नेहरु सबै वैदिक हुन् । योग–ध्यान, ज्योतिष, आयुर्वेद, वास्तुशास्त्र जस्ता वैदिक ज्ञान अनुशरण गर्नेहरु सबै वैदिक कहलिन्छन् । हिन्दु, बौद्ध, ईशाइ, इस्लाम, यहुदीहरु चाहिँ अस्ति भर्खर देखा परेका धार्मिक सम्प्रदाय मात्र हुन् । यिनीहरु धर्म होइनन् । बरु प्रकृति, प्राणी–जीव, मानव र वेदको रक्षा गर्नु, प्रेमभाव बुझ्नु चाहिँ यिनीहरुको पनि धर्म हो । देवताहरुले प्रकृति र वेदको रक्षा गर्दछन् भने राक्षसहरु नष्ट गर्न उद्धत हुन्छन् । त्यसैले वेदको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो किनभने संस्कृति हराए संस्कार हराउँदछ, वैदिक हाम्रो संस्कार हरायो भने मानव सभ्यता नै संकटमा पर्दछ । अहिले भएको नै त्यही हो । त्यसैले त अहिले संसारभरका मानिसहरु ज्ञानको खोजिमा व्याकुल भएर नेपाल धाउँदैछन् । विश्वको राजमुकुट गोरख अधिराज्य नेपाल, सबै धार्मिक सम्प्रदायहरुको सुन्दर फूलबारी र अन्तिम गन्तव्य स्थल हो ।

श्रेष्ठमुनि –९) म को हुँ र जीवनको उद्देश्य के होला ? भनेर सधै धोत्लिरहन्छु । यसो बुझाइदिनुहोस् न प्रभु ।

वाबा गोरक्षनाथ : हामी ईश्वरको सुन्दर सृष्टि र वृष्टि हौ । ब्रहम चेतन परम् ज्योतिको सूक्ष्म अंश आत्मा हौ । यही आत्माले प्राण, मन र शरीरलाई संचालन गरिएराखेको छ । “धर्मार्थ काम मोक्षनाम शरीरम् साधनम् यत” अर्थात धर्म– अर्थ – काम – मोक्ष नै जीवनको उद्देश्य हो । वेद र प्रकृतिको रक्षा गर्नु, ऋषि ऋण–देव ऋण र पितृ ऋण चुक्ता गर्नु हाम्रो परम् कर्तव्य हो । जीवनमा हरेका कुराको सुक्ष्म अनुभव गर्नुपर्दछ तर त्यस्मा नै लिनु हुनु भने हुदैन । अनि, धर्म र कर्म शुद्धीकरण गरेर जन्म मरणको चक्र पार गर्ने कोसिस गर्नु नै जीवनको प्रमुख उद्देश्य हो । त्यही कार्य गर्नको लागि यो मृत्यृलोक (पृथ्वी) मा आएको हौं । यही सिलसिलामा अहिले हामी युग परिवर्तनको संघारमा छौ । कलियुगको विधिवत अन्त्य गरी त्रेतायुग (रामराज्य) स्थापना गर्नको लागि दिव्य शिव–गोरक्षधामहरु निमार्ण गर्नुपरेको हो । यी शिव–गारेक्षधामहरुको अलौकिक उर्जाले मानव चेतनामा शुद्धीकरण ल्याउदछ र शान्ति–सहिष्णुता स्थापना गर्दछ । यही दिव्य कर्म गर्नको लागि यसरी गोरख पुत्रहरु, गोरख भक्तहरु भेला भएका हाँै । यस्तो पुण्ड कार्य गर्न पाउँदा गर्व गर्नुपर्छ, हर्षित हुनुपर्छ है भाइ ।

श्रेष्ठमुनि ( १०) भगवान्–देवता–ईश्वरमा के फरक छ होला ? प्रभु वाबा गोरक्षनाथ ः प्राय जसो मानिसहरु भगवान–देवता र ईश्वरलाई उस्तै उस्तै पर्यायबाची शब्द भन्ने ठान्छन् तर यी तिनै शब्दहरु बिल्कुलै फरक कुराहरु हुन् । धन भएको मानिसलाई धनवान् र विद्या भएको मानिसलाई विद्यावान् भने जस्तै भग भएको मान्छ े(भग+वान) लाई भगवान भनिन्छ । भग भनेका पूर्ण ज्ञान, पूर्ण बल, पूर्ण धन, पूर्ण यश, पूर्ण सौन्दर्य, पूर्ण त्याग भन्ने बुझ्नु पर्दछ ।

ऐश्वर्यस्य समग्रस्य धर्मस्य यश स श्रिय :

ज्ञान वैराग्य, यो चैव शरणो भग इतिरणा ।।

अर्थात, सम्पूर्ण ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान र बैराग्य, यी छ ओटै गुणहरु भएको महापुरुषलाई÷दिव्य आत्मालाई ‘भगवान्’ भनिन्छ । भग धातुमा वान थपिए पछि ‘भगवान’ भएको हो । पञ्च तत्व प्रकृतिलाई पनि आफ्नो बसमा पार्न सक्ने महापुरुषहरु भगवान कहलिन्छन् । त्यसैगरी अन्याय अत्याचार, शोषण, भयबाट मुक्ति दिलाई दिने तथा ब्रहम ज्ञान सुनाउने दिव्य आत्मालाई ‘भगवान्’ भनिन्छ । भग = योनी बाट प्रकट, वेद व्यास, भगवान राम, कृष्ण र बुद्ध ‘भगवान्’ कहलिन्छन् । उहाँहरु युग परिवर्तन गर्न, वैदिक सनातन धर्मको रक्षा गरी पुनः विश्वमा शान्ति स्थापना गर्नको खातिर नारायण (विष्णु) को अवतारको रुपमा जन्म लिनुभएको थियो ।

देवताको शाब्दिक अर्थ हुन्छ जीवन दाता । नवग्रह र पञ्चप्रकृति तथा नागराज बिना हाम्रो जीवनको अस्तित्व सम्भव छैन । उहाँहरुको उर्जाले नै हामी जिवित भएको छाँै । त्यसैले, शनिदेव, बृहस्पति देव, शुक्र देवता, आदि भनेर हामी नवग्रहलाई पूजा गर्दछाँै । अग्निदेव, वरुणदेव, इन्द्रदेव, मारुतदेव, यमदेव भनेर पञ्च प्रकृतिलाई पूजा गर्दछाँै । त्यस्तै वायु शुद्ध गरिदिने अनि जल प्रकट गरिदिने भएकाले नागहरुलाई हामी नाग देवता भनेर पूजा गर्दछाँै ।

ईश्वर

ऋर्षि–महर्षिको सुक्ष्म अनुभव अनुसार ब्रहमसत्य, शाश्वत, अनन्त, सचितानन्द स्वरुपाय, परम् ज्योति तत्व नै ईश्वर हुनुहुन्छ । ब्रहम, प्रणब, सचितानन्द, परब्रहम, परमेश्वर, परमात्मा र ईश्वर भन्नु कुरो एउटै हो । ईश्वरमा माता पिता, देवी देउता, भगवान भन्ने रुप हुँदैन । निर्गुण, निराकार, निरञ्जन, सर्वव्यापी नै ईश्वरको गुण हो । कण कणमा ईश्वरको वास छ । ईश्वर सर्बत्र भएर पनि उहाँ भिन्न हुनुहुन्छ । महमा पनि ईश्वरीय तत्व छ तर मौरी चाहिँ ईश्वर होइन । सारा ब्रहमाण्ड, जीव–जगत र प्रकृतिका सृष्टिकर्ता तथा पालनकर्ता नै ईश्वर हुनुहुन्छ । बुझ्निे भाषामा, हामी सत्गुरु गोरक्षनाथ भन्दछौ ।

अफसोच ! माया÷रागको जालोको कारणले तथा ईश्वरीय तत्व अनुभूत गर्ने चक्रहरु बन्द भएको कारणले गर्दा हामी ईश्वर चिन्न÷जान्न सक्दैनौं । ब्रहमचेतन परम् ज्योति (ताप सहितको प्रकाश÷सेतो घ्यू रंग–रातो र निलो प्रकाश) नै ईश्वर हुनुहुन्छ । जुन उर्जाले सारा ब्रहमाण्ड, जगत जीव र प्रकृति सञ्चालित छ । उहाँको न त आदि न त अन्त्य नै छ । उहाँ परमात्माद्धारा नै हाम्रो आत्मा सञ्चालित छ । छोटकरीमा भन्नु पर्दा उहाँ, म भित्र हुनुहुन्छ त्यसैले त मेरो मुटुको धडकन चलेको छ,। श्वासप्रश्वास चलेको छ, म हाँसेको छु,, म बाँचेका छु । वहाँ सचितानन्द स्वरुपाय हुनहुन्छ ।

सत्=शाश्वत, न आदि न अन्त्य, अजन्मा

चित=चेतना, मन, ब्ुद्धि, अहंकार, विचारणा

आनन्द= डर, घृणा, भय, मोहलोभ मुक्त स्थिति

अतः ईश्वर तत्व सूक्ष्म अनुभव गर्ने कुरा हो । यो हाम्रो रहस्यमयी शरीर र सुन्दर जीवन प्रकृया नबुझिकन हामी ईश्वरलाई चिन्न सक्दैनौँ । मह भित्रको मिठास दुध भित्रको तर, फूल भित्रको सुवास र रङ नै ईश्वर हुनुहुन्छ । ध्वनिमा तरङ्ग ‘ऊँ’ स्वरुप हुनुहुन्छ ईश्वर ।

श्रेष्ठमुनि ( ११) शिव गोरक्षधाम नेपालमा नै किन निमार्ण गर्नु पर्छ नि, प्रभु ?

वाबा गोरक्षनाथ:

अस्त्युत्तरस्याम दिशी देवतात्मा हिमाल यो नाम नागधिराजः पुर्बापरौ तोयनिधी बिगाहयस्थितः प्रिथिव्या इव मानदण्डः अर्थात, उत्तर दिशामा अबस्थित हिमालय पर्वत शिव र शक्तिको निवास स्थान हो, त्यहाँ देवताहरुको बास छ र नागराजा पनि विराजमान हुनुहुन्छ । बैदिक सनातन धर्म तथा मानवहरुको उद्रमस्थल त्यो वेद भूमि, तपोभूमि र विश्वको राजमुकुट गोरक्षराष्ट्र नेपाललाई नमन गर्दछु । भनेर इन्डियन हिन्दु पुरोहितहरुले यज्ञ होम गर्नु अघि नै यो मन्त्र जप्छन् । यहि मन्त्रोचारणबाट नै कुमार महात्मय आरम्भ हुन्छ । बिडम्बना, स्वाठ नेपालीहरुले नेपाल चिनेन् । कस्तुरीले आफ्नै नाभीको सुगन्ध थाहा नपाएर दगुरे जस्तै भयो, बिदेशीहरुले लेखिदिएको इतिहासको भरमा, लट्टे जोगीहरुको लहैलहैमा लागेर निर्दाेष नेपालीहरु भौतारि राखेको छन् । नरमाइलो लाग्छ ।

महत्वपूर्ण कुरा, कृष्ण सागरबाट ९ र ९ कि.मी को दुरीमा निलो, रातो र घ्यू रङगको ताप सहितको प्रकाश नागबेली पर्दै सुर्यमा समाहित हुन्छ । यहि ताप सहितको प्रकाश उर्जालाई ब्रहाचेतन भन्दछौ । यहि ब्रहाचेतन उर्जाको मुस्लो पबित्र कैलाशमा आएर ठोकिन्छ जहाँबाट सृष्टीको सुरुवात हुन्छ । दिव्य कैलाशको अलौकिक उर्जाले नै हाम्रो पृथ्वी २४ डिग्री कोणमा ढल्किएको हो । उत्तरी ध्रुब देखि कैलाश सम्मको दुरी ६६६६ कि.मी छ र दक्षिणी ध्रुब देखि कैलाश सम्मको दुरी ६६६६ कि.मि. को दोब्बर छ । यहि बाट ४ वटा गंगा बगेकी छिन । त्यसो त, हिमालयबाट बग्ने हरेक नदीहरु गंगा हुन् जसले सम्पूर्ण प्राणीहरुलाई जीवन दिएकी छिन् । हेर्नुस श्रेष्ठ भाई, हिमवत खण्डको महिमा कहिनसक्नु छ । ६४ वटै ज्योतिर्लिङ्गहरु यहि पवित्र भूमिमा प्रकट भएका हुन् । त्रिशुलीको बेनिघाट .(उत्तर गया) मा शब्द सृष्टी भयो । भकुण्डेबेसी काभ्रे (कोशी) मा ऊँ उर्जा प्रकट भयो । रुद्राक्षभूमि भोजपुरमा सृष्टीको पहिलो फल रुद्राक्ष प्रकट भयो । त्यसैले सिद्धिपुर भोजपुर जाने प्रवेशद्धारा भएकोले बराहक्षेत्र चतरालाई हरिद्वार भनिएको हो । समुन्द्र मन्थन भएको ठाउँ यहि सोलुखुम्बुको दुधपोखरी हो । त्यसैगरी, दमौलीको दोभान(प्रयोग) मा बसेर महर्षि वेद व्यासले ४ वेद १८ पुराणको रचना गर्नुभयो । ऋषिमुनिहरुको तपोभूमि उत्तराखण्ड भनेकै हालको गण्डकी र धौलागिरी जिल्ला हो । मन्त्रहरुको पनि मन्त्र चाहिँ ऊँ नम शिव शिवाय हो । त्यसपछि गायत्री मन्त्र र महामृत्यृन्जय मन्त्र हुन् । ऊँ नम शिव(शिवाय मन्त्रको सुरुवात मण्डनपुर काभ्रेबाट भयो । महर्षि वशिष्ठले देवघाट (प्रयोग) मा बसेर महामृत्यृन्जय मन्त्रको रचना गर्नु भएको थियो । यस्तो दिव्य भूमिलाई नेपालीहरुले नचिनेको कारणले नै नेपालीहरुले दुख भोग्नु परेको हो क्या । बिशाल नेपालको कुरा छोडौ, अहिलेकै नेपाल भित्र वृन्दाबन छ, अयोध्यापुरी, ऋषिकेश, बनारस पर्छ तर के गर्नु र ? भाई विज्ञापनको भरमा अन्यन्त्र दगुर्छन धुर्मुस नेपालीहरु । धर्मको नाउँमा व्यापार भयो ।

