धनगढी, पुस २० । ४५ बर्ष पहिले सडक सञ्जालले न जोडिएको कैलालीको साविक निगाली र सहजपुरबाट पिठ्युँमा सुन्तला बोकेर कैलालीको सदरमुकाम धनगढी पुग्थे हाल चुरे गाउँपालिका १ पखिरका लक्ष्मण बम रजवार ।
पहाडको फल सुन्तला तराईमा पुग्दा निकै चीज मानिन्थ्यो बिगतमा । तराईका जनताका लागि पहाडको सुन्तलात अम्रितनै ठानिन्थ्यो विगतमा । पिठ्यूँमा भारी बोकेर कैलालीको सदरमुकाम धनगढी स्थित ( जिल्ला समन्व्य समिति) विगतको जिल्ला विकास समिति अगाडी सडक किनारमा बसेर प्रति गोटा १ रुपैया देखि २ रुपैयाका दरले सुन्तला बिक्री गर्नु हुन्थ्यो लक्ष्मण बम रजवार ।
२०४० देखि २०४५ साल ताका भरिया लगाएर १०० दाना रहेको डोको २० रुपैयाँमा धनगढी सम्म सुन्तला ढवानी गराएर तराईका ग्राहकलाई सुन्तलाको स्वाद दिलाउने कार्यमा तल्लिन रहेका लक्षमण सिंह बम रजवारले रैथाने १० वटा सुन्तलाबाट व्यापार शुरु गर्नु भएको थियो । सुन्तला संगै गाई भैंसी र बाख्रा पालन लगायतका कृषि कार्य मार्फत आफ्नो जीवन चलाउँदै आएका लक्ष्मण सिंह बम रजवारले अपनाएको कृषि पेशालाई उहाँका छोरा टेक बहादुर बमरजवार र उहाँका भाई टेकेन्द्र बमले व्यवसायिक कृषि खेतीमा रुपान्त्रण गर्न सफल भएका छन् ।
बुबाको पेशालाई व्यवसायीकिकरण गर्दै टेक बहादुर बमरजवार :
बुवाले १० रुखबाट शुरु गरेको सुन्तला व्यवसायलाई टेक बहादुर बमले सम्भवतः सुदूरपश्चिममै एक मात्र नमूना कृषि फर्ममा रुपान्त्रण गर्न सफल भएका छन् ।
पूर्णिमा फलफुल तरकारी तथा बाख्रा पालन फर्म : यो फर्म नामको मात्र नभएर यथार्तमै हेर्न र अध्ययन र सोधकेन्द्रका रुपमा विकास गरिदै लग्नु भएको छ लक्ष्मणसिंह बमका छोरा टेकबहादुर बमले । टेकबहादुर बमले पूर्णिमा फलफुल तरकारी तथा बाख्रा पालन फर्मलाई १ सय ५० रोपनी अर्थात १२ बिगाहको क्षेत्रफलमा लोभ लाग्दा सुन्तला खेती गर्दै आउनु भएको छ ।
५० बर्ष पुरानो सुन्तालाले उत्पादन दिंदै : आफु सानो छँदा फल्दै आएको एउटा रुख हाल आएर ५० बर्ष सम्म पनि नियमित रुपमा फल दिइरहेको बताउनु हुन्छ टेक बहादुर बम । बलमे भन्नु भयो ः जव हामी साना साना थियौं त्यति बेला देखि अर्थात २०४५ साल देखि फल दिदै आएको सुन्तला आधार सताब्दी सम्म आएर पनि नियमित फल दिईरहेको छ ।
चुरे गाँउपालिकाका किसानको नगदेबाली बन्दै सुन्तला खेती : चुरे गाउँपालिकाका ४० प्रतिशत भन्दा बढी किसानहरुको लागि सुन्तलाखेती नगदेबालीको रुपमा उपयोग हुँदै आईरहेको छ । चुरे क्षेत्रका सुन्तला देशकै सबै भन्दा नमूना सुन्तलाका रुपमा हेरिएको छ ।
