संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ। गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्।
वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि बर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसंग सहकार्य गरेको “ल्यासे पाउँ” गीत सफल भएको थियो। केहि बर्षको अन्तरलामा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ। युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विस्वास रहेको छ। राजुजंग बस्नेतले निर्देशन गरेको भिडियो लाई अभेसमनी बज्राचार्यले खिचेका छन्। भिडीयोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।
प्रतिक्रिया