मा बसेर महर्षि वेद व्यासले ४ वेद ४ १८ पुराणको रचना गर्नुभयो । ऋषिमुनिहरुको तपोभूाि उत्तराखण्ड भनेकै हालको गण्डकी र धौलागिरी जिल्ला हो । मन्त्रहरुको पनि मन्त्र चाहिँ ऊँ नम शिव(शिवाय) हो । त्यसपछि गायत्री मन्त्र र महामृत्यृन्जय मन्त्र हुन् । ऊँ नम शिव(शिवाय मन्त्रको सुरुवात मण्डनपुर काभ्रेबाट भयो । महर्षि विश्रामित्रले कुशेश्वर धाममा गायत्री मन्त्रको रचना गर्नु भएको थियो । भने महर्षि वशिष्ठले देवघाट (प्रयोग) मा बसेर महामृत्यृन्जय मन्त्रको रचना गर्नु भएको थियो । यस्तो दिव्य भूमिलाई नेपालीहरुले नचिनेको कारणले नै नेपालीहरुले दुख भोग्नु परेको हो क्या । बिशाल नेपालको कुरा छोडौ, अहिलेकै नेपाल भित्र वृन्दाबन छ, अयोध्यापुरी,ऋषिकेश, बनारस पर्छ तर के गर्नु र ? भाई बिज्ञापनको भरमा अन्यन्त दगुर्छन धुर्मुस नेपालीहरु ध्र्मको नाउँमा व्यापार भयो । गेरु …धारी ब्वासाहरुलाई निर्दोष नेपालीहरुले चिन्ने सकेनन । तपाईको काम चाहिँ नेपालीहरुलाई नेपाल चिनाउने हो नि मनमा गुनी राख्नुस है ।

अब कुरा गरौ शिव गोरक्षधामको । जसरी मुहा सफा नगरी धारमा सफा पानी शान्ति नछाई विश्व शान्ति सम्भव छैन । त्यसैले चेतनाको शुद्विकरण गरि विश्वमा शान्ति स्थापना गर्ने हेतुले शिव(गोरक्षधाम निमार्ण अपरिहार्य भएको हो । सौर्य उर्जा शुद्विकरणको लागि नेपालथोक कुशेश्वरमा, वायु उर्जा शुद्विकरणको लागि शिखरकोट पालुङ्गमा र धर्ति उर्जा शुद्विकरणको लागि धुनिबेसी धार्केमा शिव गोरक्षधाम निमार्ण गरेका हौ ।

यी ३ ओटा दिव्य मन्दिरहरुबाट ३६९ (३ धर्ति उर्जा, ६ वायु उर्जा र ९ सौर्य उर्जा) ब्रहाण्डिय उर्जा प्रबाह हुन्छ । त्यसैगरी अर्धनारेश्वर(शिव शिवा) शक्तिपीठ मण्डनपुर काभ्रेमा र ऊँ उर्जा सञ्चय गर्न भकुण्डेबेसी काभ्रेमा पनि दिव्य मन्दिरहरु निमार्ण गयौ । गोरक्षभूमि गोरखामा राजशक्ति पिठ र रुद्राभूमि भोजपुरमा प्राण उर्जा सञ्चय गर्न भकुण्डेबेसी काभ्र्ेमा पनि दिब्य मन्दिरहरु निमार्ण गर्यो । गोरक्षभूमि गोरखामा राज शक्ति पिठ र रुद्राक्षभूमि भोजपुरमा प्राण उर्जा सञ्चय गर्नको खातिर शिव गोरक्षधमहरु निर्माणधीन छन् । त्रेतायुगको आगमन स्वरुप तथा चक्रवर्ताे राजाको अभ्युदयको प्रतिक स्वरुप यी सबै मन्दिरहरुमा सूर्य–तारा–चन्द्र अंकित झण्डाहरु फर्फराउँदैछन् ।

श्रेष्ठमुनि (१२) युग परिवर्तन भनेको चाहिँ के हो नि प्रभु ?

