नेपाली कांग्रेस संसदीय व्यवस्था र लोकतन्त्रको पहिलो पहरेदार हो । अहिले पनि देशको प्रमुख पार्टी पनि कांग्रेस नै रहेको छ । सोही बमोजिम देशको आर्थिक अवस्था सुधार गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनताले चाहेको सुशासन, आर्थिक उन्नतिमा कांग्रेसले नै विश्वासयोग्य वातावरण सृजना गर्नुपर्छ ।
आगामी निर्वाचनमा राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेसलाई बहुमतका साथ जनताले जिताउने नै छन् भन्ने विश्वास नेपाली कांग्रेसले लियर मात्र पुग्दैन।
त्यसका लागि कांग्रेसले पूर्वतयारी गर्न आवश्यक छ । पार्टीका भ्रातृ संगठनहरूलाई नियमितरुपमा सक्रिय गरी आमनागरिक र समाजमा कांग्रेसप्रतिको विश्वास र भरोसा कायम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
यो पृष्ठभूमिमा र कांग्रेसले गरेको जनपक्षीय कार्यले आगामी निर्वाचनमा कांग्रेसको शानदाररुपमा बहुमत आउने अवस्था निर्माण गर्नु नेतृत्वकोअहम भूमिकाको खाँचो देखिन्छ।
यस पटकको उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी कीर्तिपुर नगरपालिकामा दुई वडासहित मेयरसमेत निर्वाचित गराउन सफल भएकोले जनतामा कांग्रेसप्रतिको विश्वास र भरोसा कायम रहेको संकेत मात्र हो।
अन्य ठाउँमा पनि राम्रै जित भयो, कांग्रेस पहिलो पार्टी नै रह्यो । निर्वाचन परिणामले काङ्ग्रेसी जनहरू उत्साहित होलान्।
र, आगामी दिनमा जनताले महसुस हुने गरी कांग्रेसको नेतृत्वमा विकास, समृद्धि, सुशासन, रोजगारीको सृजना हुने गरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्ने अवस्था छ ।
राम्रो काम गरेरै कांग्रेसको मत बढ्दै जाने छ । नेपाली कांग्रेसमा प्रजातान्त्रिक र विधिअनुसार वडा समितिदेखि केन्द्रीयस्तरसम्म नेतृत्व गर्ने परम्परा रहि आएको छ ।
केन्द्रदेखि तल्लो तहका निकायसम्म कार्यकारिणी पद दुईपल्टको मात्र हुने व्यवस्थाले युवाहरू समेत नेतृत्वदायी भूमिकामा पुग्ने अवस्थाको सृजना भएको छ ।
देशमा आर्थिक, सामाजिक विकासका लागि सरकारको नेतृत्व युवाहरूबाट समेत हुने अवस्थाको सृजना गर्न राजनीतिक पदहरू राष्ट्रपति एक व्यक्ति एक पटकमात्र हुनुपर्ने, प्रधानमन्त्री पनि एक व्यक्ति एक पटकमात्र हुने र पुरै कार्यकाल प्रधानमन्त्री पद सञ्चालन गरेको व्यक्तिले मात्र पुनः एक पटक प्रधानमन्त्री बन्न पाउने कानून निर्माण हुनुपर्छ ।
यस्तै स्थानीय निकायको प्रमुख, प्रदेशसभा प्रमुखदेखि प्रतिनिधि सभामा समेत एक व्यक्ति दुई पटकभन्दा बढी एउटै पदमा बस्न नपाउने नीति बनाउन नेपाली कांग्रेस लाग्ने बेला भएको छ। यतिबेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु नेपाली कांग्रेसको प्रमुख दायित्वभित्र राख्नुपर्छ ।
र, लाखौं जनताहरूको बचत सुरक्षाका लागि दृढ भएर लाग्नुपर्छ ह। जुन सहकारीमा समस्या देखिएका छन्, ती सहकारीहरूको बचतकर्ता, ऋणि, सञ्चालक समिति, विभिन्न उपसमितिहरू समेत सहकारीकै सदस्य रहने हुनाले सहकारीलाई समस्याबाट मुक्त गर्न नसकिएको देखिन्छ ।
त्यसैले उपयुक्त नियम कानून परिपालन गराई सहकारीका विकृति विसंगति हटाई देशको आर्थिक अवस्था सुधार गर्नका लागि तीन खम्बे अर्थनीति अवलम्बन गरी किसान, श्रमिक र उद्योगीको हितका लागि सहकारीको पूजि परिचालन गरी देशको आर्थिक व्यवस्था सुधार्नसमेत सहकारीमार्फत गर्न सकिन्छ ।
कुनै पनि देशमा चर्को व्याज लिने दिने क्रियाकलापले आर्थिक उन्नती र उत्पादन बढ्न सक्दैन । युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नाका लागि कृषि, उत्पादन, उद्योग, पर्यटन, जलस्रोतको विकास जस्ता कार्यमा नेपाली कांग्रेस लाग्नै पर्ने आजको अवस्था हो।
त्यसको लागि बैंक तथा वित्तीय संस्थाले ऋण दिने ‘प्रविधि उत्पादनमुखी बनाउन सकिएको छैन । ऋण शोषणमुखी हुनु हुँदैन । ऋण क्षमता वृद्धि र सहयोगी सुविधाको हुनुपर्छ ।
यतिबेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु नेपाली कांग्रेसको प्रमुख दायित्वभित्र राख्नुपर्छ ।
तर, नेपालमा व्याज महंगो, छोटो समयको लागिमात्र ऋण पाउने र साँवा व्याज तिर्ने नसक्ने खालको भएकाले नेपालमै लगानी गरी उद्योग व्यवसाय गर्ने अवस्था नदेखिएकोले लाखौं ऋण लिएरसमेत युवाहरू विदेश जान बाध्य भएको अवस्था छ ।
यो अवस्थालाई सरकारी नीति तथा कानूनहरूमा परिमार्जन गरी रोजगारमुखी र लगानीमैत्री बनाउन आवश्यक छ । बचतमा व्याज अधिकतम् ३ प्रतिशतभन्दा बढी दिन नहुने, कृषि तथा उद्योगमा ५ प्रतिशत व्याजमा लगानी अनि २५ वर्षसम्म ऋण तिर्ने अवधिको व्यवस्था गर्नुपर्छ ।
अनि स्थानीय निकायसँग समन्वय गर्दै आधुनिक कृषि प्रणालीको विकास गरी उत्पादन गर्ने वातावरण सृजना गरेमा स्वेदशमै लाखौ युवाहरूलाई रोजगारीको सृजना हुने तथा आर्थिक विकास हुने अवस्था आउने र उत्पादन समेत वृद्धि भई देश आत्मनिर्भर समेत हुनेछ ।
देशमा भइरहेको अस्थिर राजनीतिका कारणले जनताको विकास, समृद्धि, सुशासनको चाहाना पूरा गर्न नसक्दा हालको व्यवस्था, राजनीतिक दल, नेताप्रति जनआकर्षण घट्दै गइरहेको छ ।
आम जनतामा राजनीतिप्रति निराशा पैदा भएको हुनाले सरकार र प्रमुख राजनीतिक दलहरू पद र पावरको लागि मात्र हाबी भइरहेको अवस्थाले आम नेपाली जनता आजित छन् । जन्तका सामान्य भन्दा सामान्य समस्यालाई नेपाली कांग्रेसलेआफ्नै समस्य बोध गरेर अगाडि बढ्नुपर्ने खाचो छ ।
प्रतिक्रिया