अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स क्षेत्रमा केसी डान्स सेन्टरले आफ्नै नृत्य केन्द्र ( डान्स स्टुडियो)को स्थापना गरेको छ । आज जनवरी ११ शनिबारका दिन बिहान १० बजेको शुभ साइतमा आफ्नै नृत्य केन्द्र ( डान्स स्टुडियो)को विधिवत रुपमा उदघाटन भएको छ ।
उदघाटन कार्यक्रममा भर्जिनियाकै पण्डित राजेन्द्र खनालले केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठलाई पूजा गराए । उक्त कार्यक्रममा डिसी क्षेत्रकै अतिथिहरु तथा केसी डान्स सेन्टरका सहयोगी,शुभचिन्तक,डिसी क्षेत्रका विभिन्न संघ/संस्थाका प्रतिनिधि, कलाकार,बिधार्थी लगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, केसी डान्स सेन्टरले हरेक बर्ष कलिवुड नाइट नामक कार्यक्रम प्रस्तुत सन् २०१७ देखि नै गर्दै आएको छ । कलिवुड नाइट नामक कार्यक्रम सर्वाधिक लोकप्रिय कार्यक्रम मध्ये कै सर्वाधिक चल्ने कार्यकम हो । हरेक बर्ष आयोजना हुने कार्यक्रम समुदायको अद्वितीय साथ र सहयोगको कारण अपार सफलताको साथ सम्पन्न हुने गर्छ । हरेक बर्ष कलिवुड नाइट कार्यक्रममा उत्कृष्ट प्रस्तुति माथि प्रस्तुति गर्दै आएको केसी डान्स सेन्टरले डिसी क्षेत्रमा जन्मिएका तथा दोश्रो पुस्ताका बालबालिकाहरुलाई आफ्नो मंच(प्लेटफर्म )दिई उनीहरुको प्रस्तुतीलाई प्रथम प्राथमिकता दिदै आएको छ ।
दोश्रो पुस्ताका बालबालिकाहरुको प्रस्तुती व्यावसायिक कलाकारहरु जस्तै प्रस्तुती दिने गर्छन । समुदायले अत्यन्तै मन पराउने मध्ये कै उत्कृष्ट कार्यक्रम हो । हरेक बर्ष आयोजना हुने कलिवुड कार्यक्रममा मात्र केसी डान्स सेन्टरका १०० जना बिधार्थीहरु भन्दा ज्यादाले बिभिन्न प्रस्तुती दिने गर्छन ।
आजको उद्घाटन कार्यक्रममा नेपाली दुताबासको तर्फबाट आर्थिक सल्लाहकार युगराज पाण्डेको पनि उपस्थिति रहेको थियो । उद्घाटन पश्च्यात संस्थापक नबिन केसीले समुदायलाई बिगत झैँ निरन्तर सहयोग र साथ रहोस् भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।
त्यस्तै त्यहा उपस्थित अतिथिहरुले पनि केसी डान्स सेन्टरको डान्स स्टुडियो अर्थात् नृत्यालयको प्रगति उन्नतिको कामना गरे ।
प्रतिक्रिया