भारतिय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन 

इनेप्लिज २०८१ पुष ११ गते १८:०८ मा प्रकाशित

भारतिय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।

बिहीवार २६ डिसेम्बर २०२४ मा घरमा अचानक बेहोस भए उनलाई अस्पताल लगिएको थियो।

उनलाई बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्सको आकस्मिक सेवामा ल्याइएको थियो । उनको निधन राति ९:५१ मा भएको छ एम्सले बिज्ञप्तीमा जनाएको छ।

प्रतिक्रिया