पुर्ब राष्ट्रपति भण्डारीज्यु मा सार्बजनिक पत्र

इनेप्लिज २०८१ पुष २९ गते ३:१९ मा प्रकाशित

महामहिम सादर नमस्कार सुस्वास्थ्य एबम दिर्घ् जीवनको कामना गर्दछु

चर्चा छ यहाँमा राजनीतिमा सक्रिय हुन् ध्यान खिचिएको छ। म मार्फत आम स्वतन्त्र नागरिक्को प्रश्न छ के को लागि? र एमाले मार्फत नै किन ? मानौ ओलिज्युले सहजै नेतृत्व छोड्नु भयो नेपाल खनाल गौतम रावल आदि समेट्नु भयो अर्थात एमालेको बहुमतको सरकार पनि बन्यो । २०४७ साल पछी कति वटा बहुमतको अनि दुइ तिहाइको सरकार गिर्यो स्मरण गर्नु र कारण खोतल्नु पर्ने हुन्छ कि ? गणतन्त्रको सर्बोच्च पद हासिल गरि सक्नु भएकी यहाको राजनीतिमा अझै सक्रियाको उदेश्य के होला ?अनि ओलिज्यु को बिरासत पछी नेतृत्व लिन धुपबत्ती गरि रहेकाहरुले यहाँ लाइ आत्मादेखि स्थान देलान ? उनि हरु लाइ नै अवसर दिए हुँदैन र ? वा प्रयोग भैसकेका पात्र र प्रवृति नै बोकेर एमाले अगाडी बढ्छ भन्ने भ्रम त् त्याग्नु पर्छ कि ? नागरिक परिबर्तनको आकांक्षा बोकेर सडकमा आउँन खुट्टा उचालेर बसेका छन्।

यदि यहाको सक्रियता संकट उन्मुख देशको स्वतन्त्रता स्वाधिनता सार्बभौमिकता एबम राष्ट्रिय अस्मिता बचाउने उदेश्यले हो भने लोकतान्त्रिक राष्ट्रबादी नेता व्यक्तित्व र बिज्ञहरुको राष्ट्रिय मोर्चा र त्यसको नेतृत्व लिने गरि अगाडी बढ्नुस ८४ को निर्वाचन अगावै बर्तमान संविधानको परिमार्जन निर्वाचन पद्धतिको परिमार्जन गर्नको लागी शान्तिपूर्ण आन्दोलनको अनिवार्यता हुन्छ। समयले त्यसको लागि एक इमान्दार निष्पक्ष र दृढ प्रतिबद्धता भएको नेतृत्वको अपेक्षा राखेको छ। खोजेको छ।

महामहिमज्यु कहिले आउला सुशासन यो देशमा ?अनि अमेरिकन बेलायती जापानिज लगायत विश्वका धनाढ्यहरुलाइ नेपालमा काम (लगानी ) गर्न आउन यस्तो सूचना जारि हुनेछ नेपालीले बिदेशमा आफ्नो उत्पादनमा लगानी गर्ने छन् ..बुद्ध जन्मेको देश अध्यात्मिक समाज जैविक(अर्गानिक ) खाना सुन्दर शान्त नेपाल बनोस अनि गर्ब साथ् बिदेशीको अगाडी यस्तो सूचना प्रकाशित गर्न कहिले योग्य हुने हामि ?

                       "OPEN  FOR  BUSINESS "

“ONE OF THE MOST STABLE AND CORRUPTION FREE DEMOCRACIES IN THE WORLD HIMALAYAN KINGDOM OF NEPAL IS A SAFE PLACE TO INVEST YOUR ENERGY ,SKILLS AND MONEY “.

गिरिजाले सधै ग्रयाण्ड डिजाइन भन्थे तर उनले त्यो के कस्तो को बाट खुलाएनन

राजाले हांसी हांसी गद्धी छोड्नुको मूल कारण यहि ग्रयाण्ड डिजाइनको अन्तर्य बोध थियो तर मुख खोल्नु उचित समय ठानेनन सायद वा बोलेर पनि अवस्था नागरिकले बुझ्ने थिएन त्यहि उनले बुझे लड्नु भन्दा छोड्नु बेश ग्रयाण्ड डिजाइन १ तिबेत मिसन २ इशाई मिसन ३ जलस्रोत कब्जा थियो /हो। त्यसैले यूरोपियन युनियन र अमेरिकाको स्रोत र साधन भारतको सुरक्षामा प्रचण्डलाइ निमित्त नायक बनाइ यी तिनै कुराको बाधक राजसस्था लाइ लोकतन्त्रको आवरणमा पाखा लगाउनु थियो सफल भए। आज देशले त्यसको परिणाम भोग्दैछ सिंहदरवार टाट पल्टेको छ लैनचौर दरवार आफु खुसि व्यक्ति (सस्थाको नाम लेपन गरेर )२० करोड सम्म लगानी गर्ने अर्थात् द्वेद शासन चलाई रहेछ। एम सी सी को अन्तर्य र बहुदल र खास गरि प्रचण्डको उदय पश्चात बिसौ हज्जार चर्च निर्माणको स्रोत र साधनको कथा भनि राख्नु परेन बुद्धको जन्मभूमि नेपाल आज बुद्ध मार्गी (मानसिकता )सुन्य तर्फ उन्मुख छ। पछिल्लो पटक व्यक्तिको लहडमा चीन लाइ धोखा दिने काम मात्र भएको छैन दुइ स्वतन्त्र देश बिच भएका सम्झौता /समझदारी लाइ अर्को देशको अधिकारि लाइ स्पष्टिकरण दिन जानु नेपालको स्वाधीन अस्तित्व लिलामी हो तर कोइ किन बोल्दैन ? यस्तो स्खलित कुटनैतिक अवस्था इतिहामा कहिले पनि भाको थिएन। राष्ट्रबादी हु भन्ने ओलिज्यु बोल्नु हुन्न अझै आरजु पदमा छिन् त्यसैले भन्दै आएको छु यहि पद्धती नेतृत्व बर्ग र निर्वाचन प्रवृति रही रहे ८९ को निर्वाचन पश्चात नेपालको अस्तित्व आंशिक वा पूर्णरुपमा समाप्त हुनेछ। फरक मिसनको लागि त्रिकोणीय गठबन्धनले आक्रमण(लगानी ) गरेको शासन सत्ता उनिहरुकै हातमा छ त्यसैले सबै भन्दा हितैषी एउटा छिमेकी राष्ट्रको हुर्मत लिने काम हुँदैछ प्रधानमन्त्री ओलिज्युमा अलिकति पनि नैतिकता भए आरजु राणा लाइ भारत पुगेकै दिन बर्खास्त गर्थे तर उनि पनि मात्र मोदीको दर्शन पाउने आशाक्तिमा राष्ट्रको हुर्मत लिएको टूलु टूलु हेरेर बसेका छन्।

राष्ट्र बचाउने हो भने अब १ लोकतान्त्रिक राष्ट्रबादी मोर्चा गठन गरि वर्तमानका नेतृत्व बर्ग (TESTED AND FAILED )लाइ विस्थापन गर्ने ,र २ परिमार्जित गर्ने संविधानको खाका तयार पार्ने जुन निर्मम मितव्ययी ,सामाजिक मनोविज्ञान र आर्थिक औकातको मौलिक होस् ध्वस्त भएको कुटनैतिक मर्याद र सम्मानको लागि उच्च स्तरीय कुटनैतिक नीति निर्माण होस् र ८४ को निर्वाचन अगावै शान्तीपुर्बक सडक आन्दोलन बाट संबिधान परिमार्जन गरि तदनुरूप निर्वाचनमा नजाने हो भने यो ५० नाघेको पुस्ता कलंकित भएर इतिहासमा लेखिने छ आउने पुस्ताले नेपाल भन्न पाउने छैन इतिहासको पुस्तकमा बाहेक बिदेशी ग्रयाण्ड डिजाइनको कब्जा बाट नेपाललाइ मुक्त गर्न यहाको राजनैतिक सक्रियता हो भने स्वागत छ सहयोग हुन्छ छलफल बहस सुरुवात गर्नु होस् राष्ट्रको एक असल र जिम्मेवार नेत्रीको रुपमा आफु लाइ स्थापित गर्नु होस् हार्दिक शुभकामना छ भन्ने धृष्टता गरेको छु।

धन्यवाद
शेखर ढुंगेल
काभ्रे नेपाल

प्रतिक्रिया