वाबा गोरक्षनाथ ः युग परिवर्तन हुनु भनेको चेतनामा परिवर्तन हुनु हो । प्रकृति, वातावरण र समयमा परिर्वतन हुनु हो । विक्रम संवत् २०७७ सालको मङसिर उत्पति एकादशीका दिनदेखि विधिवत रुपमा कलियुगको अन्त्य भई त्रेतायुग रामराज्यमा प्रवेश गरेका छौँ । त्रेतायुग आगमनको प्रतीक स्वरुप प्रथम ज्योतिर्लिङ्ग प्रकट भएको पबित्र स्थान कुशेश्वरमा शिव–गोरक्षधाम निमार्ण गरिएको हो । यस दिव्य कार्यको लागि पत्रं पुष्पं फलं गरेर सबै गोरखभक्तहरुले साथ दिनुभएको छ तर यसको पूराका पूरा परिकल्पनाकार चाहिँ अनन्त प्रसाद खनालज्यू हुनुहुन्छ । वावा गोरखनाथको कल्कि अवतार छिट्टै नै पुण्य भुमी नेपालमा अवतरण हुने भएकोले उहाँको दिव्य उर्जा संग्रह गर्न तथा अग्नि–वायु र धर्ती उर्जा सञ्चालन गरी विश्वमा पुनः शान्ति स्थापना गर्नको खातिर यी शिखर शैलीका शिव–गोरक्षधामहरु निमार्ण गरिएका हुन् । “शिव ही गोरख – और गोरख ही शिव हे ” अर्थात् स्वयं शिवजीको मानव रुप नै वावा गोरखनाथ हुनुहुन्छ भन्ने कुरा बुझ्नुहोस । बिडम्बना ! वावा गोरखनाथको असिम कृपाबाट प्राप्त यो गोरक्ष राष्ट्रलाई चिन्ने नेपालीहरु नै छैनन् । प्रत्येक मुद्राहरुमा गो.र.ख.ना.थ अंकित छ तर पनि बेखबर छन् बिचराहरु । नेपाल भित्र नै नेपालीहरु खोज्नु परेको छ, हरे शिव अनि सत्य, त्रेता, द्धापर र कलियुग गरी युग चार वटा भनेर भनिएतापनि कार्यशैली र परिणामको हिसाबले युग ३ वटा मात्र हुन्छन् । सत्य चाहिँ सोच हो–ब्रहमचेतन तत्व हो । त्यसैले सत्ययुगलाई समय गणना भित्र राखिदैन । २,७०० वर्षको एक युग हुन्छ । जसरी सूर्य नारायण मेष राशीबाट अन्य राशीमा यात्रा गरी फेरि मेष राशीमा नै आउन ३५४ दिन लाग्छ र हामी एक वर्ष भन्दछौँ । ठिक त्यसैगरी सप्तऋर्षि तारामण्डलले २७ वटै नक्षेत्रका तारामण्डलहरुलाई चक्कर लगाउन २,७०० वर्ष लाग्दछ । यही समय कालखण्डलाई एकयुग भनिन्छ । यो चाहिँ विशुद्ध वैदिक ज्योतिष तथा गोरखनाथ पात्रो अनुसारको समय गणना हो ।

निकृष्ट सोच हुनु, हत्या, हिँसा, भ्रष्टआचारहरु मौलाउनु नै कलियुगको विशेषता हो किनभने कलियुगमा राक्षसी स्वभाव÷तामसी गुणले हावी भएको हुन्छ । जुन कुरा नै सबैले टुलुटुलु हरेर बसेका छन् । अब हामी त्रेता युग राम–राज्यमा प्रवेश गरेका छाँै । छिट्टै नै गोरख अधिराज्य नेपालमा सत्वगुणी सूर्यवंशी राजाको उदय हुँदैछ । वैदिक सनातन धर्मको रक्षा गर्दै समुन्नत–समृद्ध गोरख अधिराज्य नेपाल बनाउनु नै उसको परम् कर्तव्य हुने छ । ऊ नै यो त्रेतायुगको प्रतापी चक्रवर्ती राजा हुनेछ । अनि सुन्दर नेपालको परिकल्पना गर्ने तपाई जस्ता सबै देवत्वहरुले उसलाई साथ दिने छन् । यही दिव्य कार्य गर्नको खातिर नै हामीहरु यसरी भेला भएका हाँै क्या भाइ । त्यही युग परिवर्तन हुने क्रममा नै त हो नि धर्म युद्धहरु भइराखेको छन् । जलवायु परिवर्तन र मौसम परिवर्तन भइराखेको छ । पृथ्वीले पनि सन्तुलन कायम गर्नु छ, आस्तिकहरु जगाउनु छ । त्यसैले यसरी विश्व युद्ध भइराखेको छ नेपालमा पनि ‘धर्म रक्षती रक्षतः’ भन्दै सबै गोरख पुत्रहरु जागि सकेका छन् । विजयको शङ्ख उदघोष छिट्टै सुन्नुहुने छ ।

