अमेरिकाको इन्डियानापोलिसमा डब्लुएनबिएकी प्रसिद्ध बास्केटबल खेलाडी केटलिन क्लार्कलाई पछ्याएको आरोपमा टेक्ससका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
सोमबार एक समाचार विज्ञप्तिमा म्यारीयोन काउन्टीका अभियोजक रायन मियर्सले अनुसन्धानपछि टेक्ससका ५५ वर्षीय माइकल लुइसलाई आइतबार इन्डियानापोलिसमा पक्राउ गरी मुद्दा चलाइएको छ ।
अदालतका कागजातहरू अनुसार प्रहरी अधिकारीहरुले लुइसले सामाजिक संजाल एक्समा इन्डियाना बास्केटबल फिभर टोलीकी चर्चित खेलाडी केटलिन क्लार्कलाई सन्देशहरू पठाइरहेको पत्ता लगाए । पठाईएका सन्देशहरुमा धेरै धम्कीपूर्ण र यौन सन्देशहरू पाईएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिले “म टिकट लिदै छु । म बेन्च पछाडि बसिरहेको छु,” जस्ता लेखेका सन्देशहरु पठाएका थिए ।
अधिकारीहरूका अनुसार लुइस इन्डियानापोलिसको यात्रा गरेका थिए । र , शहरको एक अतिथिगृह (होटल)मा बसिरहेका थिए। गत बुधबार प्रहरी अधिकारीहरूले लुईसलाई भेटे र उनले “काल्पनिक सम्बन्ध” रहेको स्वीकार गरे ।
प्रहरी अधिकारीहरूसँगको भेटघाटको अतिरिक्त उनको सन्देशहरू जारी रहे। दोषी ठहरिएमा लुईसलाई एक देखि छ वर्षको जेल सजाय र १० ,००० डलर सम्म जरिवानाको सामना गर्नुपर्नेछ।
प्रतिक्रिया