लेख -पूर्ण को छ र ? भएकोमा सन्तोष हुन् सक्नु पर्छ !

पत्रकार/लेखक २०८१ माघ १४ गते २:०७ मा प्रकाशित

जीवनमा केहि कमि हुँदैन भने आबस्यकता को महशुस पनि हुँदैन .कमि र अभाब प्रत्यक मानिस को जीवन मा हुन्छ .राजा महाराजा ,धनाड्य ब्यापारी वा साधारण मानिस सबैमा आ आफनै प्रकार को अभाब अनि आबस्यकता खड्किएको हुन्छ।सबैको मनमा थप अरु थप अरुको चाहनाले बास गरेको हुन्छ ।महान मनोबैज्ञानिक मास्लोका अनुसार मानिसको जीवन निम्न ५ प्रकारको आबस्यकताको वरिपरी घुमी रहेको हुन्छ १ – शरीर को आबश्यकता (भोक ,प्यास र योंन् )२ -जीवन को सुरक्षा ३ -सम्पर्क र प्रेम को चाहना ४ -आत्म सम्मान वा प्रतिष्ठाको लालच ५ आत्म सिद्धि -भनिन्छ मानिस -ले आफ्नो कमि लाइ शक्तिमा परिबर्तन गर्दछन ।उदाहरणको लागि Albert Einstein र Abraham Lincoln को नाम लिन सकिन्छ।अझ भनिन्छ मानिसमा सपूर्णता हुने हो भने त् यहाँ इश्वर नामको अस्तित्व समेत रहदैन्थ्यो।

मानिसको जीवनलाइ नजिकबाट गहन अध्ययन कर्ताले के निस्कर्ष निकालेका छन् भने मानिसको धेरै दुखको कारक तत्व स्वयमको न् भएर अर्काको खुसि भएको देखिन्छ ।सबैले सबैको आन्तरिक असलियत थाहा पाएका हुदैनन।अनि अर्को मानिसको महंगा कार ,ठुलो घर ,लवाइ खवाई जस्ता बाहिरी आडम्बर सित आफ्नो आन्तरिक असलियत अवस्थालाइ दाज्ने गर्दछन र आफ्नो अपूर्णतामा दुखि हुने गर्दछन ।तर एक्कै छिन अर्काको बाहिरी आडम्बर भित्रको याबत झुठ ,धोखा ,अनैतिकता ,भ्रष्टता सित आफ्नो इमान्दारिता ,नैतिक आचरण र सदाचार तौलिने हो भने जीवन गर्ब गर्न लायक ,उच्च मनोबलयुक्त हुन्छ र शान्त हुन्छ . महात्मा गौतम बुद्धले भन्नु भएको छ “सन्तोष नै सबै भन्दा ठुलो सम्पति हो “।त्यो सम्पति संसारको कुनै पनि असन्तोषी र आडम्बरीले पाउन सक्दैन।तसर्थ मानिस ले आफुलाइ कहिले पनि अर्काको आडम्बर सित दाज्ने गर्नु हुदैन जसले आफु लाइ दुखि अपूर्ण वा हिन भावनायुक्त बनाएर लक्ष को बाटो बिचलित गराइदिन्छ ।आफ्नो योग्यता ,क्षमता समय अनि प्रतिबद्धतामा निर्भर वा विश्वास गरेर त्यसमानै सन्तोष हुन सक्नु पर्दछ। आफुलाइ अरु सित दाजेर सधै कमजोर वा अपूर्ण मानसिकता बोक्नु हुदैन जसले गर्दा आफु अनुकुल र आफ्नो क्षमताको सफल हुने काम समेत छुट्दै जान्छ।मानिस झन झन पछाडी पर्ने र असफल हुने गर्दछ ।जीवनको अपूर्णता र अभाब नै मानिसको अगाडी बढ्ने प्रेरणा हो मुख्य कुरो म अन्य भन्दा फरक भूमिकाको लागि जन्मिएको हु जे छ पूर्ण छ/छु आफ्नै औकातमा यहि हो अन्तिममा सुख र शान्तिको बाटो न मन्दिर न गुरुको आदर्श बचन र शन्देशले कसैले पूर्णता पाउन सक्छ।

बर्तमान बिस्व दैनिक बिकसित भौतिक साधनको सुबिधाको पछाडी दौडिएको छ दौडिनु पर्छ। आबस्यकता आकांक्षा र सपनानै बर्तमान बिस्वकोको बिकासको मूल आधार हो। यो आधुनिक भौतिक सुबिधालाइ कुनै महात्मा योगी जोगीले पनि अस्विकार गर्न सकेको छैन। यिनै माग र आपूर्तिको नियतिमा आबस्यकता र पूर्णताको बजार चली रहन्छ। आबस्यकता र औकात बिचको मार्गमा हिंडी रहदा प्रत्यक कदममा इच्छा र बिबेकको दोबाटो पार गर्नु पर्ने हुन्छ बस त्यहि बेला इच्छालाइ त्यागि बिबेकको बाटो पहिल्याउदै अगाडी बढ्न सक्यौ भने अपूर्णताको शिखरमा पुगेर पनि शान्ति र सन्तोषको स्वास फेर्न साफक हुन्छौ।

Shekhar Dhungel (शेखर ढुंगेल)

सृष्टि कर्ताले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन् ।तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब ,बिना सुबिधा असुबिधाको बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोग को हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो।

पत्रकार/लेखक

शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ

प्रतिक्रिया