श्रेष्ठ मुनि (१३) पूजा कसरी गर्नुपर्छ, ? ता कि सहजै ईश्वरसँग साक्षात्कार पाउन सकियोस् ।

वाबा गोरक्षनाथ ः पहिलो कुरा त, परमात्माको दर्शनको लागि तपार्इँमा प्यास हुन जरुरी हुन्छ, समर्पण भाव अपरिहार्य हुन्छ । मन–वचन र कर्मको शुद्धीकरण नभई ईश्वर दर्शन मिल्दैन । त्यसैले, शाकाहारी बन्नुस, पञ्चशीलको पालना गर्नुहोस अनि भाव शुद्ध हुँदै जान्छ । फूल चढाउनलाई भँवराको जुठो हुन्छ, जल चढाउँदा पनि त माछाको जुठो हुन्छ । त्यसैले नतमस्तक भएर मन नै चढाउनुपर्छ । आ–आफ्नो इष्ट देवहरुको पूजा गर्नुभन्दा पहिला मयूर वाहन कुमार गणेश, शिव–शक्ति (सतीदेवी), नागराज, अष्टचिरञ्जीवी, सप्तऋषि र पितृ कुलको पूजा अनिवार्य हुन्छ । दुनियाँलाई सुनाएर गरिएको दानको महत्व हुँदैन । दाहिने हातले दिएको कुरा देब्रो हातले पनि थाहा हुनु हुँदैन क्या । अनि कुपात्रलाई दिएको दानले आफैलाई पोल्दछ । त्यस्तै, पशु बलिले पनि मन पोल्दछ । किनभने, नैवेद्य, पूजा, समर्पण, उपहार अर्पण गर्नु भनेको नै बलि हो । छट्टुहरुले गलत अर्थ लगाएर पशु बलिको चलन चलाए – महापाप भयो । यज्ञ हवन कार्यले ऋषि र देवताहरुलाई बलियो बनाउँदछ भने पूजा विधिमा रक्सी, मासु–रगत चढाउदा राक्षसहरुलाई बल मिल्दछ कुरो बुझ्नु भयो त ?

छोटकरीमा, शरीर शुद्ध नभई मन शुद्ध हुदैन । मन शुद्ध नभई चित्त शुद्ध हँुदैन । चित्त शुद्ध नभई सन्तोष हुँदैन र शान्ति मिल्दैन । त्यसैले धर्म र कर्मको शुद्धीकरण अपरिहार्य हुन्छ । पहिलो खुडकिलो शाकाहारी भोजन, दोस्रो खुडकिलो पञ्चशील÷ब्रहमचर्यको पालना, तेश्रो खुड्किलो भनेको समर्पण भक्ति भाव नै हो । अनि मात्र सचितानन्द स्वरुपायको सूक्ष्म अनुभूति हुँदै जान्छ । भक्ति नै प्रसाद र ईश्वरीको द्धार पनि हो । खानामा भक्ति भयो भने प्रसाद हुन्छ । पानीमा भक्ति भयो भने त्यो गङ्गा जल हुन्छ र यात्रामा भक्ति भयो भने त्यो तीर्थ हुन्छ । सम्बन्धमा भक्ति भयो भने–स्नेह हुन्छ र समर्पणमा भक्ति भयो भने त्यो शाश्वत प्रेम हुन्छ । ईश्वरीय प्रेम जागृत भएपछी त ईश्वरको दर्शन भईहाल्छ नि ।

श्रेष्ठमुनि (१३) ए हजुर, भनेपछि हामीहरु भ्रममा नै पो बाचिराखेका रहेछौ नि, होइन त ?

