टुक्का कवितासङ्ग्रहहरू विमोचन एवम् सम्मान पत्र समर्पण कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ माघ १८ गते १:०८ मा प्रकाशित

१७ माघ काठमाडाैँ,

टुक्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडाैँको लेखनाथ प्रवचन कक्षमा २०८१ माघ १७ गते विहीबार विशेष समाराेहका बिच टुक्का कविता सङ्ग्रहहरू विमेाचन तथा सम्मान पत्रहरू समर्पण कार्य सम्पन्न भएकाे छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राई ज्यूकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ , बाबुराम पाण्डेको ‘पत्थर’ , दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’, पुष्पा राईको ‘बह’ र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ गरेर ७ वटा टुक्का कवितासङ्ग्रहहरू विमेाचन गरिएकाे थियाे।

वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१ पुरुष तर्फ दाङका सुरेशकुमार पाण्डे र महिला तर्फ बाँकेकी पुष्पा सुवेदी आचार्यलाई समर्पण गरिएकाे थियाे । ऎतिहासिक रेकर्ड राख्ने ३ जना टुक्काकारहरू पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) लाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ समर्पण गरियाे । त्यस्तै रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर क्षत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) समेत ५ जना टुक्काकारहरूलाई टुक्का साहित्य समृद्धि सम्मान २०८१ समपर्ण गरिएको गरियाे । हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) लाई टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ समर्पण गरियाे ।

त्यसैगरि ललिता “दाेषी”, सुस्मिता अधिकारी, तारा घिमिरे स्वेच्छा, पद्मा काश्यप पाण्डे, विवश पारदर्शी, नेत्रबहादुर श्रेष्ठ, प्रमोद नेपाल, अमृता रामदाम, वासुदेव ठकुरी, कृष्ण बजगाई, नवराज भट्ट, नवराज न्याैपाने ‘माैन’, विकास छेत्री अञ्जान, शान्ति भुजेल र शालिक राम दाहाललाई टुक्काश्री साहित्य सम्मान २०८१ समर्पण गरिएकाे थियाे। टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत तर्फ) काेटगढी साप्ताहिकलाई समर्पण गरिएको थियो ।

समाराेहमा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई ज्यूले नेपालबाटै लेखन प्रारम्भ भएकाे दुई लाइनमा लेखिने टुक्का कविता छाेटाे समयमा विश्वका विभिन्न कुनाहरूमा फैलिइ सकेकाे सन्दर्भमा जापान र काेरियाबाट साहित्यिक प्रयाेगहरू विश्वभर फैलिए जस्तै गरेर नेपालमा प्रयाेग भएका टुक्का कविता लगायतका विधाहरूलाई पनि संसारभर फैलाउनु पर्ने कुरा व्यक्त गर्दै टुक्का साहित्य अभियानले मानिसलाई जनतासँग जोड्ने काम गर्नुकाे साथै सिर्जनाकाे माध्यमबाट अतिरिक्त लोभ/मोहबाट मान्छेलाई टाढा राख्दै भ्रष्ट हुनबाट जाेगाएकाेमा टुक्का कविता लेखन अभियानलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे।

कार्यक्रमका विशिष्ट अतिथि एवम् चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीले पछिल्लो समय नेपालमा नै प्रार्दुभाव भएका टुक्का, झिल्का, उदक, खाेरिया, चारु लगायत थुप्रै काव्यिक विधाहरू मध्ये टुक्का कविताले अग्रणी स्थान हासिल गरेकोमा बधाई दिँदै कविता लेख्दा अत्यन्त सजग भएर लेख्नुपर्छ भन्दै कविता लेख्दा अशुद्धी, वचन, काल दोष नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थापक सल्लाहकार अरुण नदी खत्री, सल्लाहकार/सम्पादक रामशरण न्यौपाने, ज्ञान बहादुर क्षत्री लगायतले आफ्नो शुभकामना मन्तव्य दिनुभएको थियोे ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईं हाल विदेशी रहनु भएकाले कार्यक्रममा सरिक हुन सक्नु भएन त्यसैले उहाँले पठाउनुभएको शुभकामना सन्देश चापागाईंका सुपुत्र रिजन चापागाईंले वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै दार्जिलिङ टुक्का साहित्य संस्थाकाे संयोजक हन्नाह छेत्रीले पठाउनुभएको शुभकामना सन्देश महासचिव चूडा निर्भीकले पढेर सुनाउनुभएको थियोे ।

कार्यक्रममा ललिता दोषी, डा.देवी पन्थी, पुष्पा राई, चूडा निर्भीक, बाबुराम पाण्डे, अरुण नदी खत्री, रश्मी रिमाल, कमला देवकोटा, रमादेवी बानियाँ, दीपा गुरुङ, शोभा आचार्य लगायतले टुक्का कविता वाचन गर्नुभएको थियोे ।

कुलपति राईले पानसमा बत्ति बालेर कार्यक्रम उद्घघाटन गर्नु भए पश्चात दिवङ्गत टुक्काकार अम्बिका अधिकारीको स्मृतिमा १ मिनेट मौनधारण गरे पश्चात कार्यक्रम शुरु भएकाे थियाे ।

कार्यक्रममा विभिन्न विधाका प्रवर्तक/अध्यक्ष, सल्लाहकार, पदाधिकारी, पत्रकार, टुक्काकार, टुक्का अभियन्ता, पाठक लगायत सयौँ शुभ चिन्तकहरूको सहभागीता रहेकोे थियोे ।

टुक्का साहित्य समाजका कार्यवाहक अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न समाराेहमा सचिव जमुना आचार्य कोइरालाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन महासचिव चूडा निर्भीकले गर्नु भएको थियोे

प्रतिक्रिया