मेरील्याण्डमा ८ वर्षीय बालक विधालय जादै गर्दा अपहरण गरेको आरोपमा एक महिला पक्राउ परकी छिन्। हाल उनि आफ्नो परिवारसँग सुरक्षित घरमा रहेको एनविसीवासिॅगटनले जनाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एक महिलाले उनलाई विधालय जादै गर्दा अपहरण गरेकी थिईन। गत बिहीबार बिहान ८ः३० बजे बालक चार्ल्स काउन्टीको ब्रायनस सडक क्षेत्रमा बस स्टप( विधालय बस अडान क्षेत्र) नजिक पर्खिरहेको बेला सेतो चेवी चढेकी एउटी महिलाले उनलाई गाडीमा चढन भनेको चार्ल्ल काउन्टी शेरिफको कार्यालयले बताएको छ ।
सुरुमा बालकले अस्विकार गरे, तर उनी अन्ततः कारमा चढेको अधिकारीहरुले जानकारी गराएको न्यूज४ ले समाचारमा उल्लेख गरेको छ ।
उनि ६४ वर्षीया क्रिस्टल निनेट क्ले भएको प्रहरीले बताएको छ । ती महिलाले माउन्ट एभेन्टाइन नजिकै च्यापम्यानको ल्यान्डिङ सडकको बीचमा रोकिनु अघि करिब एक माइल गाडी चलाएकी शेरिफ कार्यालयले बताएको छ ।
ती महिलाले केही दूरीमा गाडी चलाएर ब्रायन्स सडकको च्यापम्यानज ल्यान्डिङ सडकबीचमा रोकिन्। त्यसपछि उनले आफ्नो संचार थान (फोन )खोज्न थालिन् । त्यसैबेला सडकको बीचमा गाडी रोकिएको देखेपछि एक स्थानीय बासिन्दा गाडी (कार_को नजिक पुगेर अनुसन्धान गर्न पुगे । गाडी नजिक पुगेपछि महिलाले बच्चा रोइरहेको देखेकी थिइन् । चिन्तित हुँदै, उनले बालक ठीक छ कि भनेर सोधिन्। बच्चाले जवाफ दिदै मद्दत चाहिएको बतायो ।
सम्बन्धित महिलाले तुरुन्तै ९-१-१ मा दूरवार्ता गरिन् । प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगे र थप अनुसन्धान पछि चालक र बच्चाले एकअर्कालाई नचिनेको ठहर गरे ।
चालक महिलाले बच्चालाई बिद्यालयमा सवारी दिनको लागि उठाएको बताइन । तर प्रहरीले क्ले घटनास्थलमा गिरफ्तार गरियो। घाइते नभएको बच्चालाई सुरक्षित रूपमा अभिभावकसँग पुनर्मिलन गरिएको थियो। क्लेलाई १२ वर्ष मुनिका बालकको अपहरण गरेको आरोप लगाइएको छ ।
हामीलाई थाहा छैन उनको मनसाय के थियो, कार्यालयका प्रवक्ता डायन रिचर्डसनले भने।
प्रतिक्रिया