रहर लाग्दो बगैचा : पारिलो पखिरको १५० रोपनी जग्गा, त्यस भित्र लगाइएका सुन्तला अन त्यसले दिने फल निकै रहर र लोभ लाग्दा छन् । बगैचा भित्र पस्ने बित्तिकै अर्के आनन्द आउने गर्दछ । रंगिचंगी विरुवा, चराचुरुगींको आवाज, सान्त मनोरम वातावरण मननपराउने कमै होला । बगैचाको बिचमा एउटा सान्त कटेज र त्यस वरपरको वातावरणलेनै त्यहाँ जाने जोकोहीको मन लोभ्याउने गर्दछ ।
चुरेका आर्गेनिक सुन्तला : धैरै जाडोपनि नहुने, सुन्तला खेतीका लागि निकैनै उर्वरा र सूर्यको किरण पूर्वि दिसावाट पश्चिमतर्फको पारिलो पाखामा पर्ने गरेका कारण पनि चुरेको सुन्तलाका लागि वातावरण निकै सुन्तुलित रहने गरेको कृषि विज्ञहरु बताउँछन् । कृषक टेक बमका अनुसार १ सय ५० रोपनी जमिनमा लगाइएका सुन्तला खेतीमा गाई र बाख्राको मल बाहेक अरु रसायनिक मलको प्रयोग पूर्ण रुपमा निषेध गरिएका कारण पनि पूर्णिमा फलफुल तथा बाख्रा पालना र्फमका सुन्तला अन्य क्षेत्रको भन्दा बढी आगर्नेकि रहने गरेको कुरा कृषक बमको दावी रहेको छ ।
सुन्तला खेतीका चुनौति : सिंचाई र रिचार्ज पोखरीको अभाव ,ढुवानीको असहजता,बजारिकरण , कोल्डस्टोरको अभाव ,असिनाबाट जोगाउन ओभरनेटको अभाव,विभिन्न रोग किराबाट विरुवा र फल जोगाउनका लागि आवश्यक उपचारको सुविधा लगायतका मूलभूत सुविधाहरु नभएका कारण पनि चाहेको उत्पादन लिन नसकिको कुरा कृषक टेक बहादु। बम रजवारले बताउनु भएको छ ।
मुख्य आम्दानीको स्रोत बन्दै सुन्तला खेती : कृषक बमले भन्नु भयो : सुन्तला खेती आफ्नो र परिवारका लागि आम्दानीको मुख्य स्रोतनै बनिसकेको छ । भिरालो जमिनमा अन्य खेती भन्दा पनि सुन्तला खेतीनै उपयुक्त लागेर बुवाको पेशालाईनै निरन्तरता दिदै व्यवसायिकीकरण गर्दै लगेको बताएका छन् ।
बार्षिक २५ लाख सम्मको आम्दानी : पूर्णिमा फलफुल तथा बाख्रा पालना र्फमको १ सय ५० बिगाह जमिनमा लगाइएको सुन्तलाखेतीबाट बार्षिक २५ लाख बराबरको सुन्तला बिक्री वितरण हुने गरेको कृषक बमले जानकारी दिनु भएको छ । समयमा पानी, मल बिउको प्रयाप्तता भएको खण्डमा उत्पादन पनि राम्रै हुने कुरा बमले बताउनु भयो ।
चुनौति : सुन्तला खेतीको बजारिकरण, कोल्ड स्टोर, सित भण्डारको अभावनै मुख्य चुनौति रहेको छ । किसानले उत्पादन गरेको फलफुल र तरकारी लाई सहजै बजारमा पुगाउनका लागि पनि बिचौलियाहरु बाधक बनिरहेको बताइएको छ ।
हाल चुरे गाँउपालिकाको वडानम्बर १ पखिर सम्म सवारी साधन सहजै पुग्ने गर्दछ भने सदरमुकाम धनगढीबाट डेढ घण्टामा सहजै पखिर पुग्न सकिन्छ । बारीमा ताजै सुन्तला टिपेर आर्गेनिक सुन्तलाको स्वाद लिन सकिन्छ । कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका सहजपुरका किसानहरुले हाल सुन्तला खेतीलाई नगदे बालीको रुपमा व्यवसायिक बनाउँदै आएका छन् । चुरे गाउँपालिकाका किसानले बार्षिक ६ करोड सम्मको सुन्तला विक्री गर्ने गरेका छन् ।
