अमेरिकाकी टेनिस खेलाडी किजले अस्ट्रेलियन टेनिस प्रतियोगितामा बिश्वकी शीर्ष १ खेलाडीलाई हराउदै उपाधि जितिन

इनेप्लिज २०८१ माघ १२ गते १४:११ मा प्रकाशित

अमेरिकाकी टेनिस खेलाडी म्याडिसन किजले अस्ट्रेलियन टेनिस प्रतियोगितामा बिश्वकी शीर्ष १ खेलाडीलाई हराउदै उपाधि जितेकी छन् ।

किजले अस्ट्रेलियन ओपन(खुला प्रतियोगिता) मा पहिलो ग्रान्ड स्ल्याम (महत्वपूर्ण पदक )उपाधि जित्न सफल भएकी छिन् । उनले अन्तिम रोमाञ्चक खेलमा विश्व नम्बर १ अर्थात् संसार कै महिला टेनिस खेलकी शीर्ष खेलाडी आर्यना साबालेन्कालाई स्तब्ध पारिन् ।

म्याडिसन किजले शनिबार दुई पटककी बिजेता तथा शीर्ष खेलाडीलाई ६-३, २-६, ७-५ ले हराइन्। २९ वर्षीया अमेरिकी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमिन । किज यसअघि महत्वपूर्ण प्रतियोगिताको उपाधिको नजिक पुगेकी थिइन् ।

२०१७ को अमेरिकी टेनिस प्रतियोगिता एर्त्हत यूएस ओपन फाइनल र चारवटा प्रमुख सेमिफाइनलमा पुगिन्। तर अन्तिममा पराजित भएकी थिइन् ।

प्रतिक्रिया