स्वर्गीय भुपेन्द्रा बुढाको स्मृतिमा महिलाको पाठेघरको मुखको क्यान्सर सचेतना तथा निशुल्क स्वास्थ्य शिविर आयोजना हुदै !

इनेप्लिज २०८१ माघ २० गते १२:३४ मा प्रकाशित

स्वर्गीय भुपेन्द्रा बुढाको स्मृतिमा महिलाको पाठेघरको मुखको क्यान्सर सचेतना तथा निशुल्क स्वास्थ्य शिविर आयोजना हुदै ।

स्थानीय तहमा निर्वाचित नेपाली महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ को पहिलो सस्करणमा १४० स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आवेदन प्राप्त भएको थियो त्यस मध्ये १ आवेदक हुन् पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पुर्वकि तत्कालीन उपाध्यक्ष भुपेंद्रा बुढा । शी लिड्स आइकनको निर्णायक मण्डलमा बरिष्ट राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्री आदरणीय अष्टलक्ष्मी शाक्य, मिडिया ९ कि सम्पादक चारु चड्डा र लैंगिक तथा समानता विशेषज्ञ आदरणीय शरु जोशी श्रेष्ठ रहनु भएको थियो।

१४० आवेदक मध्ये निर्णायक मण्डलले छनोट गर्नु भएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिमा समाबेश हुन् सफल हुनु भएको थियो तर विडम्बना विसं २०८१ साल भाद्र २८ गते, एक सडक दुर्घटनामा उहाँ हामीलाई सधैंको लागि छोडेर जानुभयो । तर, उहाँको अधुरो सपना पूरा गर्ने जिम्मेवारी आज हामी सबैको काँधमा छ। नेपाली राजनीतिको एउटा निश्चल आवाज, स्व. भुपेन्द्रा बुढा, जसको सपना र संघर्षले हजारौं जनताको जीवनमा परिवर्तन ल्याउन खोजेको थियो । उहाँको त्यो अटल साहसको मुत्युपरांत सम्मान स्वरुप आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच , संकल्प स्वरूप कल्प इम्पावर वेमेन नेपालले भुपेन्द्रा बुढा स्मृती क्यापिएन सी-क्याप ( Campaign – Cervical Cancer Awareness Program ) नामक कार्यक्रमलाई आयोजना गर्ने निधो गर्यो।जस्को उदेश्य स्वास्थ्य साक्षरता र स्वास्थ शिविर हुनेछ ।

कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइराला अनुसार पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर, रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन। त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला।त्यही सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक क्षेत्रमा आफ्नो जीवन समर्पित नाम हो स्वर्गीय भुपेंद्रा बुढा त्यसैले उहाँको योगदान र सपनालाई जीवन्त राख्नका निम्ति पहिलो चरणमा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ७ स्थानिय तहमा बुढा स्मृती क्यापिएन सी-क्याप ( Campaign – Cervical Cancer Awareness Program ) कार्यक्रम आयोजना हुदैछ। कोइरालाका अनुसार यस्ता कार्यक्रमलाई सबैले अपनत्व लिनु पर्ने बताउनु हुन्छ।

पुथा उत्तरगङ्गा गाउँपालिका,रुकुम पुर्व, बडीगाड गाउँपालिका,बाग्लुङ, अन्नपूर्ण गाउँपालिका,म्याग्दी, पचालझरना गाउँपालिका,कालिकोट, पटेर्वा सुगौली गाउँपालिका,पर्सा, सिगास गाउँपालिका,बैतडी र गौमुल गाउँपालिका,बाजुरा गरि ७ स्थानीय तह भित्रका किशोरी र महिलाहरु जस अन्तर्गतका, युवा , जेष्ठानागारिक , विभिन्न जाति समुहका , क्षेत्र र वर्गका मानिसहरु हुनेछन ।जसमा कार्यक्रमले करिब १०,००० मानिसहरुलाई प्रत्यक्ष रुपले समेट्ने योजना रहेको कार्यक्रम फाल्गुण र चैत्र महिनामा आयोजना हुनेछ।

नेपालमा पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) एक गम्भीर स्वास्थ्य समस्या हो, जसले हजारौँ महिलाहरूको जीवन प्रभावित गरेको छ।क्यान्सर सम्बन्धी तथ्यकङ्क लागि सबभन्दा विश्वसनीय मानिने ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण ग्लोबोक्यान २०२० ले नेपालमा उक्त वर्ष क्यान्सरका २०,५०८ नयाँ बिरामी भेटिएको जनाएको छ।तीमध्ये सबभन्दा धेरै फोक्सोको क्यान्सर २,५०५ जनामा अनि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर २,२४४ जनामा भेटिएको जनाइएको छ। यो क्यान्सर नेपालको विभिन्न भागमा विशेषगरी ग्रामीण क्षेत्रका महिलामा बढी देखिन्छ। यसको प्रमुख कारण भनेको मानव पेपिलोमा भाइरस (HPV) संक्रमण हो, जसले यस रोगको जोखिमलाई बढाउँछ। साथै, अपर्याप्त स्वास्थ्य शिक्षा, स्वच्छता अभाव, र नियमित स्वास्थ्य जाँचको कमीले महिलाहरूलाई यो क्यान्सरको शिकार बनाउँछ।नेपालका धेरै स्थानमा क्यान्सरको प्रारम्भिक लक्षणको पहिचान गर्न नसक्ने अवस्था छ। महिलाहरूलाई महिनावारिका असामान्यताहरू, पेल्विक दुखाइ, योनि बाट दुर्गन्धित पानि बग्ने वा अन्य लक्षणहरूको वेवास्ता गर्दा यो रोग तीव्ररुपमा बढ्दै गएको छ। यस्ता अवस्थामा उपचार ढिलो गर्नाले महिलाको जीवन बचाउन मुस्किल बनाउँछ। साथै, आर्थिक कारणले क्यान्सर उपचारको लागि उपयुक्त अस्पताल जान नसक्ने स्थिति पनि आम समस्या हो ।

समाधानको रूपमा, क्यान्सरको रोकथाम र उपचारका लागि विभिन्न उपायहरू अवलम्बन गर्न आवश्यक छ। पहिलो, HPV खोपको उपलब्धता र यसको जनचेतना बढाउनु आवश्यक देखिन्छ।

प्रतिक्रिया