एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनको नयाँ कार्यकारी समिति गठन ,अध्यक्षमा अभिजित राई निर्वाचित

इनेप्लिज २०८१ माघ १ गते २३:४० मा प्रकाशित

एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनको २०२५-२०२६ को लागि नयाँ कार्यकारी समितिको गठन भएको छ । अध्यक्षमा अभिजित राई निर्वाचित भएका छन् । बिज्ञप्तिमा व्यवस्थापन समिति २०२५ -२०२५ भनेर घोषणा गरिएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसन(संघ )अत्यन्तै सक्रिय रहेको छ भने स्थापना काल देखि नै खेलकुदमा बिशेष योगदान पुर्याउदै आएको छ ।

डिसी महानगर क्षेत्रमा एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनले क्रिकेट,भकुण्डो (सकर) लगायत खेलमा थुप्रै पदक तथा उत्कृष्ठता हासिल गर्नुको साथै थुप्रै पदकहरु हात पारी सकेको छ ।

नव निर्वाचित समितिमा निर्वाचित भएका पदाधिकारीहरुमा क्रमस अध्यक्षमा अभिजित राई ,उपाध्यक्षमा पुजन खरेल ,महासचिवमा दिपक पाठक तथा कोषाध्यक्षमा इकेश पाण्डे निर्वाचित भएका छन् ।

यसै गरि संचालक समितिको सदस्यहरुमा क्रमस सुशन तिवारी , सुजन खनाल,मोनिश सापकोटा ,दिल बिष्ट ,अर्जुन धोज खड्का , बिशाल केसी ,आशिष सापकोटा ,धिरज पाण्डे ,संजिव ज्ञवाली ,पियुष घिमिरे , सौर्य भण्डारी ,सफल बानिया तथा दीपं प्रताप सिंह निर्वाचित भएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०२१ मा स्थापित भएको एभरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनले स्थापना काल देखि नै सशक्त रुपमा आफ्ना क्रियाकलाप निरन्तर रुपमा जारी राखी रहेको छ ।

नयाँ कार्यकारी समितिमा निर्वाचित हुने सबै पदाधिकारीहरुलाई ईनेप्लिज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !

प्रतिक्रिया