अमेरिकाको मेरील्याण्ड राज्यको हावर्ड काउन्टी पब्लिक स्कूल( राज्यद्वारा सॅचालित सार्वजनिक विधालय)मा विद्यार्थीहरूले विद्यालय समयमा घुम्ती यन्त्र (मोबाइल फोन )प्रयोग गर्न नपाउने भएका छन्।
विद्यालय प्रशासनका अनुसार घुम्ती यन्त्र(मोबाइल फोन)ले पढाइमा बाधा पुर्याउने भएकाले यो नीति लागू गरिएको हो। तर केही अभिभावक र विद्यार्थीहरूले भने सॅचार उपकरण(मोबाइल फोन )आवश्यक रहेको भन्दै विरोध जनाएका छन्।
हालसम्म उच्च विद्यालयका विद्यार्थीहरूले शिक्षकको अनुमति लिएर कक्षा, दिवा भोजन समयमा र खाना/ खाज खाने कक्षामा घुम्ती यन्त्र प्रयोग गर्न पाउँथे। माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमहरूमा मात्र अनुमति पाउँथे भने प्राथमिक विद्यालयका विद्यार्थीहरूले झोलाभित्र सॅचार उपकरण राख्नुपर्ने नियम थियो।
नयाँ नीतिअनुसार सबै विद्यार्थीहरूले आफ्नो घुम्ती यन्त्र(मोबाइल फोन ) कम्पन पद्धती या नि: शव्द या मौन अवस्थामा राखेर झोलामा राख्नुपर्नेछ।
नियम उल्लङ्घन गरेमा प्रशासकले सॅचार उपकरण दिनभरका लागि जफत गर्न सक्नेछन्।
विद्यालय समितिले ७–१ मतले नयाँ नीति पारित गरेको हो।
सॅचालक समिति अध्यक्ष जोलेन मोस्लीले विद्यार्थी र अभिभावकबीचको सञ्चार आवश्यक रहेको भन्दै यसको विरोध गरेकी छिन्।
प्रतिक्रिया