१ फरवरी २०२५, वाशिङटन डिसी
नेपाली साहित्यकी चर्चित साहित्यकार सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम स्थानिय थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो ।
सो कार्यक्रममा पाण्डेले आफ्ना नयाँ पुराना एक दर्जन बढी कविताहरू वाचन गरिन् ।
कार्यक्रममा उनका कविताहरू कविहरू सुभाष उप्रेती, जगन्नाथ पौडेल, सहदेव पौडेल तथा पुष्पा खनालले पनि वाचन गरे ।
कार्यक्रमको शुरुमा आयोजक संस्था अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले अतिथिहरूको स्वागत गर्दै प्रतिष्ठानले पहिलोपल्ट एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको बताउँदै आगामी दिनमा पनि एकल कविता वाचनको शृङ्खला जारी रहने बताए । सन् २०१४ मा स्थापित प्रतिष्ठानले वासुशशी जयन्ती, हरिभक्त कटुवाल जयन्ती, तारानाथ शर्मा स्मृति सभा, केही पुस्तकको चर्चा कार्यक्रमको आयोजना गरेको बताउँदै नेपालमा अमेरिकी दूतावाससँगको सहकार्यमा अमेरिकी कवि वाल्ट ह्विटमानको समर्पित कवि गोष्ठीको आयोजना गरेको बताए ।
साहित्यकार सीता पाण्डेको परिचय प्रस्तुत गर्दै वसन्त श्रेष्ठले उनको साहित्यिक योगदानको चर्चा गरे ।
साहित्यकार होमनाथ सुवेदीले सीता पाण्डेका कविताको चर्चा गर्दै उनी महत्त्वपूर्ण कवयित्रि भएको बताए ।
प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणले यस्ता साहित्यिक गतिविधिहरूले नेपालको प्रतिष्ठा बढ्ने बताए ।
कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई प्रमुख अतिथिको हातबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो ।कार्यक्रम सञ्चालन कवयित्रि तारा पराजुलीले गरेकी थिइन् ।
इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापाले उक्त कार्यक्रमको इनेप्लिज बाट प्रत्यक्ष्य प्रशारण गरेका थिए ।
प्रतिक्रिया