नेपालमा ल्होछारको आगमन संगै तातेको माहौल

इनेप्लिज २०८१ माघ १५ गते ११:२६ मा प्रकाशित

ल्होछारको बाह्र महिना पछि पुन माघ महिनाको आगमान आएसंगै नेपालको पूर्व मेचि देखि पश्चिमा महाकाली, तराई देखि हिमाल सम्म ल्होछारको माहोलले छाएको छ । दाज्र्यूहरुका फरफराई, लुङतोरहरुका फरफराईले स्पष्ट पार्छन तामाङङ्गहरुको गाँऊ अर्थात घर हो भनेर । हाम्रा गाँऊघरका लामाहरुलाई फुर्सतनै छैन,माघ महिनामा विवाहको सायद छोपेर जजमानहरुको घरमा गएर,आशिर्बादको मोलम पाठ गर्न पर्ने, अर्कोतिर दसाग्रह फ्याल्ने घयाप्से पूजा गरेर जजमानहरुको घरमा पुग्न पर्ने जस्तै सोह्रश्रादका ब्राह्मणहरुलाई भ्याईनभ्याई भएको छ । माघ १७ गतेको बृहत ल्होछार कार्यक्रमका लागि मन्चहरुको तयारी भै रहेको प्रत्यक्ष्य देखियो ।

हिजो थापाथली स्थित मार्टिन चौतारीको भवनमा तामाङ्गजातीका बिद्धवानहरुको यसबारे गोष्टि भएको थियो, पंक्तिकारको पनि उपस्थित थियो । विभिन्न बक्तहरुले ल्होछारको बारेमा विगतका कठिनाईहरु र अहिलेका दिनहरुमा के कस्ता परिनामहरु पाइएका छन भन्ने विषयहरुमा आधारित छलफलको मूख्या बिषयहरु बनेको थियो । तर गोष्टिमा आर्थिक सामाजिक,संस्कृतीहरुका पक्षमा भन्दा राजनैतिक पार्टीगतका कुराहरुले बढि स्थान पाएका थिए । तामाङ्गहरुले कहिलेदेखि ल्होछार मान्न थाले, किन यसपालीको ल्होछार २८६१ भयो कुन शासकहरुका पालादेखि सुरु भयो भन्ने विषयमा छलफल भएन ।

जनजातीहरुबाटै हेपिइएका तामाङ्गहरुले आफना बर्गको हगहितका लागि भन्दा पार्टीगत स्तूति गाँउन बढि रुचाउन थालेपछि शैक्षिक उन्नति आर्थिक उन्नति, सामाजिक उत्थानहरुका विषयहरुमा धमिरा लागेका छन । घेदङका पदअघिकारीहरु विभिन्न राजनीतिक पार्टीसंगठनका प्रतिनिधित्व गरेर बसेका छन यो पंक्तिकार प्रत्यक्ष्य रुपमा संसार भरिका जनजातीहरुसंग र उनिहरु घरगाऊँमा घुमेर उनिहरुसंग सहकार्य गर्ने मौकाहरुमिलेका थियो तर कहिलेपनि उनिहरुले आफनो बर्गको हकहितका विषयमा छलफल गर्दा कहिले पनि राजनैतिक पार्टीगतका विषयमा छलफल गरेका सुनिएन पनि देखिएन ।

त्यसैले २०३६ साल श्रावण, २५ गते पुल्चोक स्थित भूतपुर्व सैनिक हलमा तामाङ्गहरुको बृहत सम्मेलन भएको थियो । झण्डै २५ सयको हाराहारिमा तामाङ्गहरुले सहभागी जनाएका थिए, त्यसमध्ये नेपाल कांग्रेसपार्टीका नेता बखान सिंह गुरुङ पनि उपस्थित थिए, पंक्तिकारले “हजुर नेपाली कांग्रेसका बरिष्ठ नेता हाम्रा सम्मेलन त राजनीतिक होइन” भन्दा उहाले भनेका थिए, मेरा बिचारलाई सिद्ध।न्तलाई पारी राखेर उहाँ एउटा पर्बेक्षक भएर आएको जनाएका थिए । त्यसैगरि घेदुङका पदाधिकारिहरुले पनि यो राजनीतिक थलो होइन, सामाजिक संंस्था हो भनेर, सामाजिक उत्थानका विषयहरुमा बढि ध्यान दिएर कार्य गरे, पार्टीका राजनैतिक भन्दा अलग रहने भए झन धेरै कार्यहरुको विकाश हुन्थो कि ?

डिग बहादुर तामाङ्ग,हाल काठमाडौ,नेपाल

प्रतिक्रिया