भर्जिनिया जर्ज मेसन विश्वविद्यालयका एक विद्यार्थीलाई न्युयोर्कको इजरायली महावाणिज्य दूतावासमा सामूहिक आक्रमणको योजना बनाएकोमा पक्राउ गरिएको छ । उक्त विद्यार्थीले यहूदीहरूलाई लक्षित गरेर ‘सामुहिक हमला’ योजना बनाएको उनलाई आरोप लगाईएको छ । जर्ज मेसन विश्वविद्यालयका विद्यार्थीलाई यस हप्ता पक्राउ परेका थिए।
अदालतको अभिलेख अनुसार भर्जिनिया कलेजका विद्यार्थीलाई न्युयोर्कको इजरायली महावाणिज्य दूतावासमा “सामुहिक हताहत हमला” को योजना बनाएको अभियोग लगाइएको छ। एफबीआईले जर्ज मेसन विश्वविद्यालयकाका १८ वर्षीय विद्यार्थी अब्दुल्लाह इजेल्डिन ताहा मोहम्मद हसनलाई यहूदीहरूलाई लक्षित गर्ने कथित षड्यन्त्रको सम्बन्धमा यस हप्ता पक्राउ गरेको हो ।
यो मुद्दा गत मे महिनामा सुरु गरिएको थियो । फेयरफ्याक्स काउन्टी प्रहरी विभागले “कट्टरपन्थी र आतंकवादी झुकाव व्यवहार” मा संलग्न भएको एउटा सामाजिक संजाल एक्स खातामा अज्ञात रुपमा एफबिआईलाई सूचित गर्यो ।
एफबीआईले हसनसँग जोडिएको उक्त खाताले आइएसआइएस र अल-कायदाको समर्थनमा प्रकाशन गरेको थियो। अगस्तमा संदिग्धको एक्स खाताहरू मध्ये एकमा हसनसँग एक गुप्त एफबीआई सूचनाकर्ता संलग्न थिए । हसनप्रति वफादारीको वाचा गरेपछि ती दुईले धेरै महिनासम्म विभिन्न सामाजिक संजाल मंचहरू मार्फत कुराकानी गरेका थिए ।
हसनले स्रोतसँग “कसरी आईएसआइएस मा सामेल हुनको लागि यात्रा गर्ने” बारे छलफल गरे र आइएसआइएस प्रचार साझा गरे। हसनले कथित रूपमा स्रोतलाई नोभेम्बरको मध्यमा “यहूदीहरूको हत्याको लागि आह्वान गर्ने आईएसआइएस समर्थक श्रब्यदृश्य (भिडियो) पठाएका थिए ।
त्यसपछिका हप्ताहरूमा “शहीद श्रब्यदृश्य (भिडियो) कसरी तयार गर्ने” र बम बनाउने निर्देशनहरू समेत पठाएका थिए ।
उनले इजरायलको महावाणिज्य दूतावासलाई लक्ष्यको रूपमा रोजेका थिए । उनले कथित रूपमा बन्दुक सहित आक्रमण गर्ने बारेमा श्रोतसँग छलफल गरे । साथै उनले आक्रमण पछि अधिकारीहरूले पत्ता लगाउनबाट बच्न राइफल कसरी किन्ने भनेर निर्देशन दिएका थिए ।
हसनले कथित रूपमा स्रोत( एफबिआइ गुप्तचर )लाई आईएसआइएसको संचार माध्यमलाई हमला गर्नु अघि श्रब्यदृश्य (भिडियो )बनाउन निर्देशन दिएका थिए । साथै उनले कथित रूपमा स्रोतलाई आक्रमणलाई प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम )गर्न निर्देशन दिएका थिए ताकि उनले “आईएसआईएस संचारमाध्यम विभागमा वितरण गर्न” सकोस् र आक्रमण पछि कसरी देशबाट भाग्ने भनेर छलफल गरे।
हसनलाई गत मंगलबार गिरफ्तार गरिएको थियो । उनलाई विस्फोटक, विनाशकारी उपकरणहरू र सामूहिक विनाशका हतियारहरू सम्बन्धी जानकारी वितरण गरेको अभियोग लगाइएको छ ।
संदिग्ध भर्जिनियाको फल्स चर्चमा बस्ने इजिप्टका नागरिक हुन् । अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन बिभाग उनलाई निष्काशन गर्ने प्रक्रियामा थियो ।
उहाँ जर्ज मेसन विश्वविद्यालयमा बसेनन् । उनको गिरफ्तारी पछि विश्वविद्यालयको सम्पत्तिबाट प्रतिबन्ध लगाइएको थियो ।
हसनलाई अलेक्जान्ड्रिया एडल्ट डिटेन्सन सेन्टर( कारागार )मा राखिएको छ।
तस्बिर कृतज्ञता : अलेक्जान्ड्रिया शेरिफ कार्यालय
प्रतिक्रिया