वाबा गोरक्षनाथ ः हो त भाइ सबैजना भ्रममा छन् । प्याकेट बाहिर आपको राम्रो तस्बिर हेरेर चिनीपानी पिईराखेका छन् । हिमालको जडिबुटी चटक्क भुलेर पाश्चात्य डाक्डरी पिल्सको रोग निको हुन्छ भन्नु पनि भ्रम हो । नेपालको राजनीतिमा नेपाली राजनीनिज्ञहरु छन् भन्ने कुरा पनि भ्रम हो । नेपाल राष्ट्र कसको हो त भनि थाहा नपाउनु तथा सुर्यवंशी र चन्द्रवंशी राजा नचिन्नु पनि एक ठूलो भ्रम हो देवभाषामा सस्कृतिलाई भुलेर घाँटीमा दाम्लो जस्तो टाई बाधेर म्लेप्छे भाषा अंगे्रजी फलाक्नेहरु बिध्वान हुन् भने कुरा पनि भ्रम नै हो । खुट्टा तिनिक्क तनकाउदा योग र आँखा चिम्लिदा ध्यान भनेकुरा पनि भ्रम नै हो । झन् अध्यात्मका पाटो त डामाडोल छ भन्या । उही पाँच जना अन्धाहरुले छामेर हात्तीको आकार व्यक्त गरेजस्तो क्या । यहाँ त आँप नदेखेकाहरुले खुब आँपको बयान गरेका छन् । फेरी लामो दार्ही र खरानी घसेको देख्ने हुन्न नेपालीहरुलाई गुरु भन्दै लम्पसार पर्छन । गुरुको शाब्दिक अर्थ नै थाहा छैन बिचराहरुलाई । गुरु सूर्य चक्र र सोम चत्रल जागृत भएको तथा ब्रहाचेतन तत्वमा समाहित हुन् सक्ने दिव्यपुरुषलाई गुरु भनिन्छ । महर्षि विश्वामित्र वशिष्ठ, मृगृ जस्ता दिव्य पुरुषहरु चाँहि वास्तविक गुरु हुन् । कहिँ टपरे बाहुनहरुलाई गुरु भनेर हुन्छ भन्या यिनीहरुकै कुप्रचारले जात(भातको कुरा आयो । बास्तबमा जात ४ ओटा मात्र हुन्छन् । सृष्टीको आधारमा भन्ने हो भने पुरुष, नारी छक्का, हिचडा ४ ओटा जात छन् ।

र कर्मको आधारमा,चातुर्वण्र्य मया सृष्ट गुणकर्मविभाग अर्थात् ब्रहामण ज्ञान बाड्ने क्षेत्री राज्य रक्षा गर्ने, वैश्य व्यापार वाणिज्य गर्ने र शुद्र कर्मचारी, सेवा गर्ने श्रमिक वर्ग हुन्छन् । यी सबै आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण हुन्छन् । सानो ठूलो भन्ने भेदभाव नै हुन्दैन । तर तथा कथित पाखण्डी पण्डितहरुले जात, धर्म, बलि प्रथाको अपव्याख्या गरेर समाजमा रडाको मचाइदिए । वेदमा प्रस्टै छ त –जन्मना जायते शुद्र संकारात् द्विज् उच्यते । अनि कसरी उचो निचो भयो भन्नुस् त त्यस्तै पुरोहितले स्वधा अथवा नमो नमः भन्नु पर्नेमा स्वाहा कि स्वाहा भनेर भस्म खरानी बनायो भन्या । भगवान श्रीकृष्णले अहं व्रmतुरहं यज्ञ स्वधाहमौषधम् मन्त्रो महमेवाज्यम मग्रिरहं हुतम् भनेर गीतामा हे अर्जुन – यज्ञ औषधि, स्वधा अग्रि पनि मै हु भनेर भन्नु भाको छ त । मलामीहरुको अघि अघि बुर्कीसँग फ्याकिने पैसालाई टिला र पूजा यज्ञहरुमा बालिने अग्रिलाई स्वधा भनिन्छ । तर जलाउनु र बाल्नु, टिला र दक्षिण, स्वाहा र स्वधाको फरक थाहा नपाउने टपेर पण्डितहरुले शब्दहरुको अर्थ नबुझ्दा, गरेका हरेक धार्मिक कार्यहरु पनि निस्फल भएका हुन् । जुवा खेलेर सम्पत्ति स्वाहा बनाए जस्तो यज्ञ कर्म पनि स्वाहा बनाए । नमोनम भने पो उर्जा आउँछ, स्वाहा भने पछि त शक्ति क्षीण हुन्छ नि । त्यसैले अब भाइले गोरख पुराण नै लेख्नुस है । यस्ता भ्रमहरु चिर्न र कुसंस्कारहरु हटाउन अत्यावस्यक छ । अनि मत्र सुन्दर नेपालको परिकल्पना सम्भ हुन्छ । मखुला श्रेष्ठ भाई ।

श्रेष्ठमुनि (१४) हरे शिव ! हजुरको कुरा सुनेर नै क्या आनन्द आयो भन्या । पहिला नै किन भेट नभएको त ?

