बाल्टिमोर प्रहरीले मंगलबार जानकारी दिएअनुसार उत्तर बाल्टिमोरको एक म्याकडोनाल्ड्समा सुरक्षा गार्ड( पाले) लाई गोली हानी हत्या गरेको आरोपमा १५ वर्षीय एक किशोरलाई वयस्क रूपमा अभियोग लगाइएको छ।
जनवरी १२ मा बाल्टिमोर प्रहरी राइस्टरस्टाउन सडकको ४४०० घर समूहमा गोलीकाण्डको सूचना पाएर घटनास्थलमा पुगे।
त्यहाँ उनीहरूले ३८ वर्षीय जमाल डेविसलाई गोली लागेर घाइते अवस्थामा फेला पारे। अस्पताल लगिएपछि उनलाई मृत घोषित गरियो।
अधिकारीहरूका अनुसार उक्त गोलीकाण्ड चमेनागृहको प्रवेशद्वार नजिकै भएको झगडाका क्रममा भएको थियो।
गत मंगलबार प्रहरीले १५ वर्षीय किशोरलाई नर्थ स्मलवुड गल्लीको १५०० घरसमूहमा रहेको एक घरबाट पक्राउ गरी प्रथम श्रेणी (फर्स्ट-डिग्री) हत्याको अभियोग लगाउँदै उनलाई वयस्क रूपमा मुद्दा चलाइएको जानकारी दिए।
प्रतिक्रिया