न परेर सोच्दैछ सरकार न पढेर

वीरेन्द्र बहादुर रावल २०८१ पुष ९ गते १२:१३ मा प्रकाशित

उहिलेका बुढापाकाहरुले अर्तीदिने गर्दथे बाबु हो कित पढेर जान्नु पर्छकि परेर । लाग्दथ्यो परेर भनेको के होला ? बुढापाकाहरु नत स्कुल जान्थे नत पढे लेखेकै हुन्थे । गाँउघरमा कचहरी हुँदा पढे लेखेका युवाहरु समेत बुढापाकाले गर्ने बयान र ईन्साफका अगाडी नतमष्तक भएर सुन्ने गरेको दृष्य देख्न अनि अनुभूति सबैले गरेकै हुन । ताक परे अँझै पनि बुढापाकाहरुको त्यो रन्की, फन्की, राप र ताप अँझै कतिपय ग्रामिण बस्तीमा देख्न र सुन्न पाईन्छ ।

यस्ता कथन नेपालमा मात्र नभएर विश्वका विकसित देशहरुमा पनि व्यवहारिक रुपमा देख्न र सुन्न पाईन्छ ।

सन्दर्भ नेपालमा धेरै छन् , विभिन्न घटनाक्रमलाई केलाएर हेर्ने हो भने यस्ता कथनले नत स्थान पाएका छन् नत प्रयोगमै आईरहेका छन् । नेपालमा के शिक्षा, के स्वास्थ्य, के यातायात जून सुकै क्षेत्रमा गएर पनि हेर्ने हो भने पनि बडो कहाली लाग्दो अवस्था छ ।

जसका कारण सारा नेपाली जनतालेपूर्व जन्मको पापको प्रायश्चित गर्नु परेझैं दिनहुँ विभिन्न क्षेत्रबाट शास्ती, पिडा र असुविधा भोग्नु पर्ने चरम नियतिनै बनिसकेको छ ।वास्तवमै भन्ने हो भने नेपाल सरकार सारा नेपाली जनताको अविभावकनै हो । जनताका सुख ,दुख र पीडामा साथ दिने र अविभावकत्व प्रदान गर्ने अहं जिम्मेवारी नेपाल सरकारकोनै हो । तर नेपाली जनतामा नत अविभावक भएको अनुभूति भैरहेको छ नत अविभावकको निगरानीमा सन्तान रहेझैं भैरहेको छ सरकारका लागि ।

दिनहुँ कतै सडक दुर्घटना, कतै हड्ताल त कतै बलात्कार, कतै नारा जुलुश नभएको दिननै छैन । देख्ने पनि निरीह ,हेर्ने झनै मुख दर्शक , गर्ने गराउने झनै छाडाअवस्थामा रहँदा देशमा व्यथितीको अवस्था सृजना भैरहेको छ ।

नेपाली जनताले एक पछि अर्को सुखद होईन दुखःद घटनाको शिकार बन्नु परिरहेको छ । नेपालमा पछिल्ले समयमा राज्यको टाउँको दुःखाईको बिषय बनेको भनेकोनै सडक दुर्घटना भईदिएको छ । कसैको आफन्त घरबाट कतै निष्क्यो कि भरे शकुसल घर पिर्ता हुन्छ या हुँदैन भन्ने चिन्ता र आशंका आम नेपालीमा पर्न थालेको धेरै भैसकेको छ । यस्ता समस्याको रोकथाम नत राज्यबाट हुन सक्यो नत नीजि क्षेत्रबाटनै ।

नेपालमा समय समयमा कहाली लाग्दा सडक दुर्घटनाहरु हुन थालेका छन् । विगत लामो समय देखि नेपाली जनताले विभिन्न कारणले सडक दुर्घटनामा परि आफ्ना आफन्त गुमाई सकेका छन् ।

सवारी साधन भिर पाखा बनि दिन थालेका छन् —
विगतमा पहाडी क्षेत्रमा महिला तथा पुरुषहरुको अकाल्मै मृत्यु कित भिर पाखामा दाउँरा घाँस गर्न जाँदा लडेर हुन्थ्यो भने कित मलेरिया, औलो, झाडापखाला ,सर्पको टोकाई वा यस्तै यस्तै दैविक प्रकोप आदी ईत्यादी । तर आज भीरपाखामा मानिसहरुको मृत्यु नभई सडक र सवारी साधननै ठूला काल बनेर आई लाग्न थालेका छन् ।