वाबा गोरक्षनाथ ः समय प्रबल छ भाइ । समय भन्दा अघि र भाग्यमा भन्दा बढी पाइँदैन । हरेक कुराको समय हुन्छ । जस्तो कि –पेटमा बच्चा बोकेको आइमाइले कन्दैमा बच्चा जन्मने होइन नि । समय आएपछि त आफसेआप प्रसब पीडा लाग्दछ र योनीद्धार खुल्दै जान्छ कि कसो ? अर्काे कुरा यो समयको खेल नै अदभूतको हुन्छ भन्या । घिनलाग्दो झुसिलकिरालाई सुन्दर पुतली बनाउने समय हो । महलमा ढलिमली गर्नेलाई झुपडीमा पछार्ने पनि समय नै हो । मुर्खलाई झापड हानेर ज्ञानी बनाउने पनि त समय (नवग्रह) को खेल हो नि । यही समयले हामीहरुलाई दिव्य कर्म गर्नको लागि भेट गरायो । पूर्वजन्ममा पनि त हामी सँग सँगै थियौँ, यस्तै शुभकार्यहरु गरेका थियाँै । यो कुरा चाहिँ बिस्तारै थाहा हुन्छ है ।

जे होस्, सबै गोरख भक्तहरुको साथ सहयोगले यी दिव्य शिव–गोरक्षधामहरु निमार्ण भए । हाम्रो सपनालाई आकार दियौ, सुन्दर मनहरु बटुलेर मन्दिर बनायौ । पूर्ण विजय भयो । युग परिवर्तनको प्रतीक स्वरुप दिव्य धामहरु बन्नु नै हाम्रो अहो भाग्य हो नि भाइ । यिनै दिव्य गोरक्षधामको उर्जाले चेतना शुद्धीकरण हुने छ र राष्ट्रप्रेमी नेपालीहरु जाग्ने छन् । नेपालमा समृद्धि र शान्तिको मुहार फेरिने छ । नेपालको गोरख मुद्रा नै विश्वभरको महङ्गो मुद्रा बन्ने छ । शान्ति र आनन्दको खोजिमा विश्वभरका मानिसहरु नेपालमा चमत्कार हेर्न ओइरिने छन् । गोरख अधिराज्य नेपाल देखेर न त मस्तक हुनेछन् । भकुण्डेबेसी काभ्रेमा अवस्थित गोरक्षधाम ओमकारेश्वर मन्दिरको उर्जाले ऐश्वर्यको ढोका खुल्यो । सबै कुरो २०८१ मा एक्कासी हुँदै जाने छ– क्या भाइ ।

गोरख अधिराज्य भनेको यो अहिलेको सानो नेपाल मात्र नसम्झनु नि । पवित्र कैलाश पर्वतबाट प्रकट भएका ४ ओटा नदीहरु ब्रहमपुत्र, कर्णाली, सतलज र इन्दु नदीहरुले बनाएको भौगोलिक सिमाना नै गोरख अधिराज्य नेपाल हो । नेपाल भूमिको इतिहास अति नै प्राचीनतम भएकोले र विभिन्न कालखण्डमा दैविक उर्जा प्रकट भएकोले पनि नेपाललाई धेरै नामहरुले पुकारिन्छ । जस्तोकि –सत्यवती, मुक्तिदायिनी, मुक्तिसोपान, शैव भूमि, हिमवत खण्ड, मुक्तिक्षेत्र, किरात राज्य, गोर्खा सामाज्य, अयोध्या (अयुद्ध), तन्त्र भूमि, भारत, तपोभूमि, बैकुण्ठधाम, सिद्धि भूमि, गोरक्षनाथ राष्ट्र आदि इत्यादि । प्राचीन नेपालका चक्रवर्ती राजा भरतको भूमि भएर पनि नेपाललाई ‘भारत’ नामले पुकारिन्छ । त्यो भन्दा पनि, संस्कृत भाषामा ‘भा’ भनेको ज्ञान र ‘रत’ भनेको ज्योति÷लिप्तहुनु हो । ४ बेद १८ पुराण लगायत सबैसबै बैद्धिक धर्मशास्त्रहरु नेपाल भूमिमा नै रचिएको हो । त्यसैले नेपाललाई वेदभूमि भनिएको हो । नमोस्तुते व्यासः विशालबुद्धे फुल्लारबिन्दायत पत्रनेत्र ।

यन त्वया भारत तैलपूर्ण : प्रज्वलितो ज्ञानमय प्रदिप : ।।

श्री स्वस्थानी व्रत कथाको यो स्तुति सुन्नुस त, यो श्लोकले के भनेको रहेछ । अनि, भगवान श्रीकृष्णको अमृतवाणि – “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहम् ।। ” को अर्थ पनि “जब जब यो देव भूमि वेदभूमि–भारत अर्थात् गोरख अधिराज्य नेपालमा सङ्कट आइपर्छ, म वैदिक सनातन धर्मको रक्षा गर्न र आफ्ना भक्तजनहरुको उद्धार गरी शान्ति स्थापना गर्न अवतार लिन्छु ” भन्ने हुन्छ । सबैलाई चेतना भया !

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादय पूर्णमेवावशिष्यते ।।

ॐ हरि ऊँ तत् सत् । शान्तिः शान्तिः शान्ति ।।

प्रतिक्रिया