रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

इनेप्लिज २०८१ पुष २५ गते १५:०८ मा प्रकाशित

वेद घिमिरे ।रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । 

जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलगायत ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

गत २ कात्तिकमा लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । यसयता उनी लगातार कास्की प्रहरीको हिरासतमा थिए । अब भने उनी  धरौटी बुझाएर थुनामुक्त हुने भएका हुन् ।

प्रतिक्रिया