युवालाई स्वदेशमै बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन के गर्ने विदेश जाने युवाको लर्को बढिरहेका बेला हरेक ठाउँमा यस्तो बहस चलेको सुनिन्छ । तर, देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको चाहना बोकेका युवा के चाहन्छन् त्यसबारेमा भने खासै छलफल हुँदैन । यसले युवाहरु विदेश पलायन हुने परिपाटी अझ बढेको छ अब ।धेरै युवा आफ्ना लागि आफ्नै देशमा केही नयाँ सोच र योजनासहित आफूले काम गरौं भन्ने चाहन्छन् । त्यसका लागि राज्यले श्रम बजारको मागअनुरुप सीपयुक्त श्रम शक्तिको विकास गर्नुपर्छ । बजारको मागअनुसार जनशक्ति उत्पादन र आपूर्ति गर्नुपर्छ । श्रमिक र रोजगारदाताबीच श्रम अनुसारको पारिश्रमिक दिने वातावरण बनाइदिनुपर्छ ।
उद्यमशीलताको विकास गर्न, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध बढाउन एवं न्यून ज्यालाको समस्या हटाउन सरकारी अनुगमन र निरीक्षण जरुरी छ । तीन तहकै सरकारले युवाको सीप, शिक्षा र उद्यमशीलता विकासका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन आवश्यक छ । दीर्घकालीन समाधानका रुपमा, उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरुलाई आकर्षित गर्ने खालका ठूला विकासका परियोजनाहरु शुरु गर्नु पर्छ । विदेश पलायन हुन लागेको युवालाई रोक्न उद्यमशील सीप विकास तालिम प्रदान गर्ने, सीप सिकेका युवालाई बैंक वित्तीय संस्थाबाट व्यवसायको लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, युवालाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धित तालिम दिएर स्वदेशमै रोजगार सुनिश्चित गर्न सकिनेछ देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणमा युवाको भूमिका ठूलो छ । यसर्थ, युवाका लागि रोजगारीमा जोड्ने शिक्षासँगै देश र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी छ । यसले शिक्षा र रोजगारीको खोजीमा विदेश जाने युवाको सङ्ख्या घटाउन सकिनेछ ।
विदेशमा सिकेको शिक्षा सीप एवं रकमलाई स्वदेशमा ल्याएर युवाहरुलाई स्वदेशमा बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन सकिनेछ । युवालाई स्वदेशमै रोक्नका लागि सरकारले मात्र होइन, निजी क्षेत्र, गैरसरकारी सङ्घसस्था र समुदायको पनि सहकार्य आवश्यक छ । युवाशक्ति देशका मेरुदण्ड हुन् सरोकारवाला सबैले उनीहरुलाई स्वदेशमा सही अवसर र वातावरण प्रदान गर्नुपर्छ । युवा रोजगारीका लागि देश छाडेका हुन्छन् । उनीहरु धेरै मध्ययम र निम्न वर्गका युवा हुन् ।
विदेश पलायन हुन लागेको युवालाई रोक्न उद्यमशील सीप विकास तालिम प्रदान गर्ने, सीप सिकेका युवालाई बैंक वित्तीय संस्थाबाट व्यवसायको लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, युवालाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धित तालिम दिएर स्वदेशमै रोजगार सुनिश्चित गर्न सकिनेछ
स्वदेशमा रोजगारी नपाएर वा पाएको रोजगारीबाट परिवारको गुजारा नचल्ने भएपछि वैदेशिक रोजगारीमा गएका हुन्छन् । त्यसका लागि युवालाई रोजगारीमा जोड्नुपर्छ । औद्योगिक विकास अन्तरगत साना, मध्यम, र ठूला उद्योगहरुको स्थापना गरी रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ । युवालाई बजारमा बिक्नेखालका सीपमूलक तालिम, स्वरोजगारी र उद्यमशीलताका लागि आवश्यक तालिम दिनुपर्छ । स्वदेशमै रोजगार प्रवद्र्धन गर्न सरकारी अनुदान र सहज ऋणको व्यवस्था गर्नुपर्छ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया