नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता एवं समाजसेवी हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । आज बिहान पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी प्रवेश कार्यक्रम गरि वाग्लेलाइ स्वागत गरिएको कांग्रेसका ओखलढुंगा जिल्ला सचिव अजय लुइटेलले जनाकारी दिनुभयो । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय केही समय अघि नेकपामा प्रवेश गर्नुभयको थियो ।
नेकपा विभाजन पछि माधव नेपाल समुहको नयाँ दल नेकपा एसमा रहेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । साेही दलकाे तर्फबाट कोशी प्रदेश अन्तर्गत खेलकुद विकास बोर्डमा सदस्य सचिव रहेका वाग्ले कांग्रेसमै फर्कनु भयको हो । नेपालका कम्युनिष्ट पार्टीबाट समाज रुपान्तर नागरिकका समस्या समाधान नहुने निष्कर्षसहित वाग्लेले कांग्रेस प्रवेश गरेको बताउनुभयको छ ‘यो देशमा कम्युनिष्ट पार्टीबाट राजनीतिक सामाजिक परिवर्तनको अभियान सम्भव छैन भन्ने मेरो निश्कर्ष हो’, –‘लोकतान्त्रीक पार्टी नेपाली कांग्रेसबाटै राजनीतिक सामाजिक भविश्यक सुनिश्चित हुने विश्वास वग्लेले ब्यक्त गर्नुभयको छ।
प्रतिक्रिया