खैरिफाँटा , कैलाली । आफ्ना हजुरबुबा गगनसिंह थापा संस्थापक प्रधानाध्यापक रहनु भएको जानकी गाउपालिका वडा न ९, खैरिफाँटा, कैलाली स्थित अरुणोदय माध्यमिक विद्यालयका ३३ जना बिपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई उहाँको स्मृतिमा नाति सुहिम थापाले विद्यालयको न्यानो पोशाक सहयोग गर्नुभएको छ ।
उनका जेठा हजुरबुबा शेरबहादुर थापाले आज विद्यालयमा आयोजित एक बिशेष कार्यक्रममा उक्त पोशाकहरु विद्यालयको छनोट र सिफारिसमा बिपन्न परिवारका ३३ जना जेहेन्दार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलराज भाट , शिक्षक इन्द्रबहादुर थापा, रुपा भण्डारी, विद्यालय संस्थापनकालका विद्यार्थी तथा अभिभावक झपट बि.क.लगाएत शिक्षक , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
बि. सं. २०२९ मा अछामबाट खैरिफाटाँ आई स्थानीय अभिभावकको अनुरोधमा पहिलो शिक्षक र प्रधानाध्यापकको रुपमा स्वर्गीय गगनसिहं थापाले उक्त बिधालयको प्रारम्भ गर्नु भएको थियो ।
प्रशिद्द साहित्यकार समेत रहेका थापाका कर्णालीका छेउछाउ , पुर्खाको चिठी , महाप्रलय, अस्ताचलको ढोकाबाट , मेरा गाउँको खडक्या मन्त्री लगाएत नौ वटा कृतिहरु प्रकाशित भइ सकेका छन । उनको पहिलो संयुक्त लेखनको कृति सोह्र सौगात बिधालयमा अध्यापनरत रहँदा नै बि. सं. २०३५ सालमा प्रकाशन भएको थियो ।
संस्थापक प्रधानाध्यापक गगनसिहं थापाको स्मृतिमा पोशाक सहयोग गर्नु हुने उनका ज्येष्ठ नाति सुहिम थापा हाल क्यानडामा अध्ययनरत छन ।
प्रतिक्रिया