सुन्तला खेती, बाख र तरकारी खेतीबाट चुरे गाउँपालिकाका अधिकाँश किसानहरु आत्म निर्भरतातर्फ उन्मूख हुन थालेका पनि छन् ।
राज्यको लगानी न्यून : देश र जनतालाई आर्थिक रुपमा बलियो बनाउनका लागि सर्व प्रथम कृषिमा आत्म निर्भर बनाउन जरुरी भएतापनि राज्यले कृषि क्षेत्रलाई सोतेनो व्यवहार गरेका कारण कृषि उत्पादनमा समस्या देखा पर्न थालेका छन् । ५० लाखको सिंचाई व्यवस्थापन र कृषक समूहहरुलाई १५ लाखको सहयोग बाहेक अन्य कुनै पनि सहयोग राज्यबाट पाउन नसकेको कुरा कृषक बमले बताउनु भएको छ ।
रोजगारीमा बृद्धि : नेपालमा सम्भावनानै नभएर विदेश धाउने नेपाली युवा युवतिका लागि चुरे गाउँपालिकाको वडा नम्बर १ पखिर स्थित पूर्णिमा फलफुल तथा बाख्रा पालना र्फम सोध अध्ययनको केन्द्र बन्न पनि सक्छ । एक दर्जन भन्दा बढी मानिसहरुले मौशमी र बेमौशमी बेलामा तरकारी र सुन्तला खेतीबाट रोजगारीको अवसर प्राप्त गर्न सफल भएको पनि कृषक टेक बहादुर बलमे बताउनु भयो । विदेशमा गएर भाँडा माज्नु भन्दा स्वलदेशमै बसेर रोजगारी र उत्पादनका अवसरहरु प्राप्त गर्न सकिने सम्भावनालाई उजागर गरिदिनु भएको छ टेक बहादुर बमले ।
बमलाई उत्कृष्ट कृषक सम्मान : हालै नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको बार्षिक साधारण सभाका अवसरमा पूर्णिमा फलफुल तथा बाख्रा पालना र्फमका सञ्चालक टेक बहादुर बम सम्मानित हुनु भएको थियो । कैलालीको चुरेमा नमूना कृषि फर्ममा गरिएको सुन्तला खेती पुरस्कारकालागि छनौटमा परेको थियो । बमलाई बार्षिक साधारण सभामा सम्मानित गरिएको थियो ।
राज्यको ध्याज जान जरुरी : कैलाली जिल्लाको चुरे गाउँपालिका सुन्तला खेती, बाखपालन देखि लिएर अन्य तरकारी खेतीका लागि उपयुक्त गन्तव्य बन्ने सम्भावना प्रवल छ । किसानहरुले भोग्दै आएका समस्याको समाधान गर्ने, राज्यले किसानलाई उत्पादनका आधारमा अनुदान सहायता दिने देखि लिएर आवश्यक उपचार,सिंचाई, ओभर नेट , विभिन्न रोगको प्रकोपबाट बाली नाली खेर नजाओस् र उत्पादन भैसकेको उत्पादनलाई भण्डारण गर्ने शित भण्डार, (कोल्डस्टोर) देखि लिएर बजारिकरण सम्मका सुविधा प्रदान गर्ने कार्यमा राज्यले पहल गर्न सकेको खण्डमा चुरेका किसानहरुमा कृषि प्रतिको मोह झनै बढेर जाने सम्भावना भएकाले किसानको मनोबल बढाउने कार्यमा राज्यको बेलैमा ध्यान जान जरुरी छ ।
प्रतिक्रिया