अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टनमा बसोबास गर्ने गायक निर्मल कार्कीले निकाए फूल झैं मन्द बास्ना…’ नामक युट्युब गीत निकालेका छन् ।
उनले आफ्नो पहिलो साङ्गीतिक सौगात स्वरुप ‘फूल झैं मन्द बास्ना…’ नामक गीतको श्रब्यदृश्य( भिडियो ) युट्युबमार्फत सार्वजनिक गरेका हुन् । डेढ दशक देखि अमेरिका आएका उनि लगनखेलक हुन्
उक्त गीतका रचनाकार केशव मिश्रको शब्द, सङ्गीतकार प्रभुराज ढकालको सङ्गीत र एरेन्जर प्रज्वल लामाको सङ्गीत संयोजन रहेको छ भने स्वर निर्मल कार्कीको रहेको छ ।
गीतले युवा पुस्ताको प्रेमिल अवस्थालाई चित्रण गर्दै प्रेम अलापलाई कलात्मक रुपमा पस्किने प्रयास गरेको छ ।
मिनाक्षी कोइरालाको निर्देशन रहेको यस गीतमा बिना राउत र सुप्रिम पाण्डेले अभिनय रहेको छ। गायक कार्की बाल्यकालदेखि नै गीत सङ्गीतप्रति रुचि राख्ने र विद्यालय/क्याम्पसमा हुने साङ्गीतिक कार्यक्रमहरुमा भागलिएर गीत गाउने गर्दथे।
बोस्टनमा बस्दै आएका कार्कीले बोस्टन स्थिति पशुपतिनाथ बुद्ध मन्दिरमा हरेक आइतबार साँझ हुने भजन किर्तन कार्यक्रममा सहभागी भै आफ्नो प्रस्तुति दिदै आएका छन् ।
भइ आफ्नो गायकी कला र सीपलाई थप निखार्ने प्रयास गरिरहेका छन्। बेला बखत मौका मिल्दा उनले बोस्टनमा हुने साङ्गीतिक कार्यक्रमहरुको मञ्चमा पनि आफ्नो प्रस्तुति दिदै आइरहेका छन्।
उनले दर्शक/श्रोताहरुलाई प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् । यो गीत संगै अन्य गीत ल्याउने उनि तरखरमा रहेको ईनेप्लिजलाई बताए ।
प्रतिक्रिया