अमेरिकाको डिसी महानगर क्षेत्रमा ब्याडमिन्टन (प्वाँखमुङ्ग्री)प्रतियोगिता हुँदै

इनेप्लिज २०८१ माघ ६ गते १५:०२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा ब्याडमिन्टन (प्वाँखमुङ्ग्री)प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अमेरिकाको भर्जिनिया राज्यको स्टरलिङ्ग शहरमा आगामी फेब्रुअरी १ का दिन हुने आयोजकले ईनेप्लिजलाई बताए ।

फेब्रुअरी १ ,२०२५ शनिबारका दिन हुने प्रतियोगिताको आयोजना डिएमभी युथ एकाडेमी ( डिसीमहानगर युवा प्रतिष्ठान )ले आयोजना गर्ने भएको छ । डिएमभी युथ एकाडेमीको यो प्रथम प्रथम प्रतियोगिता हो ।

यो प्रतियोगिता फेब्रुअरी १ तारिख (शनिबार) साँझ ६:०० बजे देखि राति १०:०० बजे सम्म स्टरलिङ्ग भर्जिनिया (Sterling, VA )स्थित 21598 Atlantic Blvd, Suite #100 मा आयोजना हुनेछ ।

प्रतियोगिताका मुख्य विशेषताहरुमा युवा तथा युवती अर्थात् १४ बर्ष माथीका इच्छुक खेलाडीहरुले नाम दर्ता गराउन सक्ने छन् । त्यस्तै गरि पुरुष तर्फ ३५ बर्ष देखि माथि उमेरका खेलाडीले समेत आफ्नो नाम एकल प्रतियोगितामा नाम दर्ता गराउन सक्ने छन् । साथै पुरुष जोडा प्रतियोगिताको समेत आयोजना गरिने छ । उक्त प्रतियोगितामा सहभागी हुन् एकल पुरुष खेलाडीले ३० डलर र जोडी पुरुष खेलाडीले ५० डलर दर्ता शुल्क तिर्नु पर्ने छ ।

बिजेताहरुलाई नगद तथा पदकद्वारा सम्मान गरिनेछ । तर त्यसको लागि अग्रिम रुपमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

दर्ता मिति : January 29, 2025 सम्म खुला रहने छ । Zelle मार्फत दर्ता शुल्क पठाउन सकिनेछ: [email protected]

थप जानकारीका लागि सम्पर्क:
• बिधुतिय डाक (ईमेल): [email protected]
• घुम्ती यन्त्र (फोन): (334) 492-2046

यो प्रतियोगिता खेलकुदप्रेमीहरूका लागि ठूलो अवसर हो । डिएमभी युथ एकाडेमी( DMV Youth Academy )ले इच्छुक सबैलाई यस प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया