क्यानडा, जनवरी ३, २०२५ – अनेसास-क्यानडाले नेपाली पोसाक तथा टोपी दिवस मनाउनको लागि जूम मार्फत विशेष कार्यक्रम आयोजना गर्यो। नेपाल प्रज्ञा प्रतिष्ठानकी काब्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावासका प्रथम सचिव रोजिना ताम्राकारकव् बिषेस आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता अनेसास-क्यानडाका अध्यक्ष डा. ज्ञानेन्द्र पोखरेलले गर्नु भएको थियो, र संचालन अनेसास-क्यानडाका सचिव रन्जनाकार्कीले गर्नु भएको थियो ।
कार्यक्रमको सुरुआत साहित्यकार तथा अनेसास-क्यानडाका पूर्व अध्यक्ष सुरेन उप्रेती द्वारा रचित र पण्डित धर्मदास बुढाथोकीको संगीत र स्वरमा रहेको सन्सारको उच्च शिर सगरमाथा हाम्रो नेपाली टोपीको गीतबाट भएको थियो।
कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसासका पूर्व अध्यक्ष प्राध्यापक डा. मोहन सिटौला, अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्मा, अनेसास कन्द्रीय महासचिव राजु सिटौला, पूर्व उपाध्षक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुदिपभद्र खनाल, केन्दिय सदस्य तथा अनेसास-क्यानडाका पूर्व अध्यक्ष तारा उप्रेती लगायत अनेसास-क्यानडाका पूर्व अध्यक्षहरू सुरेन उप्रेती र प्राध्यापक डा. भानुभक्त आचार्य अतिथिहरूको रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा अनेसासका विश्वभरिका विभिन्न शाखाका पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, कार्यक्रममा साहित्य र संस्कृति प्रेमी व्यक्तिहरुको बाक्लै उपस्थिति थियो ।
कार्यक्रमको सुरुमा, अनेसास-केन्द्रका पूर्व महासचिव एवम् क्यानडाका पूर्व अध्यक्ष सुरेन उप्रेतीले कार्यक्रमको आयोजनाको उद्देश्यमा प्रकाश पार्दै, नेपालका विभिन्न समुदायका संस्कृतिलाई समेट्ने उद्देश्यले नेपाल सरकारले नेपाली राष्ट्रिय पोसाक दिवस र हजुरबुबा-हजुरआमा दिवसको घोषणा गरेर नेपाली पात्रोमा समावेश गर्नका लागि अनेसासले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो। त्यसपछि, नेपाली संस्कृति प्रेमी केशव नेपालले विभिन्न धर्ममा विश्वास गर्ने र फरक भूगोलमा बस्ने वातावरण अनुकूल लगाउने टोपीका प्रकार र नेपाली टोपीको
सामाजिक र सांस्कृतिक महत्वका बारेमा प्रस्तुति दिनुभयो। उहाँले नेपाली टोपीको सुरुआत, विकास र प्रयोगका बारेमा पनि प्रकाश पार्नुभयो। कार्यक्रममा उपस्थित साहित्य प्रेमी व्यक्तिहरुले नेपाली संस्कृति, टोपी र अन्य विभिन्न विषयहरूमा आफ्ना गद्द र पद्दका कविता, गजल, मुक्तक र गीत प्रस्तुत गर्नुभयो। विशेष गरी, प्रवासमा बसेर पनि नेपाली भाषा र संस्कृतिमा लगाव राख्ने बाल-बालिकाहरूको उपस्थिति र रचना बाचनले दर्शकहरूको ध्यान आकर्षित गर्यो। प्रमुख अतिथिहरू र अन्य अतिथिहरूले अनेसास-क्यानडाले बाल-बालिकालाई नेपाली साहित्य र संस्कृतिमा सहभागी गराएको कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए।
कार्यक्रमका अतिथि वक्ताहरूले आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गर्दै अनेसास- क्यानडाले नेपाली पोसाक र टोपी सम्बन्धी कार्यक्रम आयोजना गरेर, अनेसासको छातामुनी गरिएको एक उदाहरणीय कार्यको रूपमा चर्चा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी बाबा बस्नेतले अनेसास-क्यानडाले नेपाली पोसाक तथा टोपी दिवसको आयोजना गरेर नेपाली भाषा र संस्कृतिलाई प्रवासमा प्रबर्धन गर्न सहयोग पुर्याएको भन्दै, नेपाल प्रज्ञा प्रतिष्ठानलाई सबैको साझा साहित्यिक थलोको रूपमा चिनाउन सबै साहित्य साधकहरूलाई नेपाली भाषा र साहित्यको अनुसन्धानमा सहयोग पुर्याउन आह्वान गर्नुभयो।कार्यक्रममा वाचन भएका हरेक कविताहरूलाई र अभिव्यक्त विचारको बारेमा समालोचनात्मक टिपणी गर्नु भएको थियो । कार्यक्ममा अनेसासकी कोषाध्यक्ष कविता खरेलले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा सस्कृति बुढाथोकी, दिव्या दाहल, दिप दाहाल जस्ता नयाँ पुस्ताले कविता भन्ने र कार्यक्रमको अन्त्य सम्म बसेर सुन्ने धैर्यता प्रदर्शन गर्नु भएको थियो । त्यस्तै श्रीराज कार्कीले बुबाले गीत गाउदा तवला बजाएर बालकला प्रदर्शन गरेका थिए । कार्यक्रममा यम घिमिरे, तारा उप्रेती ,राजु सिटौला ,भानुभक्त आचार्य राजेन्द्र श्रेष्ठ , ज्ञानेन्द्र पोखरेल ,भिम थापा , भानु ढुँगाना , सर्वज्ञवाग्ले , देवेन्द्र केसी देवु , मोहन सिटौला ,गोकुल भण्डारी , आशिष शर्मा , खिमानन्द पोखरेल , राजेश्वर निरौला , बाबा बस्नेत , धर्मदास बुढाथोकी ,सुरेन उप्रेती , प्रेम भट्टराई आदिले कविता गजल र मुक्तकहरू सुनाउनु भएको थियो र कार्यक्रमको समापनमा, कार्यक्रमका सभापति र अनेसास-क्यानडाका अध्यक्ष डा. ज्ञानेन्द्र पोखरेलले कार्यक्रमका सबै सहभागीलाई धन्यवाद दिँदै, अनेसास-क्यानडा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजनामा लागिरहने कुरा जानकारी गराउँदै कार्यक्रम समापन गर्नुभयो।
प्रतिक्रिया