अमेरिकाको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको लेक रिज शहर स्थित एक बौद्ध मन्दिरमा बौद्ध भिक्षुको मृत्यु भएको डब्लुटिओपिले जनाएको छ ।
भर्जिनियाको वुडब्रिज शहर नजिक लेक रिजमा रहेको वाट बुद्धचेया मोङ्कोल बौद्ध मन्दिरमा आगलागी हुँदा बौद्ध भिक्षुको मृत्यु भएको हो ।
प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसार उनीहरूले बिहीबार घटनास्थलमा प्रतिक्रिया दिए । मन्दिरका सदस्यहरूले ४८ वर्षीय पुरुषको शव शयन कक्षमा गम्भीर अवस्थामा जलेको प्रहरीलाई बताए ।
त्यतिबेला प्रहरीले त्यहाँ कुनै गढबढ अर्थात् कुनै अपराधिक गतिबिधि नभएको संकेत गर्यो । हालसालै सार्वजनिक गरिएको विवरणहरूबाट उक्त पुरुष मन्दिरका चि नुओन्थे भिक्षु भएको र आत्मदाह गरेको पत्ता बताए ।
मन्दिरका अध्यक्ष सरथ ओङले स्थानीय पत्रिका प्रिन्स विलियम टाइम्सलाई मैदानमा रहेका अर्का भिक्षुले नुओन्थेले आफूलाई आगो लागेको देखेको बताए । आत्मदाह गरेपछि नुओन्थे मन्दिर भित्र पसे जहाँ प्रहरीले पछि उनलाई फेला पार्यो।
नुओन्थे तीन वर्षदेखि मन्दिरमा थिए। उनी कम्बोडियाका थिए। अधिकारीहरूले अझै पनि उनको आत्मदाह गर्नुको कारण पत्ता लगाउन काम गरिरहेका छन्।
मृत्युको आधिकारिक कारण अझै भर्जिनिया राज्यको चिकित्सा परीक्षक कार्यालयमा विचाराधीन अवस्थामा रहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया