क्यान्सर पीडितको संकलित रकम हस्तान्तरण

इनेप्लिज २०८१ माघ २० गते १२:०१ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङको बिशेष पहलमा अमेरिकामा क्यान्सर पीडितको लागि संकलन गरिएको ६ लाख ७१ हजार एकसय ८३ रूपैया ४० पैसा राहत रकम यही माघ १९ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका सांसद माननीय रामहरी खतिवडा द्वारा पीडितलाई हस्तान्त्रण गरिएको छ ।

पाँचथर जिल्ला फाल्गुनन्द -३ का वडा अध्यक्ष एवम नेका फाल्गुनन्द गाउँकार्य समितिका सभापति सुखबिर नेम्बाङका लागि एक अभियान संचालन गरि अमेरिकामा बस्ने नेपालीहरुबाट उक्त राहत रकम संकलन गरिएको कुरा महासचिव नेम्बाङले बताएका छन् । केहि महिना देखि प्राण घातक रोग क्यान्सर लागेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका सुखबिर नेम्बाङको श्रीमती मैयादिवी श्रेष्ठलाई भक्तपुरको क्यान्सर अस्पतालमा नै पुगेर प्रतिनिधी सभाका सांसद माननीय रामहरी खतिवडाले राहत सहयोग रकम हस्तान्त्रण गरेका थिए ।

प्रतिक्रिया