टीकापुर सरोकार समुहले बीरेन्द्र बिधामन्दीर मावि टीकापुरमा सुबिधा सम्पन्न पुस्तकालय  बनाउने 

इनेप्लिज २०८१ माघ १२ गते १७:२६ मा प्रकाशित

टीकापुर , कैलाली ।विभिन्न समयमा टीकापुर र टीकापुर  वरपरका क्षेत्रमा सामाजिक एवं मानविय कार्य र परियोजना गरिरहेकोटीकापुर सरोकार समुहले  बीरेन्द्र विद्या मन्दिर टीकापुरमा बिधालयको स्वर्ण जयन्तीको अवसरमा बिधालयमा अत्याधुनिक सुबिधा सम्पन्न  पुस्तकालय ,  इलेक्ट्रोनिक लाइब्रेरी ( e- Library )सहित  स्थापना गर्ने भएको छ  । 

विद्यालय सुधारको एउटा महत्वपूर्ण प्रस्थानविन्दु पुस्तकालय  कार्यक्रम हो भन्ने लागेको एवं सरोकारवाला र विज्ञहरुले समेत पुस्तकालय आधुनिकीकरणले विद्यालयका विद्यार्थीहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने राय दिएकाले श्री बीरेन्द्र विद्या मन्दिरमा अत्याधुनिक पुस्तकालय निर्माण गर्न थालिएको समुहले एक बिज्ञप्ती जारी गरि सार्वजनिक गरेको  छ । 

जसमा पाठ्यक्रमका सहित  सयौं महत्त्वपूर्ण  पुस्तकहरु , दशहहार भन्दा बढी ई पुस्तक हरु ,  कम्प्युटरहरु, त्यसका सहायक सफ्टवेयर र अन्य उपकरणहरु, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरु लगायतका सुविधाहरू स्थापित /जडान गरिने छ। 

उक्त अत्याधुनिक पुस्तकालय टीकापुर सरोकार समूहको संयोजन , नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोग मा सम्पन्न हुनेछ। पुस्तकालय  निर्माणको ऎतिहासिक कार्यमा  हामीलाई निम्न दाताहरूले सहयोग गर्नुभएको छ र उहाँहरुप्रती हामी अत्यन्त अनुग्रहित छौं समुहका सचिव नवराज भट्टराईले बिज्ञप्तीमा भनेका छन ।

श्री बीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्तीको अवसरमा ” बिधालय पुस्तकालय बिस्तार तथा आधुनिकिकरणका लागि डा. सुधीर रुपारेलिया , रुपारेलिया फाउन्डेसन , युगान्डा , अफ्रिकाले  अमेरिकी डलर ५००० ( नेरु ६८०,०००) ,  श्री मिनबहादुर रावल , टीकापुर  रु ४ लाख र गगन फाउन्डेसन , टीकापुरले  रु . एक लाख  प्रथम चरणमा सहयोग गरेका छन ।

यस सामाजिक कार्यमा अहोरात्र खटेर पुस्तकालयको परिकल्पनालाई साकार बनाउनुहुने बीरेन्द्र विद्या मन्दिरका गुठियारहरु, प्राचार्य, शिक्षकहरु, युगान्डाका लागि नेपाल सरकारका मानार्थ  महावाणिज्यदूत  महामहिम डा. सुधीर रुपारेलिया, टीकापुर विकास समितिका पूर्व अध्यक्ष श्री मीन बहादुर रावल , यस योजनाका परिकल्पनाकार र समन्वयकर्ता  टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापा, अध्यक्ष प्रशान्त अर्याल,सदस्य बिकास रावल लगाएत समुहका सदस्य , शुभचिन्तक , दाताहरु र  टीकापुरकानागरिक लगाएत  समस्त सहयोगी सबैमा टीकापुर सरोकार सुमुहले एक बिज्ञप्ती मार्फत धन्यवाद ब्यक्त गरेको छ ।

 यस  पुण्य कार्यका लागि सहयोग गर्नु हुने डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतिनिक वाणिज्य दूत हुनुहुन्छ । उहाँ युगाण्डाको सबैभन्दा ठूलो औधोगिक एंव ब्यापारिक प्रतिष्ठान  रुपारेलिया ग्रुपका अध्यक्ष हुनुहुन्छ । 

श्री मीनबहादुर रावल टीकापुर नगर तथा बीरेन्द्र विद्या मन्दीर स्थापनामा योगदान दिने प्रमुख ब्याक्तित्व मध्य एक हुनुहुन्छ । टीकापुर बिकास समितीका पुर्व योजना प्रमुख रावल विद्वान, सामाजिक चिन्तक तथा कुशल योजनाविद तथा ब्यबस्थापक हुनुहुन्छ ।

त्यसैगरी गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका कर्णालीको छेउछाउ , पुर्खाको चिठी , अस्ताचलको ढोकाबाट  लगाएत नौ वटा साहित्यिक कृतिहरु प्रकाशित छन ।

प्रतिक्रिया