नेपाल एक पहाडी मूलुक हो । अधिकाँश क्षेत्रपहाडी भएका कारण पनि नेपालमा निर्माण भएका सडकहरु कित दारे भीरबाट निकालिएका छन् ,। कित नदी किनार भएर । तराईक्षेत्र खासगरी पूर्व पश्चिम राजमार्गअन्तरगतका सडकहरु आवश्यकता अनुसार फराकिला नभएका कारण पनि द्रुत गतिमा रहेका सवारी साधनहरु एकआपसमा ठोक्किने देखि लिएर सडकमा यात्राम गर्नेपैदल यात्रीहरु समेत निकै असुरक्षित रहनेगरेका थुप्रैउदाहरणहरु छन् । पूर्व पश्चिम राजमार्ग समेत दूई लेन हुनु र बाक्लो सवारी साधन गेुड्ने गरेका कारण पनि सवारी दुर्घटनाहरु एक पछि अर्कोगरी हुनेगरेका छन् । नेपालको सन्दर्भमा सडक दुर्घटना नियतिनै बनिसकेको सकेको छ । एकैछिनमा शकुसल देखिएको मानिस भरेभोली फेशबुकको वालमा उसकैकोबारेमा हार्दिक श्रद्वाञ्जली लेखिएको पाईन्छ । उकुनै निको नहुने रोगले थला परेर मृत्युबरण गरेको हुँदैन । उसकालागि त त सवारी साधननै काल बनेको हुँदो रहे छन । एक दुई जनाको पनि होईन । एकै घरका सबै परिवार वा गाउँ घरका साथी संगी समेतकोएकै चिहान बन्नु परेका तितो अनुभूति नेपालीजनताले नियती झैं भोग्नु परिरहेको छ ।

यसैक्रममा विहीबार साँझ ५ बजेको समयमा केआई सिंह राजमार्गअन्तर्गत पर्ने डडेलधुराको जिल्लाको रडुवा खोला नजिक स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाईते हुन पुगे । घाईते ७ जनाको अवस्था अँझैगम्भीर अवस्थामा छ । त्यसैगरी मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन मन्दिरको जात्राबाट फर्कँदै गरेको बस मालिकार्जुन–३ तेर्छालेक नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । शुक्रबार बिहान पौने ५ बजेतिर म १ ख ४३६ नम्बरको मिनिबस सडकबाट १०० सय मिटर तल खसेको थियो ।

उद्धार गरिएका १८ घाईतेलाई उपचारका लागि गोकुलेश्वर अस्पतालतर्फ पठाइएको थियो । सडक तलको भीर अप्ठ्यारो हुनाले उद्धारमा ढिलाई र असहज भइरहेको उद्वारमा संलग्न प्रहरी, सेना र स्थानीयको दुःखेसो हो यो ।

दुबै दुर्घटनामा धार्मिक मेलाबाट फर्किएकाहरुपरेका छन् । यसलाई संयोग या नीयति जेभन्दा पनि हुन्छ । यंि दुई वटा घटना पछिल्ला उदाहरणका रुपमामात्र पेश गरिएका हुन । नेपालको मेची देखि महाकाली सम्मको सडक दुर्घटनाको त्थ्य र तथ्यांकलाई हेर्र्ने हो भने अव नेपालमा मृत्युदर बृद्वि कुनै रोग व्याधीले नभई सडक दुर्घटनाले बढ्दोक्रममा छ भन्नेमा अतियुक्ति नहोला । दिनप्रतिदिनबढ्दै गईरहेका सवारी दुर्घटनाका कारण सारा नेपाली जनतामा आतंक सृजना भैरहेको छ । ठूल ठूला नेता हुन या मन्त्री जोकोही कीन नहुन नेपालका अवैज्ञानिक सडक जो आफैले बनाए त्यसैकाशिकारबन्नु पर्ने अवस्था बिद्यमान छ ।

आफुले बनाएको खाल्डोमा आफै परेझैं बनेको छ नेपालका सडक सञ्जालहरुको यात्राको अवस्था । न आकाश सुरक्षित छ नत सडक यात्रानै त्यसकारण नेपालमा सवारी दुर्घटनाको कहाली लाग्दो बढ्दोक्रमलाई रोकथाम गर्ने दिशामा राज्यले जून भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण पनि आज मानिसहरुले अकाल्मै ज्यान गुमाउनु परिरहेको अवस्था छ ।

नेपालमा हुनेसवारी दुर्घटनाका मुख्यकारणहरु के केहोलान ? भन्ने चाँसो सर्वत्र रहिआएको छ ।

१.सडक दुर्घटनाका मुख्य कारण ?
२. किन सवारी दुर्घटना हुने गर्दछन ?
३.सवारी दुर्घटना कसरी रोक्नसकिन्छ ?
भन्ने जिज्ञाशा आम नेपाली, बौद्धिक जगत, राज्य , नेपाल प्रहरी र सरोकारवाला निकायलाई जानकारी भएकै छकी यींमाथि उल्ल्ेख गरिएका बुँदाहरुनै मुख्य सबैको चाँसोको बिषय पनिबनेको छ ।

खागरिकन यीं समस्याहरु हुनुका कारणहरु ओभरट्याक गर्नु,ओभरलोड हुनु ,बढी समयसम्म सवारी चलाउनु ,चालकले मदिरा सेवन गर्नु वा यात्रु स्वयंको असावधानी पनि सवारी दुर्घटनाका मुख्यकारणहरु हुन भन्ने तथ्य प्रमाणित भैसकेको पनि छ । त्यसमध्ये नेपालमा बनेका र बनिरहेका मापदण्ड विपरितका ज्यानमारासडकहरु पनि एक कारणको रुपमा हेरिएको छ । नेपालमा बिद्यमान ट्राफिक नियमकोसहिकार्यान्वयन हुन नसक्नु र सवारीसाधनको अवस्थाचेकजाँच गर्नेदेखिलिएर सडककोअवस्थालाई सुधार गर्दै लैजाने सवालमा राज्यले जूनभूमिकानिर्वाह गर्नसक्नुपर्दथ्यो त्यो नभएका कारणसडकनै कालको रुपमा परिणत भैरहेको छभन्नेमा दुईमत छैन ।

दुर्घटनापछिको पश्चातापको के अर्थ ?
जव सडक दुर्घटना हुने गर्दछ तव सरकारका मानिसहरुलाई वा दलका कुनै मानिसहरु परेको खण्डमा झण्डा ओढाउन र श्रद्वान्जली दिनेको ताँती लाग्दछ । यो नेपालका नेता वा सरकारको नियतीनै हो । क्षति हुनु भन्दा पहिले सावधानी अपनाउन नसक्ने भएकैकारण पनिजनताले ठूलो क्षति भोग्नु परिरहेको छ ।


मुख्यमन्त्री मोहदय अस्पतालका घाईतेलार्ई भेटेर स्वास्थ्यलाभको कामना गर्नु हुन्छ । यसले नत पिडा घटाउँछ नत सवारीदुर्घटनामानै कमि ल्याउन सक्दछ ।


ज्यानमारा सडक सञ्जालमा फरबदल जरुरीः कुनै नेता वा राजनीतिक दलका व्यक्तिको बलमा जर्वजस्ती कुलो खनेझैं गरि गाउँमा सडक पुगाएर फुलका माला पहिरने लोभका कारण पनि जनताले बिलाप खेप्नु परिरहेको छ नेपालमा । ज्यानमारा अवैज्ञानिक रुपले बनाइएका सडकहरु उद्घाटन गर्न जाँदा हाईलक्स,स्कारपिओ देखि लिएर फेरहिव्लर गाडी लिएर गएका नेताहरु कसरी गाउँ पुगे भन्ने कुरा जनतालाई ज्ञात हुँदैन । जव सार्वजनिक अनि थोथ्रा सवारीमा ठेल मठेल गरेर जव मानिसहरु गाउँ पुग्ने रहरगर्दछन् तव उनिहरुले ठूलो दुर्घटनाको शिकारबन्नु परेको छ । त्यसकारण ज्यानमारा सडक सञ्जाललाई तोडेर वैज्ञानिक अनि फराकिला सडक निर्माणमा सरकारको उचित ध्यान जान जरुरी छ ।

ट्राफिक चेतना जगाउनजरुरी : जनतामा सडक दुर्घटना रत्यसबाट बच्ने उपायका बारेमा पटक पटक गाउँ, टोल रजिल्ला स्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउन जरुरीदेखिन्छ । यसका साथ साथै प्रत्येक सडकमा ट्राफिक व्यवस्थापन गर्ने र अनुगमन गर्ने व्यवस्था हुनजरुरीदेखिन्छ ।

डडेल्धुरा र दार्चुलामा भएको दुर्घटनाको कारण ः यीं दुईवटै सवारी दुर्घटनामापहिलो कारण ओभरलोड होभन्ने ट्राफिक प्रहरीकोअनुमान छ । डडेल्धुरका रडुवा खोलामा भएको से. १ प. २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बसमाओभरलोड रहेकोबुझिएको छ । दुईसापट भएको उक्त बसको क्षमता जम्मा २८ सिटमात्र हो । तर ४३ जना सवारी राखिएको छ अर्थात १५ जना बढी ओभरलोड रहनगएको देखिन्छ भने मोडमा स्टेयरिङ फेल भएर दुर्घटना हुन गएकोभन्ने प्रहरीको अनुमान रहेको छ । यस्तै दार्चुलामा भएको सवारीदुर्घटनामा पनि म १ ख ४३६ नम्बरको मिनि बसमा क्षमता भन्दा बढी मानिसहरु थिए । त्यसकारण ओभरलोड भएर दुर्घटना हुनगएकोप्रहरीको प्रारम्भीक अध्धयनले बताएको छ ।

प्रदेश सरकारसंग कुनै योजना छैनः सुदूरपश्चिम प्रदेश सरकारले एक बर्षयता देखिरहेको छ विभिन्न समयमा थुप्रै सडक दुर्घटनाहरु । मुख्यमन्त्री संग नत जवाफ छ नत्र प्रदेश सरकारका मन्त्रीहरुसंग नै । दुर्घटना हुन्छ घाईएतेकोउपचारखर्चएक पटकका लागि दिइएला तर ज्यान गुमाएका ,आहातमापरिणत जनता रअंगभंग भएकाहरुकोपीडामा कुनैमल्हम पटट्ी गर्नसक्ने जादुनै छैन प्रदेश सरकारसंग । सडक सञ्जाल विस्ता गर्ने होडलाई होस्टेमा हैसे थप्ने सिवाय अरुकाम छैन प्रदेश सरकारको । पुरानै बाटाहरुलार्इ निरन्तरता दिईरहेको । नत सडकमा सुधारछ नत नियतिमा त्यसकारण प्रदेस सरकारले सडक सम्बन्धी बिलयो भरपर्दो योजना बनाएर अघि बढ्न जरुरी देखिन्छ ।

सातै प्रदेशमा स्टयाण्डबाई हेलिकोप्टर राखियोस् ः दार्चला र डडेल्धुरामामात्र होईदेशका अधिकााश पहाडी भेगहरुमा हुनेसवारीदुर्घटनामा मृत्यु हुनेरभएकाहरुले समयमा उपचार न पाउनु,समयमा उद्धार हुन नसक्नु र सुविधा सम्पन्न अस्पतालको उचित व्यवस्था हुन नसकेका कारण पनि दुर्घटनामा परेका मानिसहरुको बाँच्ने सम्भावना निकै कम हुने गर्दछ । त्यसकालागि सरकारले समयमै घाईतेको उपचारहोस् रठाउँमा पुगाउनसकियोस् भन्नका लागि हेलिकोप्टरकोआपतकालिन व्यवस्था मिलाउन जरुरी देखिन्छ ।

राजमार्गमा प्रति ३० किलोमिटरमा स्वास्थ्य विट र सुरक्षाबिटको व्यवस्था हुनजरुरी :दुर्घटनामा पर्नबाट जोगाउनका लागि टाईमकार्डभएरमात्र नहुने भएकोले३०किलोमिटरवात्यो भन्दा कम बेसीमा सुरक्षा जाँच र स्वास्थ्यकर्मी सहितको स्वास्थ्य बिटको व्यवस्था गर्नसकेको खण्डमा उपचारका लागि र उद्वारका लागि सहज हुने देखिन्छ । राज्यले यस बिषयमा गम्भीर भएर सोच्न जरुरी देखिन्छ । नेपालमा बढ्दो सवारी दुर्घटनालाई कम गर्नर जनतालाई सुविधा र राहत पुगाउनु छ भने संघ र प्रदेश सरकारले स्थानीय निकायसंग मिलेरतत्कालै नयाँ रणनीति बनाएर अघि बढ्ने दिशामा बिलम्व गर्नुहुँदैन ।

सम्पर्क ९८४८४२२२४१

वीरेन्द्र बहादुर रावल

प्रतिक्रिया