कवि राम अधिकारीको पहिलो कविताकृति “सपना र छायाहरु” अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), डी.सी. मेट्रो च्याप्टरको आयोजनामा, अनेसास दिवसको अवसरमा भर्जीनियामा लोकार्पण गरिएको छ । शब्द मिडीयाले प्रकाशन गरेको उक्त कृर्तिको विमोचन नेपालमा भएको थियो।
अनेसासको उक्त कार्यक्रममा कृतिको लोकार्पण प्रमुख अतिथि पुरुषोत्तम दाहाल, अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनाल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, कल्पलता द्वैमासिकका सम्पादक घन थापा र कवि अधिकारीले संयुक्त रुपमा गर्नुभएको हो ।
कार्यक्रममा कृतिको समीक्षा कवि तथा साहित्यकार नारायण अधिकारी र अनेसास विओटी तथा पुरस्कार समितिका अध्यक्ष तिर्थ पाण्डेले गर्नुभएको थियो । नारायण अधिकारीले बोल्दै भन्नुभयो – कवि अधिकारीले कृतिमा नेपाल र अमेरिकी बसाईका भोगाईलाई समेट्नुभएको छ । उहाँले थप्नुभयो – कविताहरु केही दार्शनिक र छोटा छन भने, कतै बणनात्मक शैली प्रयोग गरिएको पाईन्छ । उहाँले थप्दै भन्नुभयो – कविताहरु समसामयिक छन भने कतै कतै कुन प्रसंगमा लेखिएका कविता हुन भनेर छुट्याउन गार्हो भएको बताउनुभयो। अधिकारीले कविताहरुले समग्र जीवनको पक्षलाई कतै कतै सनेट्न नसकेको, एकपक्षीय दृष्टिकोण आएको भन्दै कविताहरुले अर्को पाटोलाई किन नसमेटेको होला भनि आलोचना गर्नुभएको थियो । अन्तमा केही भाषिक तथा शुद्दाशुद्दीक त्रुटिहरु रहेको र आगामी संस्करणमा त्यो सच्याउन आवश्यक रहेको बताउनुभयो !
त्यस्तै अर्का समालोचक तिर्थ पाण्डेले कृतिमा धेरै नेपाली समाजका बिषयवस्तु र केही विदेशी जीवन भोगाईका बिषयबस्तु समेटिएको बताउनुभयो । कविका धेरै कविताहरुले आंचलिक विषयबस्तु र संदर्भ उठान गरेपनि भाषिक र भाषिका तथा स्थानियपनको कवितामा अभाव रहेको बताउनुभयो । पाण्डेले कविताहरु छोटा भईकन पनि किल्टताको गहिराईतीर गएको बताउनुभयो ।
सोही अवसरमा भीम शाही, प्रकाश नेपाल र कल्पना सुवेदीले कृतिबाट केही कविताहरु वाचन गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा अनेसास दिवसको अवसर पारेर संस्थाका सस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो । छोटो मन्तव्यमा बोल्दै सुवेदीले पनि संस्थाको ईतिहास र संघर्षका दिनहरु सम्झनुभयो । सुवेदीले राम अधिकारीको कृर्ति पढ्न पाएको र समग्र कविताकृति अस्तित्वबादी चेतनाको वरीपरी घुमेको बताउनुभयो । अधिकारी अहिले अनेसासको समिति सदस्य नभए पनि सदैव सक्रिय भएर तथा कृति रचना गरेर भाषा साहित्यमा योगदान पुर्याएको बताउनुभयो ।
सोही कार्यक्रममा होमनाथ सुवेदीको आजै विमोचित गजलकाब्य नन्दाको पनि युटुव च्यानलमा काव्य सुनेर भजिनियाको लागि लोकार्पण गरिएको थियो। यद्दपी यसको परिचर्चा भने गरिएन । कार्यक्रममा पुव केन्द्रिय अध्यक्ष पुरु सुवेदीले आफ्ने मन्तव्य राख्नुभएको थियो भने भीम रेग्मीले अनेसासको संस्थापना र यहाँसम्म ल्याउनका लागि गरिएका प्रयासलाई मन्तव्यमा सम्झनुभएको थियो । डी.सीं मेट्रो च्याप्टरका अध्यक्ष निलकण्ठ सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम च्याप्टरका महासचिव जगन्नाथ पोडेलले गर्नुभएको थियो भने उक्त कार्यक्रमको फेसबुक लाईभ ईनेपलिजका प्रधान सम्पादक विश्वराज थापाले गर्नुभएको थियो ।
प्रतिक्रिया