मूलुक भन्दा बाहिर मुनाफा रहित उद्धेश्यले स्थापना गरिएको नेपाल बाहिरको सबै भन्दा ठूलो नेपाली पाठशाला टेक्ससको बिद्यालयमा वसन्त ऋतुको लागि भर्ना खुलेको छ ।
अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा स्थापित भएको यो नेपाली पाठशाला नेपाली समाज टेक्ससले सञ्चालन गर्दै आएको छ । आगामी वसन्त ऋतुको लागि एनएसटी ग्लोबल स्कुल अर्थात् नेपाल समाज टेक्सस बिश्व बिद्यालयमा भर्ना सुरु भएको छ । अमेरिकामा रहेका र नेपालीहरुले दोश्रो पुस्तालाई नेपाली भाषा ,संस्कृति ,संस्कार ,उत्सव ,चाडपर्व आदिको बारेमा पढाई रहेको उक्त बिद्यालय अमेरिकामा मात्र नभई बिश्व भरिका नेपाली समुदायमा परिचित छ ।
राजेन्द्र वाग्ले यसका बर्तमान अध्यक्ष हुन् भने उनले यस पटक बिद्यालयमा कला ,योग,सुसांख्य ( कम्पुटर ) कोडिंग अर्थात् सांकेतिकरण लगायतमा पढाई हुने वाग्लेले इनेप्लिजलाई बताए ।
हरेक शनिबार र आइतबार कक्षा संचालन गरिने छ । नेपाली समाज टेक्ससको आफ्नै भवन छ ।
NST Global Nepali School Admission Open Spring 2025 , Online र Physical दुबै माध्यममा पढ़ाईं हुने ( Jan 25th to May 2025) NST ग्लोबल नेपाली पाठशालामा तलको विषयहरुमा भर्ना खुल्यो । समयमा आफ़नो बालबालिका लाईदर्ता गर्नूहुन अनुरोध गर्दछौ । सिट सिमित छ । First Come First Serve !
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :
दर्ता लिंक ( Registration link)-https://docs.google.com/forms/d/e/1FAIpQLSc8N3_UrkUkV4C8aNCqKW4Ayq8Jv5vA0VZBZoz3ufezQyR7rA/viewform?fbclid=Iw
प्रतिक्रिया